Monday, 15 April 2013

कोरीयाली प्रायद्धिपको लडाई र राष्ट्रियता

–रोशन खड्का-
‘हामीले वाच्ने तरिका सिकिसकेका छाँै, पश्चिमा शत्रु र अमेरीकी साम्राज्यवादसंग हामी कहिले झुक्ने छैनौै,हामी फेरी पनि लडाई लड्न तयार छौ’ यो हालसालै यो पक्तिकारसंगको भेटमा उत्तरकोरीयाका एक कुटनितिज्ञले व्यक्त गरेको भनाई हो । यही भनाईले पनि पुष्टि गर्छ कोरीयालीहरु आफ्नो शक्तिमा विश्वास गर्छन्,जस्तोसुकै परिस्थितीको पनि सामना गर्न सिकेका छन्,तर उनिहरुलाई कसैको हस्तक्षेप स्विकार्य छैन् ।
 हुनतः कोरीयालीहरुले मान्ने आफ्ना महान् नेता किम इल सुङले प्रतिवादन गरेको जुच्छे विचारधाराले पनि त्यही भन्छ –‘क्रान्ति तथा निर्माणका मालिकहरु जनता हुन् र जनता,क्रान्ति र निर्माणका प्रेरक शक्ति हुन् अर्थात आफ्नो भाग्यको मालिक आफै हो र भाग्य आफैले बनाउने शक्ति पनि आफैमा हुन्छ ।’
उत्तरलाई बरु अन्र्तराष्ट्रिय समुदायको चर्को नाकावन्दी सैह्य भयो,तर उसले कहिले पनि आफ्नो देशको सार्वभौमिकता र अखण्डतामाथी भने सम्झौता गरेन । साच्चै भन्ने हो भने उत्तर कोरीयालीहरु असाध्यै राष्ट्रवादीहरु छन् ।
आफ्ना नेताहरुलाई महान् मान्ने र विरोधीलाई अमेरीकी र पश्चिमा शत्रुको रुपमा चित्रित गर्ने उनिहरुको पहिचान नै बनिसकेको छ । यो सानो कोरीयाली मुलुकको राष्ट्रियतालाई वुझ्न र ग्रहण गर्न सक्ने हो भने साच्चिकै हामीमा पनि राष्ट्रियताको अर्थ वोध हुन्थ्यो कि ?
यद्यपी,कोरीयाका बारेमा वाह्य संसारमा यति धेरै अफवाह फैलाइएका छन् कि त्यसको कुनै सिमा छैन् तर पनि कोरीयाली वास्तविकता फरक छ । भोकमरीको देश,अभावको देश भनेर विश्वमंचमा चिनाउने पश्चिमा मिडियाले कोरीयाको विकास,सैन्य क्षमता र राष्ट्रिताको प्रश्न भने कहिले पनि उठाएनन् । हुनतः आफ्नो वर्गको पक्षपोषण गर्न खडा गरिएका मिडियाले वास्तविकतालाई उजागर गर्नुपथ्र्यो भन्ने अपेक्षा राख्नु नै गलत हो ।
१८ वर्षभन्दा बढी समय अन्र्तराष्ट्रिय समुदायको नाकावन्दी भोगेको उत्तर कोरीया थप बढी त्यतिवेला आक्रोसित भयो,जव संयुक्त राष्टसंघको सुरक्षा परिषदले अन्र्तराष्ट्रीय समुदायको आग्रहलाई बेवास्ता गर्दै परमाणु परिक्षण गरेको आरोपमा उत्तरमाथी गत फेव्रुअरीमा थप नाकावन्दी लगाउने निर्णय गर्यो । उत्तर कोरीयाले आफ्नो देशलाई आणविक सम्पन्न मुलुक स्विकार गर्न र आफुमाथी लगाईदै आएको नाकाबन्दी खुला गर्नुपर्ने अडानमा रहदै आएपनि अमेरीकालगायत पश्चिमा मुलुकहरुले त्यसलाई अस्विकार गर्दै आएका छन् । साथै उनिहरुले उत्तरविरुद्ध चौतर्फि घेराबन्दी समेत गरेका छन् । यसको उदाहरणको रुपमा विहिवारबाट सुरु भएको जि–८ को बैठकमा उत्तर कोरीयाको मुद्दालाई पहिलो प्राथमिकता राख्नुले पनि स्वतः पुष्टि हुन्छ ।
उत्तरले पहिलो पटक चिनको मध्यस्थतामा २००३ मा भएको पहिलो वार्तामा आफुसंग आणविक हतियार भएको खुलासा गरेको थियो । त्यसपछि उत्तरले लगातार २००६, ९ र १२ आणविक प्रक्षेपण गरेको थियो भने उत्तर चौथो आणविक प्रक्षेपणको तयारीमा रहेको आरोप सोमबार दक्षिण कोरीयाका विदेशमन्त्रीले लगाएका छन् । यसवारे उत्तरको आधिकारीक धारणा नआएपनि यसमा केही सत्यता भने पक्कै छ । किनभने,उत्तरले आफ्नो आणविक कार्यक्रमलाई नरोक्ने यसअघि नै महाशक्ति राष्ट्रहरुलाई प्रष्टै भनिसकेको छ र उसले छोटा तथा लामो दुरीका मार हान्ने हतियार बनाउने क्रम पनि रोकेको  छैन् ।
 यसरी उत्तरले एकपछि अर्को गरी आफुलाई परमाणु हतियारले सम्पन्न राष्ट्रका रुपमा विकसित गर्दै लगिरहेको छ । पेण्टागनले यसअघि विभिन्न समयमा प्याङयोङमाथी हमलाको योजना बनाउदै आएको भएपनि उत्तरको परमाणु र सैन्य क्षमताबाट त्रसित भएर अमेरीका पछि हटेको थियो भने उत्तरले पनि अमेरीकाले त्यसो गरे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएपछि अमेरीकालगायतका मुलुकले आफ्नो निति परिवर्तन गर्दै आक्रमणको साटो आर्थिक नाकावन्दीलाई बढावा दिदै लगेर उत्तरलाई कमजोर पार्ने रणनितिमा लागेका थिए ।
पेण्टागनको आक्रमण योजनाको विरोधमा नै अमेरीकी सेनाका जर्नेल देखिएपछि त्यतिवेला अमेरीकाले आफ्नो योजना स्थगन गरेको  थियो । जर्नेलहरुले उत्तर कोरीयामाथी आक्रमण गरे दक्षिण कोरीया तहस–नहस हुने र त्यसको ठुलो नोक्सानी अमेरीकाले पनि व्यहोर्नुपर्ने तर्क गरेका थिए ।
हुनतः विश्वको महाशक्ति अमेरीकालगायतका अन्य शक्तिशाली मुलुकहरुको आणविक कार्यक्रममाथी चिन्ता नगर्ने तर साना र कमजोर मुलुकले त्यही कार्यक्रम सुरु गर्ने वित्तिकै चिन्ता व्यक्त गर्ने र हस्तक्षेपको तहसम्मै पुग्ने राष्ट्रसंघको भुमिकाप्रती त्यती सन्तोष मान्ने ठाउ त छैन,तर यसपटक अचम्म त के भयो भने उत्तरले चिनलाई समेत वेवास्ता गर्दै आणविक प्रक्षेपण जारी राख्ने निर्णय गर्यो र उसले सुरक्षा परिषदको निर्णयलाई धोती लगाउदै आफ्नो मिसनलाई जारी नै राखेको छ ।
उत्तरकोरीयालाई नाकाबन्दी गर्ने सुरक्षा परिषदको निर्णयमा यसपटक उसका नजिकका मुलुक चिन र रुसले समेत मतदान गरेका थिए ।
यतिवेला कोरीयाली प्रायद्धिपमा तनाव बढेको मात्र छैन् उत्तर कोरीया र दक्षिण कोरीयाले एकअर्काको विरुद्ध युद्धको घोषणा समेत गरेका छन् । उत्तरले त दक्षिण कोरीया र अमेरीकाको संयुक्त सैन्य अभ्यासलाई मध्यनजर गर्दै आफ्नो १२ लाख ५० हजार सेनालाई सिमानामा तैनाथ गर्नुको साथै सेनालाई दक्षिण कोरीया र अमेरीकामाथी हमला गर्ने अधिकार समेत प्रदान गरिसकेको छ । मर्निङ स्टार किङ उपनामले परिचित उत्तर कोरीयाका कान्छा राष्ट्रप्रमुख किम जोङ उनले सैनिकतन्त्र हावी रहेको देशको सेनालाई आक्रमणको आदेश दिएर लडाई नरोकिने संकेत गरिसकेका छन् । कतिपयले उनलाई अनुभवविहिन नेतृत्व भनेर कुप्रचार गरेपनि उनले पछिल्लो समय देखाएको नेतृत्वको कार्यकुशलताका साथै राष्ट्रवादी छविले पश्चिमाहरुलाई झस्काएको छ ।
उत्तरले मध्य र छोटो दुरीका मिसाइललाई समेत तटिय क्षेत्रमा तैनाथ गरिसकेको रिपोर्ट अन्र्तराष्ट्रिय संचारमाध्यमले दिइरहेका छन् । भने,यता दक्षिण कोरीया र उसको प्रमुख सहयोगी मुलुक अमेरीकाले पनि करिव ७ लाख भन्दा बढी सेना आफ्नो सिमानमा तैनाथ गरेको छ । उत्तर कोरीयाले यसअघि पनि दक्षिण कोरीया,जापान र अमेरीकासंग लडाई लडिसकेको छ भने विगतका केही वर्षदेखी कोरीयाली प्रायद्धिपमा दुई कोरीयाविचको तनाव पनि जारी छ ।
विभिन्न समयमा द्धिपक्षीय र बहुपक्षिय वार्ताहरु जारी रहेपनि दुई कोरीयाली मुलुक प्राविधिक रुपमा युद्धमा नै थिए । हालसालै २००८ मा चिनको मध्यस्थतामा,अमेरीका,रुस र जापानसहित ६ देश सम्मेलित वार्ता पनि निष्कर्शमा पुग्न नसकेपछि त्यसयता कुनै पनि वार्ता हुन सकेको छैन् ।
यसअघि पनि युद्धको घोषणा हुने गरेपनि उत्तरले वार्ताको ढोकालाई भने खुला राख्दै आएको थियो तर,यसपटक अनौठो त के भयो भने उत्तर कोरीयाले पहिलेजस्तो यसपटक वार्ता प्रक्रियाप्रति चासो दिएको पनि छैन् र वार्ताको ढोका पनि हालसम्म खोलेको छैन् ।
यद्यपी चिन र स्विजरल्याण्डले आन्तरीक रुपमा वार्ताकोे पहल भने गरिरहेका छन् । अमेरीका र दक्षिण कोरीयामाथी उत्तरको सार्वभौमिकतालाई चुनौती दिन खोजेको आरोप प्याङयोङले लगाउदै आएको छ भने राष्ट्रसंघले आफ्नो मुलुकमाथी लगाएको नाकावन्दीका साथै आणविक शक्ति राष्ट्रका रुपमा पनि मान्यता प्रदान गर्नुपर्ने बताउदै आएको छ ।
सारा संसारले कोरीयाली प्रायद्धिपमा बढेको तनावप्रती चिन्ता जनाएपनि यसको समाधानको विकल्प भने अहिलेसम्म पनि खोजिएको छैन् र यसले विश्व समुदायमा थप चिन्ता बढाएको छ । कोरीयाली प्रायद्धिपमा बढेको तनावलाई कम गर्न चिनले मात्र सक्छ भन्ने भनाई आइरहदा भर्खरै कार्यभार सम्हालेका चिनिया राष्ट्रपति सि.जिन्पिङले चिनको हाइनानमा एक अन्तराष्ट्रिय आर्थिक सम्मेलनमा सम्बोधन गर्दै क्षेत्रिय तनाव कम गर्न चिनले भुमिका खेल्ने भन्दै व्यक्तिगत महत्वकाक्षाका लागी क्षेत्रीय तथा विश्वव्यापी रुपमा अशान्ती मच्चाउने छुट कुनै पनि राष्ट्रलाई नभएको भन्दै पहिलो पटक कोरीयाली प्रायद्धिपबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । यसले ढिलै भएपनि कोरीयाली प्रायद्धिपमा चिनिया सक्रियता बढ्ने आशा दिलाएको छ ।
उत्ता,कोरीयाको आणविक कार्यक्रमप्रती रुसले पनि चिन्ता जनाउदै वार्ताद्धारा समस्या समाधान गरिनुपर्ने आफ्नो पुरानै भनाईलाई अघि सारेको छ । यसरी कोरीयाली प्रायद्धिपमा युद्ध जारी रहेपनि वार्ताको प्रक्रिया अघि बढ्नुलाई सकरात्मक मान्नुपर्छ ।
चिनको सवैभन्दा नजिकको परम्परागत मित्र उत्तर कोरीयासंग गर्ने वार्ता कति सफल होला त्यो त यसै भन्न सकिन्न तर पनि चिन सम्मेलित वार्ताले कोरीयाली प्रायद्धिपमा बढेको तनाव कम हुन्छ भन्ने आशा चाही पक्कै गर्न सकिन्छ ।
अमेरीकालगायत पश्चिमा शक्तिहरुले उत्तर कोरीयाको धम्कीलाई सुरुमा सदावाहर भनेपनि उत्तरले सैन्य आक्रमणको चेतावनी दिएपछि यसपटक भने अमेरीकाको निन हराम भएको छ । उसले सुरुमा प्रशान्त सागर क्षेत्रमा मिसाइल रक्षा प्रणालीलाई पठाउने तयारी गरेपनि त्यसले झन् तनाव बढ्ने देखेपछि त्यसलाई तत्काललाई अमेरीकाले स्थगित गर्ने निर्णय गरेको छ ।
केही गरी उत्तर दक्षिण विच लडाई भयो भने त्यसले संसारलाई नै असर पार्नेतिर पनि बहस विश्वभर सुरु भइसकेको छ । दक्षिण कोरीया र अमेरीकाले पछिल्लो समयमा सुरु गरेको संयुक्त सैन्य अभ्यासप्रती चर्को असन्तुष्टि जनाउदै दक्षिण कोरीयाको सोल,जापानको ओकनावा र अमेरीकाको हवाईमाथी सैन्य आक्रमणको धम्की उत्तरले दिएपछि यतिवेला सारा संसारको निन्द्रा हराम भएको छ । परमाणु हतियारले सु–सम्पन्न यो एसियाली मुलुक विश्वमंचबाट एक्लदै गएपनि उसले स्वतन्त्रता र सार्वभौकीताको लडाईलाई भने जारी राखेको छ । 
लेखकःक्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सदस्य हुन् ।

