Friday 7 June 2013

पूर्वसभासदको हत्यामा परिवार नै संलग्न

      
राजविराज, जेष्ठ २४ ( पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा आज हककी पत्नी नुरजहाँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट ५० वर्षीया नुरजहाँलाई पक्राउ गरेको हो ।

यसअघि हिजो मात्र प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई लहानबाट पक्राउ गरेको थियो ।

सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकारसम्मेलनमा पूर्वसभासद् हकको हत्याको मुख्य योजनकारहरु पत्नी नुरजहाँ, छोरी रुवेदा र प्रत्यक्ष संलग्न रउफलाई पक्राउ गरी अनुसन्धान थालिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीनायब महानिरीक्षक परशुराम खत्रीले जानकारी दिए ।

हत्यामा संलग्न रुवेदाका प्रेमी लहान–५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेका छन् ।

रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ । अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको र घटनाभन्दा १५ दिनअघि योजनालाई तीव्रता दिएका थिए । योजनाअनुरुप छोरी रुवेदाले बुबाको हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानका क्रममा जेठ ५ गते बिहान ६ बजे सिरहाको भगवानपुरको गम्हरियास्थित एनुलको ससुराली घरमा बनेको योजनअनुरुप जमिरुल, एनुल र रउफ अपराह्न कल्याणपुर आए पनि अनुकूलता नमिलेपछि राति १ बजे लहान फर्केका थिए ।

जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट उनीहरुले पाएपछि राति ९स्३० बजे लहानबाट मोटरसाइकलमा आई पेट्रोलपम्पमा उनीहरुले हकको हत्या गरेको प्रहरीनायब महानिरीक्षक खत्रीले बताए ।

प्रहरीले आज कर्तव्यज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ । रासस

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive