Thursday, 13 February 2014

संयोग : जनयुद्ध थालेकै दिन पूर्व डिभिजन कमाण्डरले लाए फूल कर्नेलको फूली

 'भो, अब बिगतका कुरा नगरौं' 


फागुन १ गते जनयुद्ध शुरु भयो । यो अबसरमा  पूर्व सहयोद्धाहरुले जनयुद्धको बर्षगाँठ मनाइरहँदा पूर्व डिभिजन कमाण्डर अधिकारीले जंगी अड्डा भद्रकालीमा प्रधानसेनापति गौरब शमशेर जबराको हातबाट ‘फूल कर्नेल’ को फूली लगाइरहेका थिए । .......................................................................

अधिकारीले बीबीसी नेपाली सेवाका लागि रमा पराजुलीलाई दिएको अन्तर्वार्तामा विगतमा भएका सबै आन्दोलनको उपलब्धी हासिल भएको र अब जनताले बिकास चाहेको बताएका छन् ।
Colonel Adhikari ( Right). Photo: Nepal Army
नेपाल डोर अनलाइन 
काठमाडौं । माघ २३ गते मन्त्रीपरिषदले प्रमुख सेनानीबाट महासेनानी (फूल कर्नेल)मा बढुवा गरेका पूर्व माओवादी लडाकुका कमाण्डर यमबहादुर अधिकारीलाई फागुन १ गते दज्र्यानी चिन्ह लगाइएको छ । एमाओवादीले जनयुद्ध थालेकै दिन पूर्व डिभिजन कमाण्डर अधिकारीले फूल कर्नेलको फूली लगाउने ‘सौभाग्य’ पाएका छन् । फागुन १ गते अर्थात् बिहीवार अधिकारीका सहयोद्धाहरुले भने जनयुद्ध मनाएका छन् । जनयुद्ध शुरु भएकै दिन फूल कर्नेलको फूली लगाएका अधिकारी यस्ता पूर्व कमाण्डर हुन् जसले युद्धकालमा कृष्णभीर धादिङमा नेपाली सेनासँग आमनेसामने युद्धको नेतृत्व गरेका थिए । सेनाले अधिकारीलाई नवगठित राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा पदस्थापन गरेको छ ।  
महासेनानी अधिकारीले बीबीसी नेपाली सेवाका लागि रमा पराजुलीलाई दिएको अन्तर्वार्तामा विगतमा भएका सबै आन्दोलनको उपलब्धी हासिल भएको र अब जनताले बिकास चाहेको बताएका छन् । उनले बिगत र वर्तमानमा आफूले फौजी जीवन व्यतित गरेको र अहिलेको उपलब्धी सही रहेको पनि उल्लेख गरे । सबै व्यक्ति सेनामा प्रवेश गर्न नसक्ने भन्दै सकारात्मक शोच बोकेर देशको विकास निर्माणमा लाग्न सबै युवालाई आग्रह पनि गरे । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...