Saturday, 13 April 2013

उच्च जोखिममा सुनचाँदी व्यवसाय

–रमेश महर्जन-
देशमा छरिएर रहेका गरगहना व्यवसायी र यस क्षेत्रका सबै संघलाई संगठित गरी व्यावसायिक ऐक्वबद्धतालाई मजबुत तुल्याउँदै नेतृत्वदायी एवं अभिवाकीय भूमिका र जिम्मेवारी वहन गर्न सक्ने राष्ट्रिय स्तरमा सशक्त संघीय संरचनाको निर्माण गर्न शीर्षस्थ संगठनको नेपाल सुनचाँदी रत्नतथा आभुषण महासंघ स्थापना भएको छ । गरगहना व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराइ आम उपभोक्ता, राज्य र व्यवसायीको हक, हितको प्रबद्र्धनका लागि यस महासंघको उदय भएको हो । मुलुक भरका गरगहना व्यवसायीले सामना गर्दै आएका समस्याको समाधान गर्न र यस व्यवसायलाई प्रतिष्ठित क्षेत्रको रुपमा स्थापित गराई रोजगारी, निर्यात, राजश्व अभिबृद्धि आदिको माध्यमबाट अर्थतन्त्रमा ठोस योगदान गर्नु महासंघको मुख्य लक्ष्य हो ।
    हाम्रो महासंघ दर्ता भएको केही समयपछि मिल्दो जुल्दो नाम राखेर अर्को पनि महासंघ दर्ता भएको सुन्नमा आएको छ । एउटै क्षेत्रमा दुई वटा समानान्तर संगठन हुँदा काममा द्विविधा र व्यवसायी बीचको एकतालाई कमजोर बनाउन सक्ने संभावना हुन्छ । र पनि सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । हामीले नकारात्मक नभई सकारात्मक पक्षमा जोड दिनु पर्छ । तसर्थ जति सुकै संगठन भएपनि सहकार्य गरी आपसी एकतालाई मजवुत बनाउन सकिन्छ । तर आफूले भने जस्तो  मात्रै हुनुपर्छ भन्ने घमण्ड गरी अर्कालाई होच्याउने कुनियत राख्ने हो भने अवश्य पनिव् यवसायीहरु बीच फाटो ल्याउँछ । त्यसले सबैलाई हानी पु¥याउँछ । तसर्थ बैमनस्यता सिर्जना हुने कार्य कसैबाट पनि नहोस् भन्ने हाम्रो चाहना छ ।
    रगहना व्यवसाय विभिन्न समस्याको वीचबाट गुज्रिरहेको छ । खास गरी गुणस्तरीय कच्चापदार्थको सहज आपूर्ति नहुनु, शान्ति सुरक्षाको कमी, व्यवसाय संचालनमा निश्चित आधिकारिक मापदण्डको अभाव समेत कतिपय अस्पष्ट र अव्यावहारिक ऐन नियमका कारण यो व्यवसाय जोखिममा पर्न थालेको छ । विश्वमै ख्याती आर्जन गरेको नेपाली मौलिककला, शिल्प लोपोन्मुख भइ विदेशी कालिगढको भरमा व्यवसाय चलाउनु पर्ने अवस्था छ । राष्ट्रको भूगर्भमा रहेका बहुमुल्य धातु तथा पत्थरको उत्खनन् र प्रयोग उल्लेख्य  मात्रामा हुन सकेको छैन । तर आयातित कच्चा पदार्थमा यो व्यवसाय निर्भर हुनु परेकोे छ । यस्तो प्रवृत्ति बढ्दै गएमा ज्वेलरी क्षेत्र जहिले पनि पछि नै पर्नेछ । व्यवसायलाई आधुनिकरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक तुल्याउनु अति जरुरी छ । त्यसैले यी सबै समस्या र चुनौतिको समाधानको लागि महासंघ क्रियाशील रहने छ ।
    महासंघका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरिसकेका छौं । जेमल्याबर गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना, रोजगारी अभिबृद्धिका लागि शीपमुलक तालिम, कला, शिल्पको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने प्रतिभाको खोजी र सम्मान, आय कर तथा लेखा सम्बन्धि अभिमुखीकरण कार्यशाला, अन्तर्राष्ट्रिय स्तरको ज्वेलरी एक्स्पो आयोजना र नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहुंच बढाउन प्रतिनिधि मण्डलको आदन प्रदान समेत निकट भविष्यमै कार्यान्वयनमा आउने प्रमुख कार्यक्रम तय गरेका छौं ।
    राज्यका ऐन, नियमहरु जति सक्दो सहज, स्पष्ट एवं व्यावहारिक तुल्याई र त्यसैको जगमा व्यवसाय मैत्री वातावरण बन्यो भने राजश्वको  दायरा बढ्छ भन्ने हाम्रो विश्वास हो । तसर्थ नीतिगत एवं कानुनी रुपमा यस्तो वातावरण बनोस् भन्ने हाम्रो अपेक्षा हो । सम्बन्धित क्षेत्रका ऐन, नियमलाई सहज रुपमा पालना गर्न सक्ने अवस्था निर्माण गर्न महासंघले विभिन्न निकायमा सुझाव दिएको  र त्यसैको कार्यान्वयनका लागि पहल गरिरहेको छ । यसका लागि महासंघ सबैसँंग सहकार्य गर्न चाहन्छ ।¬
    परिमाणात्मक सीमा अन्तर्गत वाणिज्य बैंकले विक्री वितरण गर्ने सीमित रुपमा उपलब्ध हुने सुनको खाँचो सबै गरगहना व्यवसायीलाई पर्छ । त्यसैले गरगहना उत्पादन, निर्माण गरी व्यवसाय संचालन गर्ने व्यवसायीहरु समक्ष विधिसम्मत, न्यायोचित, समानुपातिक, पारदर्शी र व्यवस्थित किसिमले सहज रुपमा कसरी पु¥याउने भन्नेमा जिम्मेवार पक्षको ध्यान जानु जरुरी छ । साथै सुनको वास्तविक दैनिक माग कति हो भने तथ्यगत विश्लेषण हुनु पर्दछ । रिसाइक्लिङ्गमा रहेका कानुनी अवरोधलाई हटाएर सहज रुपमा सुन बजारमा आउन सक्ने अवस्था सिर्जना गरिनु पर्दछ । आधिकारिक रुपमा सुनको मूल्य निधार्रण गरी वजारलाई नियमन र अनुगमन गरिनु पर्दछ । यसबाट सुनको वास्तविक माग पत्ता लाग्ने छ र त्यसपछि मात्रै सुन आयात, आपूर्ति र वितरणको कोटा निश्चित गरिएमा अहिले देखिएको समस्या स्वतः किनारा लाग्ने छ । तसर्थ महासंघले सुनको वास्तविक माग वारे अध्ययन गर्न र रिसाइक्लिङ्गलाई सहज तुल्याउन विद्यमान कानुनी अड्चन हटाउन ेवारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइ रहेको छ ।
    नेपालको भूगर्भमा थुप्रै बहुमुल्य तथा अर्ध बहुमूल्य पत्थर तथा रत्नहरु रहेको सार्वजनिक भइरहेको छ । तर त्यसको वान्छित उपयोग हुन सकेको छैन । अहिलेसम्म मुलुकको गरगहना व्यवसाय आयातमुखी छ । तसर्थ स्वदेशी खनिज तथा द्रव्य बारे राज्य र निजी क्षेत्र बीचको सहकार्यलाई विस्तार गरी त्यसको उत्खनन्, प्रशोधन तथा प्रयोग हुनु पर्दछ । हालसम्मका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । स्वदेशी कच्चा पदार्थको प्रयोग हुन सकेमा मात्रै त्यसबाट अर्थतन्त्र मजबुत हुन्छ भन्नेमा महासंघको स्पष्ट मान्यता छ । तसर्थ यसका लागि महासंघले सम्बन्धित सबैसँग सहकार्यको प्रस्ताव राखेको छ ।

