'सम्मानपूर्वक भूटानी शरणाार्थी फर्काऊ'
PM Sushil Koirala with his Bhutanese counterpart in Myanmar. Photo: Kuenselonline.com, Bhutan |
काठाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा रहेका भूटानी शरणार्थीलाई ‘आत्मसम्मान र आदर’साथ स्वदेश फर्काउन भूटानी समकक्षीलाई आग्रह गरेका छन् ।
बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा म्यानमारमा भूटानी प्रधानमन्त्री छिरिङ तोप्गेलाई साइडलाइन वार्ताका क्रममा कोइरालाले आग्रह गरेका हुन् ।
नेपाल सरकारका तर्फबाट कोइरालाले शरणार्थीलाई सम्मानपूर्वक देश फर्काउन त्यहाँका सरकारप्रमुखलाई आग्रह गरेका हुन् । कडाईपूर्वक नेपालले यो आग्रह गरे पनि भूटानी प्रधानमन्त्रीले यसबारे स्पष्ट जबाफ नदिएको बुझिएको छ ।
बिमस्टेक सम्मेलनमा सहभागी हुने क्रममा म्यानमारमा भूटानी प्रधानमन्त्री छिरिङ तोप्गेलाई साइडलाइन वार्ताका क्रममा कोइरालाले आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीले भूटानी शरणार्थी समस्याको तत्कालै समाधान खोज्न आग्रह गर्नुभएको छ,’ १९ फागुनमा भएको भेटवार्ताबारे नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘प्रधानमन्त्रीले भूटानी शरणाार्थीलाई आत्मसम्मान र आदरसाथ स्वदेश फर्काएर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।’
..................................................................................
..................................................................................
''Earlier today, the Rt. Hon. Prime Minister held a bilateral meeting with H.E. Mr. Tshering Tobgay, the Prime Minister of Bhutan. During the meeting, the Rt. Hon. Prime Minister of Nepal called for the early resolution of the Bhutanese refugee problem and stated that the repatriation of the Bhutanese refugees to Bhutan with full dignity and honour is the lasting solution to this issue.''
Ministry of Foreign Affairs
Kathmandu, Nepal
03 March 2014
..........................................................................................................
शरणार्थी फिर्तीका लागि नेपाल र भूटानबीच एक दशकयता दुईपक्षीय वार्ता भएको छैन भूटानले शरणार्थी फिर्ताका लागि नेपालले गरेको आग्रह अस्वीकार गर्दै आएको छ । ..........................................................................................................
सन् १९९३ देखि २००३सम्म नेपाल र भूटानबीच भएका १५ औँ वार्ता निस्प्रभावि भए । त्यही भूटानी मान्यता र भारतीय समर्थन कायम रहेको अवस्थामा दुईपक्षीय वार्ताबाट समस्या समाधान सम्भव देखिँदैन । नेपालले चालेको एउटा कदम दोहोरिए त्यसका लागि वातावरण बन्न सक्ने भुटानी नेताहरुको राय छ ।
२०४८ सालको चुनावपछि निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सर्वदलीय बैठक बोलाएर शरणार्थी फिर्तीवारे नेपालका तीन वटा रणनीति सार्वजनिक गरेका थिए । पहिलो, भुटान नरेशसँग वार्ता गर्ने । दोस्रो, त्यसो हुन नसके भारतका प्रधानमन्त्रीसँग कुरा गर्ने । तेस्रो, त्यति पनि नभए शरणार्थी मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने । दुवै विकल्प सफल नभएपछि कोइरालाले २० अप्रिल १९९३ मा काठमाडौंस्थित विदेशी कुटनीतिज्ञलाई बोलाएर भने कि अब नेपालले भुटानी शरणार्थी मामिलालाई अन्तराष्ट्रियकरण गर्नेछ ।
सोही बर्षको जुनमा अष्ट्रियाको राजधानी भियनामा आयोजित मानवअधिकारसम्बन्धी सम्मेलनमा भुटानी शरणार्थी समस्या उठान गर्ने कोइरालाको तयारी थियो । तर भुटानी राजाले वार्ताको वातावरण बनाउने आश्वासन दिएपछि कोइरालाले त्यो मुद्दा लगेनन् ।
पछिसमम भुटान कोइरालासँग त्रसित भयो तर समस्या समाधान गर्ने तत्परता देखाएन । नेपाल र भारतबीच पटकपटक भएका शरणाार्थी फिर्तासम्बन्धी वैठक निस्प्रभावि हुँदै आएकोमा एक दशकयता वार्ता नै हुन सकेको छैन ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा वार्ताका लागि भुटानलाई चिठी लेखियो, भुटानले केही जबाफ फर्काएन ।

Comments
Post a Comment