Friday, 7 June 2013

पूर्वसभासद् हकको हत्याको मुख्य योजनकारहरु उनकै पत्नी

राजविराज, जेठ २४ ।पूर्वसभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न रहेको आरोपमा आज हककी पत्नी नुरजहाँलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले कल्याणपुर गाविस–२ स्थित हकको घरबाट ५० वर्षीया नुरजहाँलाई पक्राउ गरेको हो।

यसअघि हिजो मात्र प्रहरीले हककी छोरी १९ वर्षीया रुवेदा खातुनलाई कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न सिरहाको चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई लहानबाट पक्राउ गरेको थियो।

सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकारसम्मेलनमा पूर्वसभासद् हकको हत्याको मुख्य योजनकारहरु पत्नी नुरजहाँ, छोरी रुवेदा र प्रत्यक्ष संलग्न रउफलाई पक्राउ गरी अनुसन्धान थालिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरीनायब महानिरीक्षक परशुराम खत्रीले जानकारी दिए ।
हत्यामा संलग्न रुवेदाका प्रेमी लहान–५ का ३७ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३२ वर्षीय एनुल शेख भने फरार रहेका छन्। रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहे पनि बुबा हकको सहमति नभएपछि प्रेममा बाधक बनेको ठानेर दुवैले मिली हकको हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको पूर्वसभासद् हकको मोबाइल, सिमकार्ड र पकेट चक्कुका आधारमा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरी सफल भएको बताइएको छ। अभियुक्तहरुले पाँच महिनाअघि हकको हत्या गर्ने योजना बनाएको र घटनाभन्दा १५ दिनअघि योजनालाई तीव्रता दिएका थिए। योजनाअनुरुप छोरी रुवेदाले बुबाको हरेक गतिविधिबारे पे्रमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको छ। 
अनुसन्धानका क्रममा जेठ ५ गते बिहान ६ बजे सिरहाको भगवानपुरको गम्हरियास्थित एनुलको ससुराली घरमा बनेको योजनअनुरुप जमिरुल, एनुल र रउफ अपराह्न कल्याणपुर आए पनि अनुकूलता नमिलेपछि राति १ बजे लहान फर्केका थिए। 

जेठ ६ गते राति पूर्वसभासद् हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट उनीहरुले पाएपछि राति ९ः३० बजे लहानबाट मोटरसाइकलमा आई पेट्रोलपम्पमा उनीहरुले हकको हत्या गरेको प्रहरीनायब महानिरीक्षक खत्रीले बताए ।
प्रहरीले आज कर्तव्यज्यान मुद्दा दर्ता गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्ने जनाएको छ। रासस 

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...