(नेपाल सुनचाँदी रत्नतथा आभुषण महासंघका अध्यक्ष महर्जनसँग सुरेन्द्र भारद्वाजले गरेको कुराकानीमा आधारित)

Friday, 12 April 2013

नेपाली राजनीतिका गुमनाम संस्मरण (पुष्पलाल/बिपी सम्बन्ध, सरकार- माओवादी वार्तादेखि जनआन्दोलनसम्मका गुपचुप कहानी)

-लोककृष्ण भट्टराई -

  बरिष्ठ बाम बुद्धिजीवि/चिन्तक

................................................................

शेरबहादुर देउवाले २०५८ सालमा संकटकाल लगाएपछि काठमाडौँमा  माओवादीको सम्पर्क केन्द्रजस्तै थिएँ म । त्यही आरोपमा पछि सैनिक गिरफ्तारीमा परेँ । संकटकाल शुरु भएपछि पनि माओवादीसँग वार्ताको प्रयास भएको थियो । पत्रकार पुरुषोत्तम दाहाल र म पहलकर्ता थियौं । पहिलो वार्ता असफल भएर माओवादीले दाङको सैनिक व्यारेकमा आक्रमण भयो । त्यही बीचमा वार्ताको पहल भएको थियो असफल भयो । वार्ताको अभ्यास हामीले निकै मेहनतसाथ गरेका थियौं ।
मैले किसुनजी (कृष्णप्रसाद भट्टराई)मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरें । वार्ताका लागि पहल गर्ने भन्ने कुरा भयो । त्यसपछि मैले  प्रचण्ड र बाबुरामलाई इमेलबाट सम्पर्क गरेँ । त्यो बेला माओवादी नेतृत्वलाई सम्पर्क गर्ने दुईवटा इमेल थियो । मैले इमेल गरेलगत्तै सकारात्मक जबाफसहित डा बाबुराम भट्टराईले मलाई फोन गर्नुभो । उहाँहरुसँग भएका कुरा मैले शेरबहादुरलाई फरवार्ड गरेँ । तर शेरबहादुरले बाबुरामकै भरमा मात्रै हुन्न भने । ‘बाबुराम अल्पमतमा छन्, प्रचण्डले नै नभनिकन वार्ताको कुरा कसरी पत्याउने ?’ भने देउवाले । त्यसपछि मैले प्रचण्डलाई इमेल गरेँ । प्रचण्डले मलाई फोन गरेर भने, –वार्ता गर्ने । तपाईँ कुरो अघि बढाउनुस् ।’ प्रचण्डले सरकारको औपचारिक पत्र हुनुप¥यो भन्नुभो । शेरबहादुर पत्र दिन तयार भए । सरकारको पत्र लिएर डी. आर. लामिछाने त्यतिवेला रोल्पा गए । रोल्पास्थित पार्टी सम्पर्कमा पत्र बुझाएर डी. आर. काठमाडौं फर्के । त्यही समयमा शेरबहादुर देउवाले राजालाई भनेछन्, ‘माओवादीसँग वार्ता फेरि गर्नुप¥र्यो । यो कुरा सुनेर राजा ज्ञानेन्द्र हाँसे रे । यो कुरा मलाई देउवाले नै सुनाएका हुन् ।
माओवादी र तत्कालीन सरकारबीच २०५९असोज २२ गते युद्धविराम गर्नेगरी वार्ता हुदै थियो । तर असोज १८ गते नै राजाले टेकओभर गरिहाले । राजाले शेरबहादुर देउवालाई हटाएपछि वार्ताको सबै प्रक्रिया समाप्त भयो । त्यसपछि प्रचण्डले मलाई फोन गरेर भने, ‘अब के गर्ने ?’ प्रचण्ड त्यतिवेला ज्ञानेन्द्रसँगै वार्ता गर्न चाहन्थे ।
एक दिन डी. आर. लामिछाने मेरो घरमा आएर भने–प्रभाकर शमशेरसँग मेरो राम्रै चिन्जान छ । कुरा गरौँ ?   प्रभाकर शमशेरसँग उनको भेट चितवनमा भएको रहेछ अलिक अगाडि । मैले भनेँ –हुन्छ, भेट्नुस् न त । के भन्दा रहेछन् ।’ डीआरले होटल सोल्टीमा गएर प्रभाकरलाई भेटेछन् । वार्ताको प्रसंगमा कुरा गरेपछि प्रभाकरले ज्ञानेन्द्रसँगै भेटाइदिने पनि बचन दिएछन् ।
प्रभाकरसँगको कुराकानीपछि ज्ञानेन्द्र पनि डी आरलाई बोलाएर भेट्न राजी भएछन् । त्यसपछि कुनै दिन होटल मल्लमा राजा र डीआर बीच दुईघण्टा कुराकानी भएछ । राती आठ बजे बोलाएका थिए ज्ञानेन्द्रले डी आरलाई । डी आर हेर्दा नपत्याउने खालका मान्छे थिए, तर बौद्धिक थिए । ज्ञानेन्द्रले भनेछन्–ठीक छ पिस प्रोसेसलाई अगाडि बढाउनुस् ।’  यो कुरा डी आरले मलाई भनेका हुन् । डीआर अहिले यो धर्तीमा छैनन् ।
त्यतिबेला मेरो फोन सेनाले टेप गरेको थियो । माओवादी नेताहरुसँग कुरा गर्न म चोभार पुग्थेँ । बाबुरामले नै भनेका थिए, ‘तपाईको फोन टेप भएको हुन सक्छ, अर्कै फोनबाट कुरा गरौँ ।’ त्यसकारण म आफन्तको घरमा चोभार पुग्थेँ त्यहीँबाट कुरा हुन्थ्यो । डी आरले ठुलो भुमिका खेलेका थिए दोस्रो वार्तामा । यतिसम्म कि रामबहादुर थापा बादलले सुट हालिदिए भनेर भन्थे डीआर मसँग । त्यतिवेला वीरेन्द्रझापालीको भुमिका गाडी हाँक्ने भन्दा केही थिएन । डी आरलाई गाडीमा हाकेर पु¥याइदिन्थे झापाली । तर झापालीलाई बेकारमा मिडियाले बढी उचाले ।
मैले दरबारको अनौपचारिक च्यानलबाट थाहा पाए अनुसार पछि डीआर लामिछानेको पहलमा माओवादी अध्यक्ष प्रचण्डसँग ज्ञानेन्द्रको भेट भयो बाग्लुङको ढोरपाटनमा । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवालले हेलिकोप्टरमा हालेर लगेका थिए ज्ञानेन्द्रलाई । त्यो वार्तामा माओवादीका नेताहरु कृष्णबहादुर महरा र पोष्टबहादुर बोगटी पनि थिए । तर सेरेमोनियल किंगको बिषयमा कुरा मिलेनछ । ज्ञानेन्द्रले नै त्यो कुरा अस्वीकार गरेछन् । त्यसपछि वार्ता भएन ।

