Thursday 20 February 2014

परम्परागत शैलीले सुल्झिँदैन सुरक्षा चुनौति



-प्रधानसेनापति गौरब शमशेर राणा-

 समयसापेक्ष सुरक्षा चूनौतिहरुलाई सामना गर्न परम्परागत शैलीले मात्र नपुग्ने हुँदा नियन्त्रण र सुपरिबेक्षणमा मात्र सिमित नरही एउटा व्यवहारिक, गतिशिल र प्रभावकारी सुरक्षा संयन्त्रको परिकल्पनालाई साकार पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्छ ।

...........................................................................................................

णनैतिक स्थिती निरन्तर एक प्रवाहबाट गुज्रिरहेको हुन्छ तसर्थः आजका दिनमा जातीय, धार्मिक, पृथकताबादी, विद्रोह, आमहड्ताल र आतंकबाद जस्ता कुराहरुले सुरक्षा खतराहरुलाई दिनानुदिन चूनौतिपूर्ण बनाउदै लगेका छन् । जसका कारणले वातावरणको क्षयिकरण, अनियन्त्रित बसाईसराई, शरणार्थी समस्या एवं विपद्हरुलाई निम्त्याईरहेको हुन्छ । यिनै विश्वव्यापी सुरक्षा सरोकारहरु जस्तै समस्याहरुबाट नेपाल पनि गुज्रिरहेको छ । ति कुराहरु तर्फ सजग रही राष्ट्रिय सुरक्षालाई मजबुत बनाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ । 

राष्ट्रिय सुरक्षा संयन्त्रको दृष्टिकोणले नेपाली सेना एक प्रमुख सुरक्षा संयन्त्र हो । तसर्थः यसले हरदम राष्ट्रिय चूनौतिसंग सामना गर्नको लागि तयारी हालतमा रहनुपर्दछ । समयसापेक्ष सुरक्षा चूनौतिहरुलाई सामना गर्न परम्परागत शैलीले मात्र नपुग्ने हुँदा नियन्त्रण र सुपरिबेक्षणमा मात्र सिमित नरही एउटा व्यवहारिक, गतिशिल र प्रभावकारी सुरक्षा संयन्त्रको परिकल्पनालाई साकार पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्छ । 

सैनिक कारवाहीको तयारी, आधुनिकिकरण र सांगठनिक पुनःढाचाहरु जस्ता कुराहरुलाई समय सापेक्ष रुपमा समेट्दै राष्ट्रिय सुरक्षा रणनीतिमा द्विविधा नहुने गरी राष्ट्रिय सुरक्षा नीतिको व्याख्या पूर्ण संविधान प्राप्त भएपछि मात्र सम्भव हुने 
नेपाली सेनाले  विभिन्न श्रोत र साधनको कमीको बावजुद राज्यको एक भरपर्दो सुरक्षा संयन्त्रको हैसियतले यसलाई प्राप्त जिम्मेवारी विश्वसनीय र भरपर्दो तरिकाले सम्पादन गर्दै आएको कुरा जगजाहेर नै छ । 
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन गैह्र राजनैतिक छवीको यस संस्थाले पूर्व लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा राज्यबाट प्राप्त जिम्मेवारीलाई निष्पक्ष र कुशलतापूर्वक सम्पन्न गरी नयाँ संविधान बनाउने उपयुक्त वातावरण श्रृजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै राष्ट्रको विकास, पर्यावरणीय सुरक्षा र विपद् व्यवस्थापनमा सरकारी संयन्त्रलाई सहयोग गर्न कुनै कसर बांकी राखेको छैन । 
अन्तर्राष्ट्रिय माग बमोजिम विश्व शान्तिको खातिर आप्mनो क्षमता र काम गर्ने शैलीलाई परिमार्जन र उत्कृष्ट बनाउँदै शान्ति सेनामा प्राप्त बहुआयामिक जिम्मेवारीहरु उच्च स्तरमा सम्पादन गर्दै आईरहेको छ । यिनै परिवर्तित विभिन्न जिम्मेवारी वहन गर्न सक्ने सबै तहका सैनिक अधिकृतहरुको क्षमता र तीनको दक्षतालाई हेरी बृत्ति विकास र पदोन्नतीमा प्राथमिकता दिदै उच्च मनोवल र नैतिक शाहस भएको सैनिक नेतृत्वको विकास गर्न जोड दिईएको छ ।  यिनै पेशागत गुण, क्षमता, मुल्य र चरित्र विकास गर्न सैनिक कमाण्ड तथा स्टाफ कलेजले मध्यमस्तरिय अधिकृतहरुलाई यस तालिम संचालन गरी नेपाली सेनाको समग्र क्षमता अभिबृद्धि गर्न विशेष योगदान पु¥याएको छ । 
(शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा फागुन ८ गते आयोजित कार्यक्रममा व्यक्त धारणाको सम्पादित अंश)


3 comments:

  1. What actually we need to address to protect the National Security is not just an impossble imaginations of developing such tatics to contain the enemy force for a specific period until we get attentions from the UN and International Communities to prevent and interfere on such situatons. However we should be clear to understand who is this or that Enemy willing to envade us? Thus one must be wise here to realize that our actual strength should be realized under the current challanges mainly on the internal anti social political parties that never wishes peace in our society but prefers voilences to diturb every segments of the society. Then the Army should also look into many those inappropriate business influencing dirty corruption which is making our country massive vulnarable where dignity of any has gone to point of no return stage. This has been identified as one of the precarious situation in each and every sectors gov/non gov. INGOS AND PRIVATES. SO if the Army can have some specific role toward taking appropriate action against them, then we may have a grreat society/country.

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  3. प्रिय ऋण साधक

    कुनै पनि वित्तीय कठिनाइ तपाईं? तपाईं आफ्नो व्यवसाय सुरु गर्न चाहनुहुन्छ? यो ऋण कम्पनी जीवनको वित्तीय कठिनाइ संग गरिब र मान्छे मदत गर्ने एकमात्र उद्देश्य साथ संसारभरि मानव अधिकार संगठन स्थापित भएको थियो। तपाईं एक ऋण को लागि लागू गर्न चाहनुहुन्छ भने, विवरण इमेल तल संग फिर्ता हामीलाई प्राप्त: elenanino0007@gmail.com

    नाम:
    ऋण रकम आवश्यक:
    ऋण अवधि:
    मोबाइल नम्बर:

    र परमेश्वरको आशीर्वाद धन्यवाद
    निर्धक्क
    Elena

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive