उच्च निगरानीमा तिब्बती शिविर
सुरेन्द्र सुवेदी
काठमाडौं (नेपालडोर) नेपालबाट ‘फ्रि तिब्बत’का पक्षमा तिब्बतीहरूले आत्मदाहका घटना गराउन थालेपछि प्रहरीले शरणार्थी शिविरमा उच्च निगरानी बढाएको छ । तिब्बती शरणार्थीको अधिक बसोबास भएको राजधानीस्थित बौद्ध क्षेत्रमा प्रहरीले २४सै घण्टा सुरक्षा निगरानी बढाएको छ । काठमाडौंसहित देशभर रहेका १८ वटा शरणार्थी शिविरमा पनि उच्च निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
गत साउन २२ मा तिब्बतको धामसुङ जिल्ला घर भएका बौद्ध भिक्षु कर्मा न्यादोन ग्याल्सो (३९) ले काठमाडौं बौद्ध स्तुपा परिसरमै आत्मदाह गरेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो । त्यसअघि फागुन २ मा बौद्ध स्तुपा परिसरमा एक तिब्बतीले पनि आत्मदाह गरेका थिए । यी घटनापछि चीनले कूटनीतिक तहमा चासो बढाएपछि सरकारले शरणार्थी शिविरमा निगरानी बढाएको गृह मन्त्रालय स्रोतले बतायो ।
गृह मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा मात्र ७ वटा शरणार्थी शिविरमा तिब्बतीहरू बस्दै आएका छन् । जसअनुसार बौद्धमा ४ हजार ८ सय ४६, जोरपाटीको खम्पामा १ सय ६३, स्वयम्भूको फ्याङसिङमा १ हजार ८ सय ७६, जावलाखेलको साम्देङमा ९ सय ८४ र फर्पिङको त्याल्सामा ७ सय ९९ तिब्बती शरणार्थी छन् । उपत्यकाबाहिरका ११ स्थानमध्ये पोखराको टासपालखेलमा ७ सय ९४, टासिलिङमा ६ सय ६८ र पृथ्वीचोक पाल्जोरमा ३ सय २९, सोखुलखम्बूको देलकिङमा ७ सय २८, तनहुँको ज्याम्फेलिङमा ५ सय ८८, रसुवाको गेन्जिङमा २ सय १ र स्याङ्जाको वालिङस्थित साम्फेलिङ क्याम्पमा २ सय ८६ जना तिब्बती बस्दै आएका छन् ।
यस्तै बाग्लुङको ढोरपाटनस्थित नोरेलिङमा १ सय ८३, मनाङको नुब्रीमा ५५ र मनाङ क्याम्पमा २ सय ७३ र मुस्ताङको नामगोलिङ शिविरमा २ सय ५० गरी नेपालमा १३ हजार ६ सय ८५ जना तिब्बती शरणार्थी बस्दै आएका छन् ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालका अनुसार हाल शरणार्थी शिविरहरुलाई उच्च निगरानीमा राखिएको छ । ‘एक चीन नीति’ लिएको सरकारले चीनविरुद्ध हुने हरेक गतिविधि नियन्त्रण गर्ने प्रतिवद्धता जनाउँदै आएको छ । भारत निर्वासित धर्मगुरु दलाई लामाका समर्थकले काठमाडौंमै आत्मदाह गर्न थालेपछि शरणार्थी शिविरहरूलाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी आयुक्तका कार्यालयअन्तर्गतका काठमाडांैं, भक्तपुर र ललितपुर परिसर कार्यालय तथा तिनका मातहतका वृत्त र प्रभागसम्मलाई तिब्बतीहरूका क्रियाकलापमा कडाई गर्न निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ । उपत्यकाजस्तै सोलुखम्बू, कास्की, तनहुँ, रसुवा, स्याङ्जा, बागलुङ, मनाङ र मुस्ताङ प्रहरीले पनि आफ्नो क्षेत्रमा रहेका शरणार्थी शिविरमा कडा निगरानी राखिरहेको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता सिलवालका अनुसार तिब्बती शरणार्थीहरूबाट विरोधका कुनै पनि क्रियाकलाप हुन नदिन शिविरलाई नै केन्द्रित गरेर प्रहरी नै परिचालन गरिएको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete