Friday, 7 June 2013

प्रहरी प्रधान कार्यालयको प्रस्ताव गृहबाट अस्विकार


काठमाडौं (नेपालडोर) । उपमहानगरपालिका रहेका जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी राख्न प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव असफल भएको छ । गृहमन्त्रालयले प्रधान कार्यालयको प्रस्ताव अस्विकार गरेको हो । पहाडका प्राय साना जिल्लामा प्रहरी नायव उपरीक्षक, तराईकामा प्रहरी उपरीक्षक दरबन्दी छ । 
उपमहानगरपालिका भएका पर्षा, मोरङ र कास्की जिल्लामा एसएसपी राख्न प्रस्ताव गर्दै निर्णयका लागि प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको थियो । गृहले अञ्चल कार्यालयमा एसएसपीको दरबन्दी भएको र उपमहानगरपालिका भएका जिल्लामा एसएसपी दरबन्दी दिएमा अञ्चल र जिल्ला प्रहरी कार्यालयबीच पदीय हैसियतको कुरा उठ्ने भन्दै कार्यसम्पादनमा समस्या हुने तर्क राखेको छ । त्यही तर्कका आधारमा गृहले स्तरोन्नति दरबन्दी स्वीकृत नगरेको गृहमन्त्रालय श्रोतले बतायो । 
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक केशव अधिकारीले आफूले पनि गृहबाट प्रस्ताव अस्विकृत भएको सूचना पाएको बताए । उनले गृहबाट प्रस्ताव फिर्ता आएको जानकारी आफूसँग नभएको बताए । 
प्रधान कार्यालयले उक्त प्रस्ताव असफल भएपछि ५ एसएसपीको दरबन्दी थप गर्ने अर्काे प्रस्ताव तयार पारेको छ । प्रधान कार्यालयले मानवअधिकार, सम्पति शुद्धिकरण, राजश्व अनुसन्धान, अख्तियार र कानुन महाशाखामा हाल प्रहरी उपरीक्षक (एसपी) दरबन्दी भएकोमा स्तरवृद्धि गर्दै एसएसपी राख्ने प्रस्ताव तय गरेको छ । श्रोतका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानाको प्रस्ताव गृहले अस्विकार गरेपछि विकल्पमा उनले अर्काे प्रस्ताव तयार गरेका हुन् । 
आईजीपी रानाको दोश्रो प्रस्ताव गृहले स्वीकृत गर्ने या नगर्ने टुंगो छैन । आईजीपी राना भने एसएसपीमा रिक्त ६ र नयाँ ५ समेत ११ जना एसपीको बढुवा एकैपटक गर्ने तयारीमा छन् । उनका निकटहरुका अनुसार आईजीले दुई साताभित्र ५जना एसएसपीको दरबन्दी थप गर्ने र बढुवा गर्ने तयारी थालेका छन् । श्रोतहरुका अनुसार दरबन्दी थप गर्न नसकेमा वरियतामा अगाडि रहेका एसपीलाई एसएसपी बनाउने तथा दरबन्दी थप भएमा वरियता र आफूनिकट कनिष्ठलाई पनि बढुवा गर्ने तयारी सुरु गरेका छन् । 
प्रहरी प्रवक्ता नायव महानिरीक्षक अधिकारी एसपीको बढुवा बाहिर चर्चामा आएजस्तो नभएको बताउँछन् । उनले भने, ‘डिआईजीमा बढुवापछि रिक्त ५ र रविराज श्रेष्ठलाई बर्खास्त गरेपछि रिक्त रहेका ६ एसएसपीको बढुवा हुन्छ, तर समय लाग्छ ।’ 
प्रहरीमा प्रकाश अर्याल, नवराज सिलवाल, जयबहादुर चन्द र बमबहादुर भण्डारीको डिआईजीमा बढुवा हुँदा वरियता भन्दा कार्यक्षमता हेरिएको थियो । आईजीपी राना ६ जनामात्र बढुवा गर्नु परेमा पुनः वरियतालाई आधार मानेर बढुवा गर्ने तयारी थालेपछि कार्यक्षमता भएका कनिष्ठ एसपीहरु क्रुद्ध बनेको श्रोतहरुको भनाइ छ । एकपछि अर्काे गर्दै आईजीपी राना संगठनको अहितमा काम गर्न थालेको भन्दै वरियतामा अगाडि रहेका उच्च अधिकारीहरु आईजीपी रानाविरुद्ध मोर्चाबन्दीमै उत्रिन थालेको श्रोतहरुको भनाइ छ । 
   

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...