Monday, 10 June 2013

राष्ट्रिय सहकारी वैंकविरुद्ध सहकारीकै सञ्चालक


काठमाडौं । राष्ट्रिय सहकारी विकास वैंकले ४ हजार सहकारी संस्थाको हितविरुद्ध काम गर्न थालेको खुलेको छ । वैंकले अनियमित तरिकाले ऋण प्रवाह गरेको भन्दै केही सहकारीले बैंकविरुद्ध उजुरी दिएका छन् ।

२०६० मा स्थापना भएको सहकारी वैंकमा देशभरका ४ हजारबढी सहकारीले सेयर खदिर गरेका छन् । सेयर खरिद गर्न घटीमा १० हजार रुपैयाँको खाता खोल्नु पर्छ भने १० हजार रुपैयाँकै सेयर लिनुपर्छ । यसरी संकलन भएको रकम ऋण प्रवाह गर्दा आफन्त, नातेदारकेन्द्रीत भएको वैंकका एक सेयर सदस्यले बताए ।

वैंक सञ्चालक सदस्य नातेदार तथा आफन्त रहेका सहकारीहरु, वैंक कर्मचारीनिकट संस्था÷आफन्तसमेतलाई प्राथमिकतामा राखेर ऋण दिने गरेको खुल्न आएको छ । विशुद्ध सहकारी सञ्चालन गर्ने सहकारीलाई ऋण नदिने, युवा स्वरोजगार कोषबाट प्राप्त रकम आफूनिकट सहकारी संस्थालाई मात्र उपलब्ध गराएकोसमेतका लिखित उजुरी वैंकसमक्ष पुगेको छ ।

वैंकका सहायक प्रवन्धक बद्री गुरागाईले वैंकविरुद्ध उजुरी परेको स्वीकारे । उनले काठमाडौं सुकेधाराको थैली बचत तथा ऋण सहकारीले बैंकविरुद्ध उजुरी दर्ता गराएको बताए । सहायक प्रवन्धक गुरागाई वैंकले नियमविपरीत ऋण प्रवाह नगरेको दावी गर्छन् । नियमविपरीत ऋण प्रवाह गरेको पाइएमा कारवाही हुने उनको भनाइ छ ।

वैंक परिवार र नातावादमा नै सीमित भएपछि यसको भविष्य अन्धकारतर्फ जाने देखिन्छ । समयमै कमजोरीहरु नसच्याए वैंकका सेयर सदस्यले सेयर फिर्र्ता लिने चेतावनी दिन थालिसकेका छन् ।   
   

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...