Thursday, 4 January 2018

नेपाली साध्वी शंकराचार्यमा सिफारिश


काठमाडौं, २० पुस
विश्वका दुईसय ओजश्वी माहात्माहरु मध्येबाट आदी गुरु शंकराचार्यको चौथो सुचिमा साध्वी श्री हेमानन्द गिरी परेकी छन् । जुना अखडा नेपाल राष्ट्रिय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा विहीवार बोल्दै साध्वी हेमानन्द गिरीले विश्वकै ठुला चार मठमा आसिन हुने सौभाग्य नेपाललाई मिलेको बताएकी छन् ।
उनले भनिन् ,‘मातृ शक्तिको उजागर भएको बेला मलाई शंकराचार्य बन्ने अवसर आएको छ, नेपालमा पहिलो महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्याधीश भएको बेलामा मलाई शंकराचार्यमा छनोट गरिएको छ, अब मलाई शंकराचार्य बन्नको लागि नेपालका सम्पूर्ण धार्मीक संघ–संस्थाहरुले सिफारिस गर्नुपर्ने हुन्छ, विश्वकै पवित्र मुलुक, सगरमाथाकी छोरी पहिलो महिला शंकराचार्य हुनु सबैको लागि गर्वको कुरा हो ।’
उनी विगत ७ वर्षदेखि पूर्ण सन्यासी भएकी हुन् ।,‘यहाँ भन्दा पहिले महिलाले कहिले पनि शंकराचार्यको लागि आवेदन दिने गरेको ईतिहास छैन । मैले यो अवसर पाएकी हुँ, । २ सयबाट, ५८ जना, ५८ जनाबाट म आज ४ नम्बरमा छु,’ गिरीले भनिन् । विभिन्न समयदेखि कोटी होम गर्दै आएकी श्री हेमानन्द गिरीले भारत वर्षकै सबैभन्दा ठुलो दवंग मानिने नागा सम्प्रदायको जुना अखडाको पहिलो नेपाली श्री बिभूषित माहा मण्डलेश्वर हुन । उनले भनिन्, ,‘भारत वर्षका तमाम ओजश्वी धर्मगरुहरु हाल शंकराचार्य पदवीलाई मातृ शक्तिमा स्थापित गरेर माता दुर्गा भगवानीको खाली रहेको गद्दि भर्न चाहन्छु ।’ 

No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab