Sunday, 23 February 2014

कहाँ गायब भयो पशुपतिनाथको पारशमणि ?

पशुपतिको गर्भगृह (जसको चाबी मूलभट्टसँग हुन्छ)बाट हराएको पारशमणिको खोजी अहिलेसम्म भएको छैन ।

...............................................
गोरखनाथ मन्दिरको गजुर लड्न लागेको छ । पूजासामग्री अभावका कारण पूजा पनि नियमीत हुन सकेको छैन ।

.....................................................


................................................................

काठमाडौं । २०६५ सालमा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा श्री पशुपतिनाथ मन्दिरका मूलभट्ट बलात् हटाइए, त्यो भन्दा ठूलो घटना त्यही समयमा मन्दिरका बहुमूल्य बस्तु चोरी भयो ।
त्यो संयोग मात्र थियो वा अरु केही, स्पष्ट भएको छैन तर मन्दिरबाट पारशमणि, एकमुखे रुद्राक्ष, भगवानको पूर्वदिशातिरको फुटेको औँला गायव भयो । 
बहुमूल्य  पारशमणि चीन पुर्याइएको छ ।
तत्कालीन राजा महेन्द्रका सम्वाद सचिव विष्णु आचार्यले चढाएको गौरीशंकर रुद्राक्ष पनि अहिलेसम्म भेटिएको छैन । लिच्छविकालिन राधाकृणको सूनको मूर्ति पनि २०५३ सालदेखि हराइरहेको छ ।
पारशमणि यस्तो बहुमूल्य बस्तु हो कि हरेश शिवरात्रीमा पशुपति मन्दिरको दर्शन गराउनुपर्छ । पशुपतिको गर्भगृह (जसको चाबी मूलभट्टसँग मात्रै हुन्छ)बाट हराएको पारशमणिको खोजी अहिलेसम्म भएको छैन ।
विक्रम संवत ८५५ सालतिरको ताडपत्र पनि कहाँ छ भन्ने अहिले यकिन छैन । पशुपतिनाथको पूजासमबन्धी विधि समेटिएको हुन्छ ताडपत्रमा । त्यो पनि भएनभएको यकिन छैन ।
पशुपतिनाथमा कपाली र काली गार्यको दुध र वाग्मतीको सफा पानीले दैनिक स्नान गराउनुपर्छ । तर हिजोआजा बोरिङको पानीले स्नान गराइँदै आएको छ ।
पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको ढोका असुरक्षा भन्दै बन्द गराइएको पाँच बर्ष भयो । तर यो बन्द गर्न मिल्दैन । एमाओवादीका कारण विगतमा असुरक्षा रहे पनि अहिले पशुपतिमा असुरक्षा छैन ।
पशुपति मन्दिरका अरु धेरै बहुमूल्य बस्तु हराएका छन् जसको खोजी कसले गर्ने, अत्तोपत्तो छैन । तत्कालीन मूलभट्ट रावल पद्मनाथ शास्त्रीले पशुपतिका धेरै बहुमूल्य सामान दक्षिण भारतको मद्रास पु¥याए जहाँ उनले पशुपतिकृपा नामको घर नै बनाएका छन् । राजा वीरेन्द्रका पालाका मूलभट्ट शास्त्री रानी ऐश्वर्यलाई गाली गरेको अभियोगमा हटाइए ।
पशुपतिका मूलभट्ट १० वटा महाविद्यामा पारंगत हुनुपर्छ, शरीरमा खत हुनु नहुने, जीवनभर माछामासु नखाएको हुनुपर्ने हुन्छ । तर यो क्राइटेरिया पूरा भएका मूलभट्ट अहिले छैनन् ।


गोरखनाथलाई हेला

पशुपतिनाथका पनि गुरु मानिन्छन् गुरु गोरखनाथ । बाग्मती नदीबाट २०० फिट माथि मृगस्थलीमा गोरखनाथको मन्दिर  छ । तर अहिले त्यो स्थानको विजोग छ । गोरखनाथको घर कब्जा गरेर बाहिरी मान्छेहरु बसिरहेका छन् ।
गोरखनाथका एक अंश मानिन्छन् योगी नरहरिनाथ । उनको देहावसान भएको धेरै भएको छ । नरहरिनाथका सरसामान, किताब पनि संरक्षित छैन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको पालादेखि बसेकी तिमिला श्रेष्ठ (जो नरहरिनाथकी शिष्य हुन्)को कब्जामा छ नरहरिनाथका सबै सामान । सरकारले संरक्षण गर्नुपर्नेमा चासो दिएको छैन ।
योगी नरहरिनाथको समाधीस्थल खुल्ला छ, छाता ओढाएर राख्नुपर्नेमा तयो छैन ।
गोरखनाथ मन्दिरको गजुर लड्न लागेको छ । पूजासामग्री अभावका कारण पूजा पनि नियमीत हुन सकेको छैन ।
गोरखनाथ कुवाको संरक्षण छैन । यो कुवा कति बहुमूल्य छ भन्ने कुराको हेतु भएर वा हेलचेक्र्याईँ गरेर हो, थाहा छैन ।
गोरखनाथले त्रिशुल गाडेर पानी निकालेको ठाउँ हो गोरखकुवा । त्यो कुवाको पानी यति बहुउपयोगी हुन्छ कि तपाईँको घरमा लगेर छर्किदिने हो भने रोगव्याधी लाग्दैन, बोल्न नसकेकाहरु बोल्छन् । कुनै भुतप्रेतादीले सताउँदैन ।
एकपटक नरहरिनाथजीले नयाँ दिल्लीबाट आएका एकजना व्यापारीलाई गोरखनाथ कुवाको पानी पठाएका थिए । ती व्यापारीको छोराको विमार निको भयो । जबकि ती व्यापारीले छोराको उपचारका लागि करोडौँ खर्च गरिसकेका थिए र छोराको जीवनको आश नै मारिसकेका थिए ।
हरेक १२ बर्षमा लाग्ने मकर मेलामा गोरख कुवाको जल चढाउनै पर्ने नियम छ । यो धेरै पुरानो समयदेखि चलिआएको हो ।
अहिले गोरख कुवामा मान्छेहरु जथाभावि लुगा धोइरहेका छन् । त्यसको महत्व बुझिएको छैन, संरक्षण त भएकै छैन ।
गोरखनाथले आसन जमाएको बर पिपलको रुखको पनि संरक्षण भएको छैन । चनाचट्पटे बेच्ने ठाउँमा परिणत भएको छ त्यो स्थान ।
पशुपतिको गोरखनाथ र भारतको गोरखपुर मन्दिरबीच गज्जबको साइनो छ । गोरखपुर पहिला नेपालकै थियो जसको नाम पनि गोरखाकै कारण राखिएको भनिन्छ ।  यहाँ गोरखनाथ मन्दिरमा चढाएको दक्षिणा र पकाएको खिचडी राजाले छोएर गोरखपुर पु¥याउने चलन थियो । राजसंस्था हटेपछि यो चलन बन्द भएको छ ।
यहाँबाट त्रिशुल, तरबार पनि गोरखपुर पठाइन्थ्यो, बन्द भएको छ । सायद गोरखपुरबाट पनि यस्ता चीज आउन बन्द भएको छ ।
गोरखनाथको शक्तिशाली यन्त्र जोडिएको पृथ्वीनारायण शाहको पालाको राजदण्ड राजा वीरेन्द्रको गद्दिआरोहणपछि गायब भएको भनिँदै आएको थियो । तर त्यो अहिले जर्मनीको कुनै संग्रहलायमा फेला परेको छ ।
वीरेन्द्रले गद्दिआरोहण पछि त्यो राजदण्ड बोक्न पाएनन् । उनीपछि राजतन्त्रकै उन्मुलन हुनुका पछाडि योसँग जोडिएका रहस्यका बारेमा पनि व्याख्या धेरै भएको छ । त्यसबारे अर्को सन्दर्भमा उल्लेख गरौँला ।
गोरखनाथको भण्डारा सधैँ चल्नुपर्नेमा अहिले चल्न छाडेको छ ।
काठमाडौंमा गोरखनाथ गुठीका धेरै जग्गा हडप्न थालिएको छ । विशालनगरमा ६ रोपनी जग्गा रहेकोमा अहिले १ रोपनी बाँकी छ, पाँच रोपनी कसैले हडपिसकेको छ ।
विशालनगरको इतिहास रोचक छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा पाइलो हाल्दा गोरखनाथ पनि उपत्यका आएका थिए । गोरखनाथले त्रिशुल गाडेर बसेको ठाउँ हो विशालनगर । त्यहाँ नियमीतरुपमा पूजा चलिरहेको छ , त्यो जे जस्तोसुकै अवस्थामा रहोस् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

नेपालकी प्रथम महिला राजदुत विन्देश्वरी रहिनन्

पर्शुराम काफ्ले    (नयाँ पत्रिका दैनिकमा १८ पुस २०८१ मा प्रकाशित)  नेपालको पहिलो महिला राजदूत तथा परराष्ट्र सेवाकै पहिलो महिला अधिकृत बिन्दे...