माघ १९ को कदम चालेपछि ज्ञानेन्द्रले मलाई तीनपटक मन्त्री पदको अफर गरे । पशुपतिभक्त महर्जन नै मलाई भेट्न आएका थिए । माघ २६ र २८ गते मलाई भेटेर पशुपतिले भनेका थिए–मन्त्री बनिदिनुप¥यो र माओवादीसँग वार्ता गराइदिनुप¥यो ।’ मलाई वार्ता टोलीको संयोजक बनाउने र वार्ता गराएर त्यसको जस आफैँ लिने शोचमा रहेछन् ज्ञानेन्द्र । मैले मानिँन ।
त्यसअघि नै मलाई प्रचण्डको सल्लाहकार आरोपमा सेनाले समातेर थुन्यो । २०६० फागुन ५ गते मलाई पक्राउ गरेर सैन्य हेडक्वार्टर पु¥याईयो र मेरो बयान लिए तत्कालीन सेनाप्रमुख प्यारजंग थापाले । उनले भने–तपाईँ प्रचण्डको सल्लाहकार हुनुहुँदो रहेछ त्यही भएर ल्याएको ।’ मैले भने– हो । माओवादीलाई शान्तिपूर्ण आन्दोलनमा आउन सल्लाह दिने मान्छे हो म । प्रचण्डलाई मात्र होइन, म माधव र गिरिजालाई पनि घुस नखान सल्लाह दिन्छु, राजा ज्ञानेन्द्रलाई पावर छाड्न सल्लाह दिन्छु ।’ मैले भनिदिएँ, म सबैको सल्लाहकार ।’  त्यो बेला सूर्य सुवेदीको पहलमा बेलायतमा लेवर पार्टीका नेता ग्यारी हार्टले त्यहाँको संसदमै कुरा उठाए मेरो गिरङ्खतारीका बारेमा । ग्यारी हार्टले ज्ञानेन्द्रलाई पत्र लेखेरै मेरो गिरफ्तारीको विरोध गरेका थिए । त्यहाँको समेत दबाबमा मलाई सेनाले १६ दिनपछि रिहा ग¥यो ।
..................................................
म २०२७ सालमा पुष्पलालको चिठी लिएर वीपी कोइरालाकहाँ गएको थिएँ  । वीपी बनारसको सारनाथमा बस्थे । म त्यतिवेला परिपक्व भइसकेको थिइँन । तर वीपीलाई भनेँ–महेन्द्रको शासन विरुद्ध सबै मिल्नुपर्छ सान्दाइ ।’ बीपी सबैलाई सम्मान गर्थे त्यतिवेला उनलाई भेट्न जो सुकै जावस् । सारनाथमा वीपीसँग प्रदीप गिरी, शैलजा आचार्य पनि बस्थे । त्यो बेला प्रदीप गिरी, मोदनाथ प्रश्रीत, शैलजा आचार्य र मेरो पहलमा नेपाल भारत जनमैत्री संघ स्थापना गरियो । बनारस हिन्दु विश्वविद्यालय(बीएचयू)को हलमा  हामीले बीपी र पुष्पलाललाई एउटै मञ्जमा उभ्याएका थियौँ । प्रोफेसर चन्द्रबली सिंहको पनि विशेष सहयोग थियो त्यो बेला । बिपीकहाँ मेरो पछिसम्म आवतजावत भइरह्यो, पुष्पलालको त म अनुयायी नै भएँ । ............................................................................
२०४६ सालमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्यको पृष्ठभूमि रोचक छ । त्यसको प्रत्यक्ष भूमिकाकर्ता र साक्षी दुवै हुँ म । कुरो २०४६ साल भदौको हो, काठमाडौँ को प्योखा चोकमा गणेशमान सिंहसँग मेरो भेट भयो । छाता आढेर आउँदै थिए गणेशमान र मंगला भाउजु । भेट पूर्वनिर्धारित थिएन । गणेशमानले भने, ‘ल तँ मेरो घरमा हिड् । ’ उनले टाइम्स अफ इन्डिया किने । हामी घर गयौँँ । पाउरोटी, जाम र चिया खाइयो ।
गणेशमानले भने, ‘लोककृष्ण, मालेको मेजर लिडरसिपलाई मसँग भेटाइदे ।’ मैले भनेँ ‘मोहनचन्द्र अधिकारी, आर के मैनाली, केपी ओलीलाई भेट्नुस् न । ’ उनले भने, ‘मालेमा उनीहरुको प्रभाव छैन । मेजर लिडरसीपलाई भेटेर कुरा गर्छु । राजा वीरेन्द्रले उनीहरुलाई युज(प्रयोग) गरेका छन्, उनीहरुलाई हाम्रोे फोल्डमा ल्याएर राजा फाल्नुपर्छ । ’ मैले यतिमात्रै भनेँ –म प्रयास गर्छु ।’  म फर्केँ ।
न्यौँखामा आएर लालिमा पुस्तक सदनमा बेइजिङ् रिभ्यु पत्रिका किनेँ । लालिमा पुस्तक सदन त्यतिवेला झापाली मालेको सम्पर्क स्थल थियो । त्यहीँ जीवराज आश्रीत भेटिए । म त्यतिवेला माक्र्सबादीमा थिएँ । म, आनन्द सन्तोषी राई र एमएस थापालाई पार्टीले कारवाही गरेको थियो । आरोप थियो–मालेको हावामा पञ्चायतको चुनावमा उठेको ।’ त्यो बेला रामसिं रावल, वोर्णबहादुर कार्की, रामबहादुर भण्डारी, हरिश्चन्द्र आचार्य पनि कारवाहीमा परेका थिए । त्यो बेला जीवराज आश्रीतको रणनीति थियो  –हामी सबैलाई मालेमा लैजाने । मलाई पोलिटव्युरो सदस्य दिने, मनमोहन अधिकारी र साहना प्रधानलाई राजनीतिबाट आउट गर्ने । यसको बेग्लै प्रसंग छ ।
म जीवराजसँग भेट भएको कुरा गर्दै थिएँ । त्यो दिन जीवराजसँग भुरुङखेलस्थित जनगायक रामेशका दाजु गोरख श्रेष्ठको घरमा मेरो ४ घण्टा कुराकानी भयो । गणेशमानले भनेको कुरा जीवराजलाई सुनाएँ । उनले भने, ‘पार्टीको महाधिवेशन सकेपछि गणेशमानजीसँग भेट्ने ।’ उनले कमिटमेन्ट गरेपछि म हिडेँ ।
कात्तिक ३ गते मदन भण्डारी र जीवराज आश्रीत मेरो घरमा आउनुभो । र गणेशमानजीसँग भेट्ने कुरा भयो । त्यतिवेला भण्डारी, आश्रीतहरु भूमिगत हुनुहुन्थ्यो । कात्तिकको अन्तिम सातातिर देवनारायण महर्जनको घरमा गणेशमानजी, मदन, जीवराजको भेट भयो । देवनारायण काठमाडौँको जमिन्दारविरोधी किसान आन्दोलनका नेता थिए । देवनारायण र म पनि सँगै थियौँ ।  विहान ९ बजे शुरु भएको कुराकानी बेलुकीसम्म चल्यो । कुराकानीको अन्तिममा मदनले भन्नुभो–तपाईँहरु गणतन्त्रसम्म जाने कि नजाने गणेशमान दाइ ? यदि तपाई जाने हो भने हामी पनि बहदुदलीय प्रतिस्पर्धा मानेर आउँछौ ?  । राजतन्त्र फालौँ ’ गणेशमानले पाखुरा सुर्केर भन्नुभो , ‘ल अब फाल्ने । यत्रैसित । ’ त्यो भेटले नै जनआन्दोलनको सूत्रपात गरेको थियो .
............................................................................
२०६२/०६३को आन्दोलन कसरी सफल भयो ? यसको पनि कहानी छ । त्यो आन्दोलनमा भारतीय कम्युनिष्ट नेता कमरेड हरिकिसनसिं सुरजीतको योगदानलाई बिर्सनु ठूलो अन्याय हुनेछ । २०६१ फागुन ३ गते म सुरजीतको घर नयाँ दिल्लीमा पुगेँ । सुरजीतले भने, ‘क्युँ ऐसा किया राजा ने ? ’ मैले भने, ‘तपाईँको नेतृत्वमा अब पहल गर्नुप¥यो राजा विरोधी लविङ् ।’ उनको नेतृत्वमा भारतमा प्रजातन्त्र पुनर्वहाली सहयोग समिति गठन भयो । त्यो बेला चिनियाँ हतियार आउँदै थियो नेपालमा । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवशेन पनि हुँदैथियो । भारतबाट प्रकाश करात र सीताराम यचुरी चीन जाने तयारीमा हुनुहुन्थ्यो । मैले सुरजीतलाई भनेँ  ‘कमरेड, तपाईले हु जिन्ताओलाई चिठी लेखिदिनुप¥यो ।’ मेरो आग्रह र परिस्थितजन्य बिषयलाई बुझेर उनले चिठी लेखिदिए । चिठिमा उनले लेखेका थिए ‘कम्युनिष्ट पार्टी र त्यसको सरकारले राजतन्त्रलाई सहयोग गर्ने कुन कम्युनिष्ट दर्शनमा छ ? चिठि लिएर प्रकाश करात र सीताराम यचुरी चीन गए । उनीहरुले चिनियाँ  राष्ट्रपति हु जिन्ताओसँग दुईघण्टा छलफल गरेछन् नेपालको बिषयमा । हु कन्भिन्स भएछन् । त्यसपछि नेपालमा आउन लागेको हतियार रोकियो, चिनियाँ विदेश मन्त्री नेपाल आए । उनले गिरिजाप्रसाद कोइराला, झलनाथ खनालसँग भेटे तर सरकाले माधव नेपालसँग भेट्ने अनुमति दिएन । राजा ज्ञानेन्द्रलाई उनले भेटेर भने, ‘दलहरुसँग सम्झौता गर्नुको विकल्प छैन ।’ त्यसपछि ज्ञानेन्द्र गले । प्रकाश करातको संयोजनमा चीन र भारतीय नेताहरुबीच वार्ता नै भएको थियो । मैले थाहा पाएअनुसार मनमोहन सिंह, सोनिया गान्धी र हु जिन्ताओबीच नेपालको मामिलामा पटकपटक टेलिफोन वार्ता भएको थियो ।   

(कुराकानीमा आधारित)

