Wednesday, 28 August 2013

सार्कमा ‘एकल भिसा प्रणाली’ प्रस्ताव

सुरेन्द्र सुवेदी


काठमाडौं (नेपालडोर) । सार्क मुलुकहरूबीच ‘एकल भिसा’ लागू हुन सक्ने सम्भाव्यताबारे छलफल सुरु भएको छ । साउन २९ र ३० गते सार्क राष्ट्रका अध्यागमन विभाग प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीबीच भएकोे बैठकमा एकल भिसा प्रणालीबारे छलफल भएको हो । स्रोतका अनुसार आठवटै मुलुकबीच आवत जावत गर्न एकै राहदानी र भिसा प्रणाली विकास गर्नुपर्ने विषयमा बैठकमा सहभागी सबैको एकमत थियो । बैठकमा गृहमन्त्रालयका सहसचिव चूडामणी शर्माले नेपालको नेतृत्व गरेका थिए । नेपालले नै बैठकको अध्यक्षता गरेको थियो ।
नेपाल, पाकिस्तान, भारत, चीन, माल्दिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानमा एकल भिसा प्रणाली अपनाउने विषयमा निकट भविष्यमा हुने मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुने बुझिएको छ । गृहमन्त्रालयको सीमा, प्रहरी र अध्यागमन महाशाखा प्रमुख रहेका सहसचिव शर्माले ‘युरोपियन युनियनमा जस्तै सार्क राष्ट्रबीच एकै राहदानी र भिसा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
सो बैठकमा सार्कमा एकै भिसा प्रणाली विकास गर्ने विषयमा सामान्य छलफल भए पनि अब सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा यसबारे एजेन्डा नै पेश हुनेछ । मन्त्रीस्तरीय बैठकले आवश्यकता महसुस गरेमा यो व्यवस्था कार्यान्वयनको पहल सुरु हुने गृहस्रोतले बतायो ।
एकै राहदानी र भिसा भए सार्कका कुनै पनि देशमा आएका पर्यटकले सार्क राष्ट्रभर आवत जावत गर्न पाउनेछन् । एकल भिसा प्रणालीअनुसार सार्क राष्ट्रभरका नागरिकले सार्कभित्रकै कुनै एक देश प्रवेशको अनुमति लिए अन्य मुलुकमा पनि प्रवेश पाउनेछन् । एउटा मुलुकले लिएको भिसा दस्तुर बाँडफाँड हुने चलन युरोपियन युनियन सम्बद्ध मुलुकमा छ ।
सोही बैठकमा सार्क राष्ट्रबीच सूचना आदानप्रदान र व्यवस्थित बनाउनेलगायत गैरकानुनी गतिविधिको रोकथामका बारेमा पनि छलफल भएको थियो । ‘सार्क राष्ट्रबीच अपराधीहरू पस्ने, बस्ने र उम्कन नपाउने संरचना विकास गर्ने सहमति भएको छ,’ गृहका सहसचिव शर्माले भने, ‘यस्ता सहमति आगामी सार्क राष्ट्रको मन्त्रीस्तरीय बैठकले निर्णय गरेपछि लागू हुन्छ ।’
सार्कका सम्मेलनहरूमा पनि एकल भिसाको प्रणालीको प्रसंग चल्ने गरेको छ । तर, कार्यान्वयन हालसम्म भएको छैन ।

No comments:

Post a Comment

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...