अब डुब्दैन सिंहदरबार
मदन कोइराला
काठमाडौं (नेपालडोर) । वर्षायाममा पानी पर्न सुरु ग¥यो कि सिंहदरबारका कर्मचारीलाई एउटै चिन्ताले सताउँथ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भुइँतला डुबिहाल्थ्यो ।
निकै लामो प्रयासपछि सिंहदरबार परिसरमा हुने डुबानको चुरो पत्ता लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले सिंहदरबारको ढलबाट नेपाल विद्युत् प्राधिकरणको तार छिराएका कारण डुबानको समस्या हुने गरेको पत्ता लागेको बताए । ‘हामीले निकै मेहेनत गरेर पानी पस्ने ठाउँ खोजी गरेका थियौं,’ थापाले भने, ‘राणाकालीन दरबार भएकाले केही पत्ता लागेको थिएन । केही दिनअघि विद्युत् प्राधिकरणको तार ठूलो पाइपबाट छिराएको थाहा भयो ।’
थापाका अनुसार बारम्बार डुबान हुन थालेपछि सहरी विकास मन्त्रालयका इन्जिनियर र प्रधानमन्त्री कार्यालयका कर्मचारीले पानी पस्ने ठाउँ खोजेका थिए । ‘प्राधिकरणले तार छिराउँदा ढलको पाइप छेडेको रहेछ । तर, त्यो प्वाल टाल्न बिर्सेर पानी पस्ने गरेको रहेछ,’ थापाले भने, ‘सानो लापरबाहीले वर्षौंसम्म सास्ती बेहोर्नु प¥यो, अहिले प्वाल टालिएको छ ।’
सिंहरदबार यस वर्षमात्रै दुईपटक डुबानमा परेको थियो । प्रधानमन्त्री कार्यालयको भुइँतलमा कर्णाली विकास आयोग, सुदूरपश्चिम विकास आयोगलगायतका आधा दर्जन कार्यालय छन् । पानी पस्दा ती कार्यालयका कागजात, कार्पेट तथा फर्निचर भिजेर काम नलाग्ने भएका थिए ।
प्रवक्ता थापका अनुसार सिंहदरबारमा रहेको नेपाली सेनाको नारायणी दल गुल्मको ढल वैकल्पिक रूपमा अन्यत्र मिसाउने तयारी भइरहेको छ । हाल उक्त गुल्मको ढल सिंहदरबारको उत्तर–पूर्वको ढलमा मिसाउने गरिएको छ । ‘जतिसक्यो कममात्र पानी सिंहदरबारको ढलमा मिसियोस् भनेर हामीले नारायणी दल गुल्मको ढल वैकल्पिक व्यवस्था गरेर अन्यत्र लैजाने तयारी गरेका हौं,’ थापाले भने ।
प्रधानमन्त्री कार्यालयमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्यानल बोर्ड सार्ने तयारी भइरहेको छ । उक्त प्यानल बोर्ड सार्न प्राधिकरणले एक करोड रुपैयाँ माग गरेको छ । सरकारले भने त्यसको मूल्यांकन गर्न सहरी विकास मन्त्रालयका इन्जिनियरलाई जिम्मेवारी दिएको छ । सहरी विकास मन्त्रालयले लागत मूल्यांकन गरेपछि सिंहदरबारको उत्तरपट्टि रहेको खाली जग्गामा प्राधिकरणको प्यानल बोर्ड राख्न अलग्गै भवन बनाउने तयारी गरेको छ । ढलमा पानी छिर्ने प्वाल टालिएपछि भने सिंहदरबार डुबान नभएको थापाले बताए । ‘अब ठूलो पानी पर्दा पनि आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete