Sunday 15 February 2015

उपेन्द्रकेसरीको चलखेलले वार एशोसिएसनमा बबाल

                                             -  नेपालडोर  संवाददाता
                                              ..............................
न्यायपरिषद् सदस्यमा आफू निकटस्थ व्यक्तिलाई पठाएर सर्बोच्च अदालतको न्यायाधीश बन्ने उपेन्द्रकेसरी न्यौपानेको स्वार्थमा लागेर वार महासचिव सुनिल पोखरेलले वारको आइतवार बोलाइएको केन्द्रिय समितिको वैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगीत गरेको एसएमएस पदाधिकारी र सदस्यलाई पठाएका छन् । यसबाट वारको प्रजातन्त्रवादी खेमाभित्रै चर्को असन्तुष्टि उत्पन्न भएको छ । 
Upendra Keshari Neupane. Photo: Google Image
नेपाल वार एशोसिएसनले आइतवार अपरान्ह ४ बजे बोलाएको केन्द्रिय समिति वैठक स्थगीत भएको सूचना महासचिव सुनिल पोखरेलले केन्द्रिय सदस्य र पदाधिकारीलाई एसएमएसमार्फत् जारी गरे । वैठकमा जान ठिक्क परेका पदाधिकारी र सदस्य तीन छक्क परे । वैठकको बिषय थियो– न्यायपरिषदको रिक्त सदस्य पदमा वारले पठाउने व्यक्तिबारे निर्णय गर्नुपर्ने । उपेन्द्रकेसरी न्यौपानेले राजीनामा दिएपछि परिषद्मा एक सदस्य रिक्त छ ।
नेपाल वारको १७ सदस्यीय केन्द्रिय समितिले एकजना अधिवक्तालाई परिषद् सदस्यमा सिफारिश गरेपछि उनी स्वतः नियुक्त हुनेछन् । ती व्यक्ति छनौट सर्बोच्चमा भावी न्यायाधिश बन्ने कुराको स्वार्थसँग जोडिएको छ । वारमा प्रजातान्त्रिक खेमाका ९ जना र प्रगतिशील खेमाका ८ जना वकिल छन् । दुवै खेमाले आफ्नातर्फबाट सम्भावित उम्मेदवारको लिस्ट वैठकमा राख्ने र केन्द्रिय समितिले सर्वसम्मति वा निर्वाचनमार्फत् एकजनालाई छनौट गर्ने नियम छ ।
अहिले समस्या कांग्रेस र एमाले पार्टी निकटस्थ खेमाको प्रतिस्पर्धा होइन, प्रजातान्त्रिक खेमाको सानो समूहको सामान्य स्वार्थको खाडलमा वारको केन्द्रिय समिति वैठकलाई हालिएको छ । त्यही कारण आइतवारको वैठक महासचिवले एकतर्फीरुपमा अनिश्चितकालका लागि स्थगीत गरेको सूचना एसएमएसमार्फत् सबै पदाधिकारी र सदस्यलाई सम्प्रेषण गरे । यसका मुख्य कारक हुन् पूर्वसदस्य उपेन्द्रकेसरी न्यौपाने ।
जानकारहरुका अनुसार न्यौपाने अब जसरी भए पनि सर्बोच्चको न्यायाधीश बन्ने दौडधुपमा छन् । त्यही प्रयोजनका लागि उनले सदस्य पदबाट केही महिनाअघि राजीनामा दिए । न्यौपाने यतिबेला प्रजातान्त्रिक खेमाबाट नजिकका नातापर्ने हेटौँडाका अधिवक्ता किशोर अधिकारीको नाम नेपाल वार एशोसिएसनमा प्रस्ताब गराउन चाहन्छन् । तर प्रजातान्त्रिक खेमाका महत्वपूर्ण व्यक्तिहरु एकजनाको नाम हैन पाँचजनाको नाम वैठकमा पेश गर्ने र जसको नाममा सहमति हुन्छ उनैलाई सदस्यका लागि सिफारिश गर्नुपर्ने लाइनमा छन् । अधिकारीलाई पठाउन सकिए आफ्ना लागि परिषद्मा बसेर काम गर्न सक्ने स्वार्थ न्यौपानेको छ । न्यौपानेले कांग्रेसको विभाजित वार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई पनि मनाइसकेका छन् । तर कांग्रेसको आधिकारिक लाइन अधिकारीलाई पठाउने होइन ।
कांग्रेसका शीर्ष नेता न्यायपरिषद सदस्यमा अधिवक्ता वेनीवहादुर कार्कीलाई पठाउन चाहन्छन् । उनलाई प्रगतिशील खेमाले पनि स्वीकार गर्ने बचन दिएको प्रजातान्त्रिक समूहका एकजना कानूनविद्को भनाई छ  । प्रगतिशीलहरुलाई मनाउनका लागि प्रजातान्त्रिक समूहबाट वेनीवहादुर कार्की, कमल नारायण दास, यज्ञमूर्ति बञ्जाडे, रामप्रसाद सिटौला र किशोर अधिकारीको नाम पेश गर्ने कांग्रेसको पार्टीगत लाइन रहेको छ । उनीहरुमध्ये अधिकारीको नाममा प्रजातान्त्रिक समूहको बहुसंख्यक टीम सहमत छैन ।
प्रगतिशील खेमाबाट सदस्य पदका लागि  अनौपचारिकरुपमा तीनजना रामप्रसाद श्रेष्ठ, लक्ष्मीबहादुर निराला र सर्वज्ञरत्न तुलाधरको नाम ल्याइएको छ । प्रजातान्त्रिक खेमाले बाबुराज जोशी र बसन्तराम भण्डारीको नाम पनि ल्याएको छ । तर उनीहरुको नाममा सहमति हुनेसम्भावना छैन ।
उपेन्द्रको स्वार्थ पूरा गर्न शेरबहादुर केसी निकट वारका केन्द्रिय सदस्य लक्ष्मी रावल, प्रचण्डमान प्रधानका निकटस्थ सागर बिष्ट, बाबुराजा जोशी निकट गजेन्द्र तिमिला र वार महासचिव पोखरेल, उपाध्यक्ष जनक पाण्डे र गणेश अधिकारी सक्रिय छन् ।
आइतवार न्यौपानेको पक्षमा वातावरण नभएका कारण उनकै चाहनाअनुसार महासचिव पोखरेलले वैठक स्थगीत गरेको प्रजातान्त्रिक खेमाकै कतिपयले टिप्पणि गरेका छन् । तर वारमा अध्यक्ष हरिकृष्ण कार्की, उपाध्यक्ष टीकाराम भट्टराई, कोषाध्यक्ष मोहन इङ्नामलगायतका पदाधिकारीहरु सर्बसम्मतीका आधारमा एकजना योग्य व्यक्तिलाई न्यायपरिषदमा पठाउनुपर्ने पक्षमा छन् । पाँच सदस्यीय न्यायपरिषदको अध्यक्षता प्रधानन्यायाधीशले गर्छन् भने सर्बोच्चका बरिष्ठतम न्यायाधीश, कानूनमन्त्री, सरकारबाट मनोनित एकजना कानूनविद र वार एशोसिएसनबाट सिफारिश गरिएका एकना कानूनविद् सदस्य रहने व्यवस्था छ ।





No comments:

Post a Comment

top sidebar ads

समाचार

समाचार

recent posts comments tab

Blog Archive