Thursday, 11 April 2013

लालदरबारहरूको बन्दीगृहभित्र लोकतन्त्र

-विनोद ढकाल -
राजदरबार अब ऐच्छिक इतिहास भन्ने विषयको पाठ्यक्रममा हुन सक्ला तर अन्य क्षेत्रमा यस बारेको चर्चा कमैमात्र हुनेछ । कुलमण्डन खानले स्थापित गरेको शाहवंशीय राजतन्त्रको झोला रित्याएर ज्ञानेन्द्र शाहले नेपाली जनताको नाममा गणतन्त्रको भार सहन गर्न तयार भए । त्यो भार जसले उनको पतन निश्चितप्रायः त गरेको थिएन तर हुन्छ भन्ने अड्कलबाजी उनकै अतिमहत्वाकांक्षी व्यवहारले देखाएको थियो । फलतः पुनस्र्थापित संसद्को प्रक्रियाबाट नयाँ स्वरूपमा आएका लालदरबारका हुकुमका एक्काहरूको प्रस्तावकै कारण हुनुपर्छ, गिरिजाप्रसाद कोइरालाहरूसँग जोडिएको महत्वाकांक्षामा राजसंस्था विलिन भयो । यो स्वाभाविक प्रक्रियाको एउटा निरन्तरताका रूपमा लिन नेपालीलाई कुनै अप्ठ्यारो थिएन । स्वार्थी राजा कहिल्यै जनताको हुन सक्दैन भन्ने मनोविज्ञान स्थापित भइसकेकाले पनि जनआन्दोलन–२ मा उर्लिएको भेलले ०६४ मा राजसंस्था काँध थापेर हिँडेको दललाई चार सिटमा सीमित बनायो । यो जनताको फैसला थियो, जसलाई स्वीकार्नुको विकल्प कसैसँग थिएन । त्यसपछि नागरिकको अधिकार निश्चित भएको राजनीतिक वैज्ञानिक वक्तव्यबाजीको ठूलो ध्वांश छरियो, लोकतान्त्रिक गणतन्त्रका नाममा । तर, यहाँ लोकतन्त्रको परिभाषा राम्रोसँग हुन सकेन जसका कारण गणतन्त्रको विषयमा छिर्नु नै अनिवार्यता ठान्दिनँ म । यो प्रक्रियाले इतिहासमा निरंकुशताको वकालत गरेको भनेर प्रचारबाजी गरिएका राणा खानदानका जीवित पात्र पशुपति शम्शेर जबराजस्ता मानिसलाई फरकतन्त्रसँग जोडिन बाध्य बनायो । भलै कमल थापाहरू अपवादका रूपमा उम्लिए । तर, राणासँगको भेटमा लाग्यो, उनको दरबारमा लोकतन्त्र कैदी भएको छैन । उनको दरबार अहिले पनि प्रजातान्त्रिक ठाँटमै चलिरहेको छ । जुन घरमा लोकतन्त्र बलियो हुन्छ त्यहाँ फूलहरू ओइलाइका हुँदैनन्, जुन घरमा प्रजातान्त्रिक अभ्यास प्रगाढ रहन्छ त्यहाँ कार्यरत मानिस रमाएका हुन्छन् । यहाँसम्म कि लोकतन्त्रलाई व्यवहारमा लागू गर्ने परिवारभित्र कुकुरजस्तो जनावर पनि नतमस्तक भएर जहाँतहाँ घुम्ने अधिकारसम्पन्न हुन्छ भन्ने लाग्यो । उनको दरबारमा लोकतन्त्रको सहज परिभाषा पनि भेटियो ।
लोकतन्त्र भनेको के हो ? यसको शाब्दिक तात्पर्यको खोजी यहाँ गरिएको होइन । न यसका समानार्थी अन्य शब्दको प्रयोगका बारेमा बहस सिर्जना गरिएको हो । हरेक नागरिक अधिकारसम्पन्न हुन चाहन्छ । अधिकारबाटै आफ्नो महत्वाकांक्षालाई विधिमार्फत राज्यसंयन्त्रमा सहज र सालिन पहुँचको अपेक्षा राख्दछ । त्यसलाई सायद लोकतन्त्र भनिन्छ । सायद, सुरक्षा, शान्ति र रोजगारीको पर्याप्त अवसर पाउने अभिलाशामा युवाले डिग्रिको प्रमाणपत्र खुसीले हातमा राख्दछ, परिवारको गर्जो टार्नका लागि खाडीको धूपमा जाने कल्पना नगरी नागरिकले बेचैनीका साथ मुलुकमा बस्ने जाँगर चलाउँदछ त्यो चाहिँ लोकतन्त्र हो । गाली गर्ने अधिकार होइन, प्रशंसा गर्ने हिम्मत बढाएर अलोचनासम्म गरेर सच्याउने बाटो पहिल्याउने पथमा आमनागरिक लाग्दछ भने त्यो चाहिँ पो लोकतन्त्र हो कि ? हुन त अहिले आफू अनुकुलका परिभाषा नै हरेक ठाउँमा चर्चा हुने गरेका छन् । तर, सबै अनुकुलको समान अवसर लोकतन्त्र हुनुपर्छ । अझ, लोक अर्थात् जनताको शासन व्यवस्था चाहिँ लोकतन्त्रको वास्तविक परिभाषा हुन सक्ला । अझै पनि यसका अनेकौं अर्थको बहस जारी रहोस् तर व्यावहारिक रूपमा यसको अर्थ एउटैमात्र छ त्यो हो सुव्यवस्था ।
लोकतन्त्रका सैद्धान्तिक परिभाषा के हुन सक्छन् भन्ने बारेको ज्ञाता होइन म । मुलुकमा निकै विश्लेषकहरू छन्, लोकतन्त्रका विभिन्न कोणबाट परिभाषा दिने । अनेक परिभाषाको तुलना गरी खास लोकतन्त्र कस्तो हुँदो रहेछ भन्ने ‘थ्योरी’ दार्शनिकहरूले नै दिँदा उपयुक्त हुन्छ । तर, आम साधारणले सोच्ने लोकतन्त्र भनेको शान्ति, सुरक्षा, रोजगारी, शिक्षा, पानी, कुलो, बिजुली, बाटो नै हो । मुलुकका नागरिकले यो लोकतन्त्र पाउन सकेका छैनन् । यस्ता लोकतन्त्रहरू कतै कांग्रेसका नाममा सुशील कोइरालाको दरबारमा बन्द छ । कतै डल्लु दरबारतिर हुर्किरहेका होलान् । सबै भन्दा बढी चाहिँ लैनचोरको लालदरबारमा हुर्किरहेको होला । त्यहाँ बहुविवाहका मुद्दा लाग्दैनन् अनि हत्याका आरोपीहरू सुरक्षित हुन्छन् । अनि सबैभन्दा ज्यादा झुठको बाली पनि हुर्किरहेको छ ।
नेपाली राजनीतिमा हुर्किएका नयाँ दरबारीया खेलबाट कोही पनि जानकारविहीन छैनन् । बरु त्यसलाई पहिल्याउने कोणमा चाहिँ रनभुल्लमा पार्ने कोशिष गरिएको छ । जंगलतिरबाट सहरतिर छरेको जनयुद्धको नामले स्थापित गरेको नयाँ दरबारसँग तत्समयमा सहरमा आन्दोलित भएको प्रजातन्त्रका वकालतीहरू पनि दरबार बनाउनमै व्यस्त भए । जनताको रगतले पोतिएको इतिहासमा जनता कहिले पनि अधिकारसम्पन्न हुन सकेनन् । अहिलेसम्म पनि जनताको खास अधिकारका रूपमा रहेको चुनावी माहौल, आफ्नो मत र त्यसले व्यवस्था गर्ने नयाँ राजनीतिक परिदृश्य देख्ने अवसर मिलेको छैन । ०६४ मा बलजफ्ती गरिएको निर्वाचनलाई पनि खासगरी तीनतिर फर्किएका दरबारले हरण गरेका थिए । सतहको नागरिक अहिले पनि मूर्दा लोकतन्त्रको नाममा बाँचिरहेका छन् । कुनै आमुख आदिवासीको मृत्युमा अनेक आदिवासीले नृत्य गरेजस्तो मृत्युवरण गरिसकेको लोकतन्त्रको वरिपरि नागरिकहरू नाचिहरेका छौं । भन्दैछौं अझै– यही असली लोकतन्त्र हो । जनताको सार्वभौमसत्ताको चिरहरण भइसकेको छ । सबैलाई थाहा छ, सार्वभौमसत्ता भनेको जनताको मतले अधिकारसम्पन्न संसद् नै हो । या, यसलाई संविधानसभाको खोल ओढाएको जिनिस भने पनि हुन्छ । अब हामीसँग त्यो नै नरहेपछि राजनीतिक दलका नाममा हस्ताक्षर गरेर रेग्मीलाई सुम्पिएको प्रशासनयन्त्रलाई लोकतन्त्र सुरक्षार्थको सरकार भन्न मिल्दैन । भलै रेग्मीयन्त्रले निर्वाचनको घोषणा गरेको होस् तर त्यो अलोकतान्त्रिक, गैरराजनीतिक चरित्र र अवैधानिक निकायबाटै सञ्चालित भएको पुष्टि हुन्छ । त्यसकारण पनि हामीले खास प्रजातान्त्रिक अभ्यास गरिरहेका छौं भन्ने भ्रममा बाँच्नुभन्दा अरू हुनै सक्दैन ।
बजारमा सुनिन्छ, राजनीतिक दलका नेताको भाषणमा पनि सुनिन्छ– लोकतन्त्रको पांग्रा गुडिसकेको छ । अब जनताको अधिकारमाथि कसैले पनि हमला गर्न सक्दैन । एक राजनीतिक दर्शनमा हुर्किएको दरबारले संविधानमाथि टेकेर लादेको शासन व्यवस्थालाई बलात्कार गरेको भन्दै गैरसंवैधानिक बाटोबाट उम्लिएको अहिलेको राजनीतिक चमत्कार हुन सक्दैन । परिधि निकाल्नका लागि प्रयोग हुने फर्मूलाको ठाउँमा क्षेत्रफलको फर्मूलाले कहिल्यै समाधान आउँदैन । गाली गर्न पाउनुपर्छ भन्ने माग कुनै मानिसको छैन । मान्छे भएर बाँच्न पाउनुपर्छ, अधिकारसम्पन्न नागरिकको तहका रूपमा हुर्किन पाउनुपर्छ भन्ने मान्यता हर कोहीमा छ । तर, खोई त कुन–कुन दरबारमा कैद भएका छन् यी अधिकार ? सायद खिलराज रेग्मी प्रशासनयन्त्र हुर्काउने चारदलीय नेताका दरबारमा लोकतन्त्र हुर्किरहेको होला, एकपटक नजिकबाट सोधौं ।
चार दलले निर्वाचनमा जाने निर्णय गरी नयाँ सरकार गठनमा तमसुक गरेकोप्रति असन्तुष्टि जनाउने एउटा ठूलो पार्टी भएकाले नेकपा–माओवादीले सानातिना ध्वांश देखाउनु स्वाभाविक पनि छ । उसले पनि लोकतन्त्रको दुहाई दिएको छ । के उसको दुहाई स्वीकारयोग्य छ त ? उसको व्यवहारले त्यस्तो देखाउँछ र ? मोहन वैद्य नेतृत्वको माओवादीले पनि आफूलाई अलग दरबार बनाउन दिनुपर्छ भन्ने स्वार्थलाई नै अघि सारेको हो । तर, यी मागको कुनै तुक देखिँदैन । यी कार्यकलापबाट पनि कुनै समाधान आउने सम्भावना छैन । यसले त केबल कुपोषण लागेको लोकतन्त्रलाई रोगको संक्रमण गराउनेभन्दा अरू केही गर्दैन ।
यसर्थ, चार दलका नाममा पुष्पकमल दाहालहरूले खडा गरेका लालदरबारभित्र कैद लोकतन्त्र किन सप्तरीको पातो गाविसमा पुग्न सकेन । विजय गच्छादारहरूको घरको बन्दीगृहको लोकतन्त्र किन सुनसरीको भरौल गाविसमा छिर्न सकेन ? यी अनेक प्रश्नको जवाफ त्यहाँ बाँझा खेतबारी, कलिला हातको श्रम, युवाहरूको वैराग्यताले उत्तर दिनेछ ।
Email- gbinodg@gmail.com

