लखनउबाट पूर्वराजा ज्ञानेन्द्रले भने - राष्ट्रियता खतरामा (पूर्णपाठ यस्तो छ ।)
पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा २०७४ पौष २६ गते बक्सेको शूभकामना । |
आधूनिक स्वतन्त्र राष्ट्र नेपालको निर्माता एवं नेपाली एकताका धरोहर श्री ५बडामहाराजाधिराज पृथ्वीनारायण शाहकोे २९६ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशको ऐतिहासिक अवसरमा म समस्त नेपाली दाजूभाइ तथा दिदीबहिनीहरुमा शूभकामना व्यक्त गर्दछु ।
देश भनेकै मानवसमाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे । देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्दछ । हाम्रो मौलिकता बाँचेको अवस्थामा मात्र हामी आत्म गौरवकासाथ बाँचिरहन सक्दछौँ ।
नयां नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको छ । आफ्नै भुमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कसीमा राख्नूपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नू पर्दछ । निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नु पर्ने वाध्यतामा पू¥याई दिएको छ । नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ । । तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ । त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताकासाथ जागृत हून परेको छ ।
पूरानो नेपालको जगेर्ना गरेर मात्र नयां नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पूनर्उत्थान तथा समृद्घिका निम्ति एकतावद्ध भई क्रियाशिल बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ ।
जय नेपाल ।

Comments
Post a Comment