Wednesday, 5 March 2014

सालझण्डीमा नेपाल–भारत सैन्य अभ्यास

काठमाडौं । नेपाल र भारतका सेनाबीच नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझण्डी, रुपन्देहीमा बुधवार (फागुन २१ गते) ‘एक्स सूर्य किरण–६’नामक सैन्यअभ्यास शुरु भएको छ । सैनिक विनय महानिर्देशक उपरथी भिक्टर राणाले उद्घाटन गरेको सैन्य अभ्यासमा नेपालका २०० जना र भारतीय सेनाका २५० जना सहभागी छन् । 
नेपाल र भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । नेपालमा आयोजना भएको यो तेस्रो अभ्यास हो । प्रतिविद्रोह तथा जंगल वारफेयर सम्बन्धि सैद्धान्तिक र व्यवहारिक कार्यक्रमहरु समाबेश गरी संचालन हुँदै आएको सैन्य अभ्यासको यो छैठौं संस्करण हो । अभ्यास चैत ४ गते सम्पन्न हुनेछ । 
शुरुमा भारतीय सेनाको काउन्टर इन्सर्जेन्सी एण्ड जंगल वारफेयर स्कूल मेजोरममा मार्च २०११ मा संयुक्त अभ्यास भएको थियो । त्यसयता हरेक बर्ष आयोजना हुँदै आएको छ । सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा मा यस्तै सैन्यअभ्यास भएको थियो । त्यसपछि  भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले  प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगंजमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास  आयोजना गरेको थियो । 
‘यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन्’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ ।’  

No comments:

Post a Comment

Global Mountain Biodiversity Assessment establishes first Asia hub in Kathmandu

  ICIMOD to host regional hub of prestigious global network in bid to increase scientific knowledge and policy responses to at-risk mounta...