त्रिवेणीधाममा सकियो कांग्रेसको महासमिति वैठक (१६ बुँदे घोषणापत्रसहित)

काठमाडौं(नेपालडोर)। 
नवलपरासीको त्रिवेणी स्थित गजेन्द्रमोक्ष धाममा सम्पन्न महासमिति बैठकले प्रस्ताव गरेका राजनैतिक, आर्थिक , विधान संसोधन सहितको सांगठनिक प्रस्ताव मध्ये राजनैतिक बाहेक सबै पारित भएका छन् । उपसभापति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको राजनैतिक प्रस्तावमा अञ्चल स्तरीय समूहगत छलफलबाट आएका सुझावलाई समेट्ने गरी प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन गरिएको छ । महासमिति बैठक १६ बुदे घोषणापत्र जारी गर्दै सकिएको छ । 
प्रस्तुत छ, वैठकले पारित गरेका प्रस्तावको पूर्ण विवरण -
नेपाली कांग्रेस महासमितिको बैठक
चैत्र २६—२९, २०६९ त्रिवेणी, नवलपरासी
महासमितिको बैठकद्वारा पारित प्रस्तावहरु
१.    महासमितिमा प्रस्तुत राजनीतिक प्रस्तावका सम्बन्धमा प्राप्त सुुझावहरुको अध्ययन गरी प्रतिवेदन तयार गर्न देहाय बमोजिमको समिति गठन गरिएको छ र यस समितिले प्रस्तुत गरको अध्ययन प्रतिवेदनका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी राजनीतिक प्रस्ताव पारित गरियो ।
१.    उपसभापति श्री रामचन्द्र पौडेल    संयोजक
२.    श्री चिनकाजी श्रेष्ठ (गोरखा)    सदस्य
३.    श्री रमेश लेखक (कञ्चनपुर)    सदस्य
४.    श्री रामकृष्ण यादव (धनुुषा)    सदस्य
५.    श्री यज्ञबहादुुर थापा (कास्की)    सदस्य
६.    श्री तारामान गुुरूङ (संखुवासभा)    सदस्य
७.    श्री विजुल विश्वकर्मा (दाङ)    सदस्य
८.    श्री अनिता देवकोटा (दाङ)    सदस्य
९.    श्री दामोदर खड्का (काठमाडौंं)    सदस्य

२.    केन्द्रीय कार्यसमितिबाट महासमितिमा प्रस्तुत विधान संशोधन प्रस्ताव पारित गरियो ।
३.    केन्द्रीय कार्यसमितिबाट महासमितिमा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरियो ।
४.    विगतमा एमाओवादी सरकारले एकपक्षीय र पूूर्वाग्रही ढंगले विभिन्न निकायहरुमा गरेका राजनीतिक नियुक्ति र अन्य कामहरु निष्पक्ष निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा ती नियुक्ति र तत् सम्बन्धी कामहरु अविलम्व खारेज गर्न नेपाली कांग्रेस मन्त्रिपरिष्दसँग मांग गर्दछ । त्यस्तो नहुँञ्जेल निर्वाचनको निष्पक्षता बारे चुनावी मन्त्रिपरिषद्माथि पनि आशंका उब्जनेछ भने आम नागरिकले पनि निष्पक्षताको प्रत्याभूति गर्न पाउने छैनन् भन्ने नेपाली कांग्रेसको ठहर छ । त्यसैले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न राज्यका सम्पूर्ण अंगहरुलाई निष्पक्ष बनाउन यो बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।
५.    साझा पहिचान र सामथ्र्यका आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न नेपालमा संविधानासभाको निर्वाचन दोस्रो पटक गर्ने परिस्थिति खडा भएको छ । तमाम राजनीतिक दल र राष्ट्रकै लागि यो निर्वाचन अग्नी परिक्षाको रुपमा उपस्थित भएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित तथा निर्विघ्नताका साथ सम्पन्न गर्ने वातावरण तयार गर्न देशका सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ । निर्वाचन २०७० साल मंसिर भित्रै सम्पन्न गर्नका लागि सबै दलहरुसँग वार्ता तथा संवाद गर्न नेपाली कांग्रेस अग्रसरता लिने निर्णय गर्दछ ।
६.    आगामी संविधानसभाको निर्वाचनलाई उच्चतम प्राथमिकतामा राखी नेपाली कांग्रेसले देशव्यापी रुपमा जनस्तरसम्म पुुग्ने गरी संगठन सुुदृढीकरण तथा परिचालन सम्बन्धी कार्यक्रम ल्याउनेछ । यसका लागि पहिलो चरणमा केन्द्रले यही २०७० वैशाख १० गतेभित्र सबै जिल्लाहरुमा विशेष जिम्मेवारी सहित एक महिनाका लागि केन्द्रीय प्रतिनिधि पठाउनेछ । जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म पार्टीको नीति र कार्यक्रमहरु पुु¥याउने र संगठनलाई पूर्ण रुपले सक्रिय गराउनुु यसको उद्देश्य हुनेछ ।
७.    केन्द्रीय विभागहरुहरुलाई एक महिनाभित्रैमा पूुर्णता दिइनेछ । त्यस्तै पार्टीको जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउँ, वडा र मतदान केन्द्र तहसम्म संगठन निर्माणलाई पूर्णता दिन बाँकी भए एक महिनाभित्रैमा पूर्णता दिईसक्नु पर्नेछ ।
८.    पार्टीको सिद्धान्त, समसामयिक दृष्टिकोण तथा चुुनावी रणनीति बारे क्रियाशील सदस्यसम्मलाई प्रशिक्षित गर्न आउँदो २०७० भाद्र महिनासम्ममा वडा र मतदान केन्द्र तहसम्म नै प्रशिक्षण कार्यक्रमलाई पुु¥याइनेछ । त्यसका लागि तत्कालै अञ्चल स्तरीय प्रशिक्षकहरु तयार गरिनेछ र तिनीहरु मार्फत् देशभरिका वडा र मतदान केन्द्र तहसम्म प्रशिक्षण पुु¥याइनेछ ।
९.    आगामी निर्वाचनमा पार्टीले विधानको प्रकृया बमोजिम समग्र मूल्याङ्कनका आधारमा उम्मेदवार तय गर्नेछ । पार्टीको निर्णयबाट उम्मेदवार तोकी सकेपछि त्यसको पक्षमा व्यक्तिगत र सामूहिक रुपले सक्रिय सहयोग गर्नु र सफल बनाउनु प्रत्येक सदस्यको कर्तव्य हुनेछ । निर्वाचनमा पार्टीको पक्षमा पर्ने मतले नै पार्टीको हैसियत र उसको जीवन्तता प्रकट हुन्छ । त्यसमा कतै कसैबाट असहयोग भएको पाइएमा विधान अनुसार तत्काल कार्वाहीको भागी हुनुु पर्नेछ ।
१०.    नेपालका तमाम् महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु समुदाय, अल्पसंख्यक, पिछडा वर्ग र क्षेत्रका जनताको उत्थानका लागि प्राथमिकताका साथ विशेष कार्यक्रमहरु ल्याउन नेपाली कांग्रेस प्रतिवद्ध छ । नेपालका महिला मध्ये पनि गरीब महिलाको संख्या ठूलो छ । त्यस्तै आदिवासी जनजाति, मुश्लिम, मधेशीहरु मध्येका गरीबहरुको संख्या पनि त्यत्तिकै ठूलो छ । यी सबै वर्ग र निरपेक्ष गरीबीको रेखामुनीका आम जनतालाई पहिचान प्रमाणपत्र वितरण गराइनेछ । देशका वेरोजगार युवाहरु लगायत निरपेक्ष गरीबीको रेखामुनी रहेका सबै सीमान्तकृत वर्गलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइनेछ । अत्यन्त पिछडिएका जनतालाई लक्षित गरेर नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगार, आवास र खाद्य सुरक्षा जस्ता कुराहरु सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनेछ ।
११.    एनेकपा माओवादी र मधेशी मोर्चा सरकारको कार्यकालमा मुलुकमा व्यापक भ्रष्टाचार र राज्य कोषको चरम दुरुपयोग भएको छ । केन्द्रदेखि स्थानीय तह लगायत माओवादी लडाकू शीविरमा समेत भएका यस्ता घटनाको अविलम्व छानविन हुनुपर्छ र दोषी उपर कडा कार्वाही हुनुपर्छ भन्ने महासमितिको यो बैठक ठहर गर्दछ । 
१२.    शाही शासन लगायत विभिन्न कालखण्डमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुमाथि लगाइएका झुुठा मुद्दाहरु फिर्ता, खारेजी तथा माफी मिनाहाको लागि पार्टीले पहल गर्नेछ ।
१३.    विगत गठबन्धन सरकारले द्वन्दकालमा अनेक यातना, शारीरिक, भौतिक क्षति व्यहोरेका लोकतन्त्रका पक्षधर माओवादी पीडितहरुप्रति राहत वितरणमा घोर पक्षपात र उपेक्षा गरेको छ । नेपाली कांग्रेस सबैलाई समान आधारमा राहत दिलाउन र कब्जा सम्पत्ति फिर्ता गराउन प्रतिवद्ध छ ।
१४.    नेपाली कांग्रेस जिल्ला कार्यसमिति, नवलपरासीले व्यवस्थापकीय जिम्मेवारी लिई महासमितिको बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुु¥याएकोमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी लगायत पार्टी एवं भ्रातृ÷शुुभेच्छुुक संघ संस्थाका विभिन्न निकायहरुप्रति महासमितिको यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१५.    महासमिति बैठक सम्पन्न गर्न गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीले दिव्यधामको परिसर उपलब्ध गराई सहयोग गरेकोमा महासमितिको यो बैठक यस संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१६.    महासमितिको बैठक सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सहयोग गर्नु हुने सरकारी सुरक्षा निकायका सबै अंगहरु, समाचार संकलनमा सहयोग पु¥याउनु हुने स्वदेशी तथा विदेशी संचार माध्यमहरु, चिकित्सकहरु, नेपाल भूतपूर्व सैनिक संघका साथीहरु, स्वयंसेवकहरु सबैकोे सकृय सहयोगलाई सह«ाना गर्दै यो महासमितिको बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ ।

