Sunday, 23 June 2013

आइतवार उत्तराखण्डबाट ११ नेपालीको उद्दार (उद्दारमा सक्रिय नेपाली अगुवाहरुको सम्पर्क नम्बरसहित)

-रूद्र कार्की -
नयाँ दिल्ली, असार ९ । भारतको उत्तराखण्डमा बाढी प्रभावित नेपाली नागरिकको खोजी र उद्धारमा नेपाली जनसम्पर्क समिति सक्रिय भएको छ । समितिले तीर्थयात्रामा गएर विपत्तिमा परेकाहरुको उद्धार गरिरहेको छ ।
उद्धार गरी नेपाल पठाउने क्रममा आज काठमाडौंबाट पुगेका ११ जनालाई नेपाल पठाएको छ । यात्रीमध्ये लिला ज्ञवाली ५४ वर्ष, बिष्णु ज्ञवाली ४४, होमलाल अधिकारी ६४, रमा अधिकारी ६१ वर्षलाई उद्दारगरी नेपाल पठाइएको छ । केदारनाथदेखि ७ किलोमिटरमा रहेको रामवडा भन्ने ठाउँमा  हरी ज्ञवाली ६२, माया ज्ञवाली ४१, राम कृष्ण पन्थी ६५ विमलपन्थी ५४  स्याम सुन्दर पाठक ४९, ६भगवती खड्का ५४ सम्पर्क विहिन छन् । उनीहरुको खोजी कार्य जारी छ ।
हरिद्वारमा गरिब दासिय आश्रमलगायत विभिन्न आश्रममा १५ जनालाई उद्वार गरी ल्याइएको छ । जसमध्ये ४५ जना नेपाली बेखर्चीहरूलाई नेपाली जन सम्पर्क समिति भारतले यात्राखर्च व्यवस्था गरी पठाउँदैछ । नेपालदूतावास नयाँ दिल्लीका कार्यवाहक राजदूत तिर्थराज वाग्लेले बिखर्ची नेपाली तिर्थ यात्रीहरू बेखर्चीहरूलाई यात्राखर्च व्यावस्था गरिदिने आश्वासन दिएका छन् ।
सवारी चालक अर्जुन देउले, दिनेश देउले बद्रिनाथनजिकै फसेका छन् ।  उद्दार कार्यमा नेपाली जन सम्पर्क समिति भारतको टोली सक्रिय छ ।  उत्तराखण्डको क्याबिनेट मुख्यमन्त्री, सचिव, भारत सरकारसँग समन्वय गरी उद्दार कार्य निरन्तर चलिरहेको छ । बेवारिसी अवस्थामा रहेको शवको पहिचान गर्ने काममा जनसम्पर्क समिति लागेको छ ।

आपतमा परेका नेपाली नागरिकको उद्धारमा सक्रियहरु यसप्रकार छन् । तपाईँ उहाँहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ ।
१) बालकृष्ण पाण्डे अध्यक्ष नेपाली जन सम्पर्क समिति भारत 09958322539
२) डा. पदम सुवेदीप्रभारी उत्तराखण्ड ने.ज.स. हरिद्वार अध्यक्ष हरिद्वार 09456378503
३) लोकनाथ सुवेदी सचिव ने.ज.स हरिद्वार 09456378503
४) रमेश सुवेदी ने.ज.स. हरिद्वार 09997015493
५) दिनेश ढकाल अध्यक्ष ने.विसँघ हरिद्वार 09897310248
६) विजय सुवेदी सचिव ने.विसँघ हरिद्वार 08755904110
७) नारायण पन्थी ने.ज.स हरिद्वार 09412025295
८) डा. चन्द्रप्रभा सुवेदी समाजसेवी 09012285024

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...