शोक प्रस्ताव
१.     नेपाललाई अन्धकारपूर्ण घोर सामन्ती युगबाट आधुनिक लोकतान्त्रिक युगमा प्रवेश गराउने २००७ सालको जनक्रान्तिका अग्रणी नेता कृष्णप्रसाद भट्टराईको २०६७ फागुन २० गते असामयिक निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक संस्थापक अभिभावक गुमाएको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति आजीवन समर्पित, अतुलनीय अध्यात्मिक शक्ति र नैतिक बलका धनी एवं महान सत्याग्रही नेता कृष्णप्रसाद भट्टराईप्रति यो महासमितिको बैठक हार्दिक सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछ ।

२.     नेपाली कांग्रेस पार्टीका श्रद्धेय नेता एवं नेपाली लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री भीमबहादुर तामाङ्गको २०६९ मंसिर १६ गते निधन भयो । झण्डै ५५ वर्ष लामो संघर्षपूर्ण जीवन र अत्यन्त प्रेरणादायी व्यक्तित्वका धनी नेता भीमबहादुर तामाङ्गको आकस्मिक निधनबाट सम्पूर्ण नेपाली कांग्रेस मर्माहत भएको छ । उहाँप्रति हार्दिक सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

३.    नेपाली कांग्रेसको १२ औं महाधिवेशन पश्चात हालसम्म निधन हुनुभएका पार्टीका नेता तथा कार्यकर्ताहरु साथीहरु ................................................. प्रति हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछ । साथै उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारप्रति महासमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

४.    महासमितिको बैठकको उद्घाटन समारोहमा सहभागी हुन आउन भएका महोत्तरी क्षेत्र नं. १ का क्षेत्रीय सदस्य वासुुदेव शाह, धर्मपुर गा.वि.स.का वुुथ सभापति अनुुपनारायण बछार र भङ्गा गा.वि.स.का वुुथ सभापति हिमाल अधिकारी आफ्नो जिल्ला फर्कने क्रममा धनुुषाको लालगढमा जीप दुुर्घटनामा परी दुुःखद निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति महासमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।
५.    महासमितिको बैठकलाई भव्यताका साथ सम्पन्न गराउन स्वागत द्वार निर्माण गर्ने क्रममा विद्युतीय दुुर्घटनामा परी दिवंगत हुनु भएका नवलपरासीका विनोद कँडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारप्रति यो बैठक हार्दिक समवेदना प्रकट
गर्दछ ।

स्वास्थ्यलाभको कामना
१.    नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री चक्रप्रसाद बाँस्तोला काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचार गराई राख्नु भएको छ । महासमितिको यो बैठक उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
२.    महासमिति बैठकको उद्घाटन समारोहमा सहभागी हुन आउन भएका महोत्तरी क्षेत्र नं. १ का नेपाली कांग्रेसका साथीहरु आफ्नो जिल्ला फर्कने क्रममा धनुुषाको लालगढमा जीप दुुर्घटनामा परी ३ जनाको दुुःखद निधन हुनुका साथै महोत्तरी क्षेत्र नं. १ का नेपाली कांगेसका क्षेत्रीय सदस्य, तेजनारायण सिंह, राजकुमार साह, रामकुमार यादव, रामछविला यादव, रुपनारायण सिंह र दिनेश यादव तथा महासमितिको बैठकलाई भव्यताका साथ सम्पन्न गराउन स्वागत द्वार निर्माण गर्ने क्रममा विद्युतीय दुुर्घटनामा परी नवलपरासीका कमल पराजुली, पृथ्वी चौधरी र विमल घिमिरे घाइते हुनुभई उपचार गराई रहनु भएको छ । महासमितिको यो बैठक उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

सेनाले खोल्यो काठमाडौं–तराई फास्टट्रयाक


-नारायण न्यौपाने-
    काठमाडौँ । नेपाल सरकारले घोषणा गरेका १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एक नम्बरमा रहेको काठमाडौँ–तराई–मधेस दू्रतमार्ग (फास्ट ट्र्याक) को प्रारम्भिक ट्र्याक खोलिएको छ । सरकारले दू्रतमार्गको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई २०६६ सालमा दिएको थियो । छयहत्तर किलोमिटर लामो दू्रतमार्ग काठमाडौँ–ललितपुर–मकवानपुर हँुदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । दायाँ बायाँ ५०÷५० मिटर चौडाको दू्रतमार्ग चार लेनको हुनेछ ।
आगामी पुस महिनादेखि निर्माण कार्य प्रारम्भ भई पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त राजमार्गको कुल निर्माण लागत रु ७६ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त  दू्रतमार्गमा साना ठूला गरी ९६ वटा पुल निर्माण गरिनेछन् । सो दू्रतमार्गमा निर्माण हुने सबै पुलको लम्बाइ मात्र जोड्दा पनि ०९.६ किमीको हुनेछ ।
    यस्तै मकवानपुरको ठिङ्गनमा १.६ किलोमिटर लामो सुरुङसमेत निर्माण गरिनेछ । निजी साझेदारीको अवधारणाअनुरूप सञ्चालन हुने दू्रतमार्ग निर्माणका लागि सरकारले पनि केही रकम व्यहोर्नेछ । उक्त मार्ग निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेकामा तीन वटा कम्पनीले त्यसमा मन्जुरी देखाइसकेको बताइएको छ । ती प्रस्ताव छनोटसम्बन्धी प्रक्रिया पूरा गरेर आगामी मङसिर÷पुसदेखि  निर्माण कार्य थाल्ने गरी सरकारले कार्ययोजना बनाइरहेको छ । 
    दू्रतमार्गको निर्माण कार्य पूरा भएपछि तराईबाट राजधानी आउन दिनभर खर्चिनुपर्ने दूरी र समय घटेर डेढ घण्टामा सीमित हुनेछ ।  दू्रतमार्गको निर्माणले राजधानी एवम् पूर्वी तराईका साथै समग्र मुलुकको विकासमा कायापलट आउने दाबी गरिएको छ । दू्रतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्र खर्च हँुदै आएको रकममा वार्षिक रु १० अर्ब बचत हुने बताइएको छ ।
     प्रारम्भमा ट्र्याक खोल्ने क्रममा रेखाङ्कन गरिएको क्षेत्रमा परेका रुख कटानका लागि थुप्रै पक्षसँग समन्वय गर्नुपर्ने र मुआब्जा वितरणसम्बन्धी विषयले केही समस्या सिर्जना गरिदिएपनि राजनीतिक दलको सहयोग र समर्थन लिएर नेपाली सेनाले त्यसलाई पार लगाएको थियो । त्यसैको परिणामस्वरूप सरकारले सङ्गठनलाई ठूलो विश्वासका साथ दू्रतमार्गको (सर्भिस ट्र्याक) खोल्न दिएको जिम्मेवारीलाई सेनाले सफलतापूर्वक सम्पन्न गरेको छ । 
    नेपाली सेनाले मुलुकका विभिन्न भागका नौ वटा सडकको ट्र्याक खोलेर सरकारलाई हस्तान्तरण गरिसकेको छ भने तीन वटा सडकको काम पुरा गरी हस्तान्तरणको चरणमा रहेको जनाएको छ । फास्ट ट्र्याकसहित दुई वटा सडकको ट्र्याक खोल्ने काम सेनाले गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मीचौरसम्मको अक्कर क्षेत्रको सडक निर्माणको कामसमेत नेपाली सेनाले पाएको छ ।
    सेनाले निर्माण गरेका सडकहरू व्यवस्थित, दिगो र कम खर्चमा छिटो निर्माण हुने भएकाले पछिल्लो समयमा सरकारले सेनालाई महत्वपूर्ण सडकहरूको निर्माणको जिम्मा दिँदैआएको छ ।
     आर्थिक वर्ष २०६६÷६७ को बजेट वक्तव्यमा भौतिक योजना मन्त्रीको संयोजकत्वमा दू्तमार्ग निर्माणका लागि ट्र्याक खोल्न सात सदस्यीय सुझाव समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनअनुसार अत्यन्त अप्ठेरो र असजिलो ठाउँमा ७.५ र अन्य ठाउँमा १२ मिटर चौडा रहेको ट्र्याक खोल्न नेपाली सेनाले जिम्मेवारी पाएको हो । विसं २०६६ कातिक २३ गते शिलान्यास गरिएको सो दू्रतमार्ग निर्माणको प्रगतिबारे दर्जनाँै पटक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरी आवश्यक जानकारी लिएको थियो । सेनाले दू्रतमार्गको ट्र्याक खोल्न दुई जना प्रमुख सेनानीको नेतृत्वमा करिब तीन सयको सङ्ख्यामा सैनिक जनशक्ति खटाएको छ ।
     पछिल्लो पटक भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला नेतृत्वको टोलीले खोलिएको ट्र्याकको वस्तुस्थितिबारे जानकारी लिँदै बाराको निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधारको एउटा कडीका रूपमा ट्र्याक निर्माण पूरा भएको र यसले अब दुबै काम सम्पन्न गर्न सजिलो तुल्याउनुका साथै मार्ग निर्माण हुने सुनिश्चितता प्रदान गरेको प्रतिक्रिया दिएको छ । 
    ट्र्याक खोल्ने क्रममा सडकमा परेको जग्गाको मुआब्जाका लागि सरकारले हालसम्म रु ९६ करोड निकासा गरेकामा रु ४५ करोड वितरण भइसकेको छ । ललितपुरको खोकनाको सात किलोमिटर क्षेत्रमा मुआब्जा विवादका कारण पहिले रेखाङ्कन गरिएभन्दा फरक ठाउँ बाग्मती किनारबाट बाटो लगिने भएको छ । सरकारले नेपाली सेनालाई ट्र्याक खोल्ने प्रयोजनका लागि हालसम्म रु ८२ करोड उपलब्ध गराइसकेको छ । ट्र्याक खोल्ने कामसँगै दू्रतमार्ग निर्माणको कामले पहिलो चरण पार गरेको छ ।
     ट्र्याक खोल्ने क्रममा बाटोमा परेका रुख कटान गर्नु परेकाले सोको सोधभर्नास्वरूप नेपाली सेनाद्वारा त्यस क्षेत्रमा करिब दुई लाख ५० हजार विरुवा रोपिएका छन् । ट्र्याक खोलिएपनि परियोजना निर्माणबाहेक उक्त मार्गमा तत्काल सार्वजनिक सवारी साधनलाई खुल्ला भने नगरिने बुझिएको छ । अत्यन्त जटिल भू–बनोट र कठिनाइ रहँदारहँदै ट्र्याक खोल्ने काम पूरा गर्न पाएकामा सिङ्गो सङ्गठन गौरवान्वित भएको बताउँदै महासेनानी उद्धव विष्टले भन्नुभयो – “आउँदो वैशाख महिनाको अन्त्यसम्ममा सो मार्ग सरकारलाई हस्तान्तरण गरिनेछ ।”
    ट्र्याक खोलिएसँगै द्रूतमार्ग आसपासका जनताले बाँदर लड्ने भीरमा समेत यति चाँडो गाडी चलेकामा चकित हुँदै बाँकी काम पनि छिटो पूरा गर्नसकिए मुलुकको विकासका लागि दू्रतमार्ग चमत्कारी साबित हुने प्रतिक्रिया दिएका छन् । रासस, चैत २९  
प्रतिक्रिया, टिप्पणि वा सुझाबका लागि 
इमेल  गर्नुस्-  npdoor@gmail.com   

महान् राष्ट्रनिर्मातासँग धुन्धुकारीको तुलना ?

-अनिल योगी -
निमुखा जनतालाई नयाँ जनवादी ब्यवस्था स्थापना गर्ने सपना बाँड्दै आफु दिल्लीमा बसेर देशभित्र एक दशक सम्म मानव बधशाला चलाउने पुष्पकमल दाहालले आफुलाई पृथ्वीनारायण शाहसँग जोड्न अलिकति पनि लाज मानेनन् । आप्mना कुकर्मको हेक्का तानाशाहले राख्न सक्दैन भन्ने पढेको थिएँ, दाहालले बोलेको सुन्दा त्यो भनाई प्रमाणित भएको छ । देश भित्र यतिबेला दाहालको सवारी चलाईन्छ । जनताको धन र ज्यानको सुरक्षा गर्न जनताको करवाट पालिएका सुरक्षाकर्मीहरु दाहाल हिँड्दा रानोका पछाडि मौरी दौडेसरी दौडिन्छन् । तिनले नेपाली जनतालाई कुन हदको धोखा दिए र राष्ट्रलाई कुन रसातलमा पु¥याए भन्ने बिषयमा जागरुक पुस्ताले भोलि समिक्षा गर्नसक्छ । दासहरुले अपराधि मुकरर गरेको ईतिहास आजसम्म अध्यन गर्न पाइएको छैन ।
जसले बिदेशीको आडमा देशको मर्ममा प्रहार गर्छ, देशको आत्मामा गम्भिर चोट पु¥याउन उद्धत हुन्छ त्यो नालायक पात्र पृथ्वीनारायण शाह जस्ता देशभक्त सँग आफुलाई जोड्छ र जगत हसाउँछ । जसले नेपालीलाई जात,भाषा,धर्म र बर्णका आधारमा बिभाजित गर्छ, देशलाई चिराचिरा पार्न खोज्छ त्यस्तो धुन्धुकारीले ‘आप्mनो कुलधर्म र राष्ट्रिय धर्म नछाड्नु, यो मुलुक मेरा साना दुखले आज्र्याको होइन सबैलाई चेतना भया, भन्ने महावाणीका नायकसँग जोड्न खोज्नु कतिसम्म हास्यास्पद छ, शब्दमा व्यक्त गर्न कठिन हुन्छ ।
राष्ट्रलाई घाइते बनाएर,जनताको जीवन बर्वाद गरेर आरामसँग बाँच्न सक्ने मुर्खहरुलाई आप्mनो रगत पसिनावाट संचित राज्यको सम्पतिवाट पाल्छ यो देशको नालायक दुनियाँ । राजनीतिक,समाजिक,आर्थिक सबैक्षेत्रमा आफ्नो निहीत स्वर्थपुर्तिका लागि भित्रयाउनै नसकिने बिकृतिको बालि लगाउँने दाहाललाई पृथ्वीनारायण शाहको अर्को रुप देख्नेहरुले छाति फुलाउनु भन्दा पहिला हेक्का राखुन्– अवको हाम्रो राजनीतिक गन्तब्य सहज छैन ।
यो राष्ट्रको अवस्था अत्यन्त दयनीय, अस्थिर र कमजोर भएको मात्र होइन राष्ट्रको अस्मितामाथि सुनियोजित रुपमा प्रहार भैरहेको अवस्थामा दाहलले आफुलाई राष्ट्र निर्मातासँग दाँज्नु मुर्खता मात्र हो । नेपाल रहेकोमा र नेपाली भएर बाँच्न पाएकोमा गौरव गर्ने कुनै पनि नेपालीले दाहललाई सच्चा देशभक्त र परिवर्तनका पक्षपाति मान्न सक्दैन । एकातिर भारतलाई निल्दै गरेको अङग्रेज शक्ति र अर्कोतिर बिशाल चिनियाँ बादशाहको शक्तिको बीचबाट नेपाल एकीकरण गर्ने कठिन कार्यको सम्पादन गर्ने पृथ्वीनारायण शाहलाई साम्राज्यवादी भनेर आप्mना कार्यकर्ताका हातवाट उनका शालिक भत्काउन हुँदैन भन्न लाज मान्ने पाखण्डि पृथ्वीनारायणसँग कसरी दाजिन सक्छ ? पराधीनता नस्वीकारर्ने पृथ्वीनारायण शाहसँग बिदेशीको योजना मुताविक देशमा भाँजो हाल्ने स्वाँठ मुर्खहरुले जोडिन लाज मान्नु पर्दैन ?
नेपाल राष्ट्र भनेको सबै जातको फुलवारी, सबैको हक र हैसियत बराबरी भन्ने ति महान देश निर्माता पृथ्वीनारायण शाहसँग नेपाली जनतालाई आपसमै जुधाएर मराउने यो युगकै बदनाम मानिस कसरी दाजिन सक्छन् ? सीप र प्रविधि जनतालाई सिकाउ र दक्ष नागरिक बनाऊ तिनिहरुले मात्र देशको बिकास र रक्षा गर्न सक्छन् भन्ने पृथ्वीनारायण शाहसँग बेरोजगार युवाहरुका हातमा बन्दुक भिराएर आपसमै लडेरमर्न सिकाउने दाहाल कसरी तुलनायोग्य हुन्छन् अनि यो युग परिवर्तनका सम्वाहक उनी कसरी हुन सक्छन् ?
विश्व शान्तिका लागि अनाक्रमणको परराष्ट्रनीति बनाउनु पर्छ भन्ने पृथ्वीनारायण शाहसँग बिदेशीहरुसँग सुरुङ्ग युद्ध लड्ने गफ गर्ने र कार्यकर्ताहरुलाई कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जुत्ता हान्न लगाउने दाहाललाई एकै ठाउँमा राखेर कुन मुर्खले सम्मान गर्न सक्छ ? राजनीतिमा नेतृत्व असल हुनुपर्छ र सहिदका परिवारलाई बिर्सनु हुँदैन । योग्य र ईमान्दारको उचित कदर र मुल्याङ्गकन हुनुपर्दछ । ‘थिति बाँध्नु र विधिले शासन चलाउनू । राजश्व संकलन गर तर हिनामिना आफु नगर र अरुलाई पनि गर्न नदेऊ । स्वधर्मको पालना गर संचारको विकास गर । अन्यायरहित समाज व्यवस्था सुनिश्चित गर । घुस र भ्रष्टाचारमाथि चोटिलो प्रहार गर’भन्ने पृथ्वीनारायण शाहसँग दाहाल कुन सत्कर्मले दाँिजन खोज्दैछन् ? ति महान देश निर्मातासँग दाहाल दाँजिन खोज्नु आफैँमा मुर्खता सिवाय अरु केही होइन ।
पृथ्वीनारायण शाहले भनेका छन्, ‘शोषण गर्ने विदेशीलाई देशभित्र आउन प्रतिबन्द गर । राज्यको शक्ति भनेको नै जनता हुन त्यो शक्तिलाई राष्ट्रको विकाशमा लगाऊ । कृषि उत्पादन बढाऊ, खानी खाजी अभियान चलाऊ । जनमतको कदर गर, प्रजातन्त्रमा विश्वास गर । देश र जनताको सुरक्षा बन्दोबस्तलाई उच्च प्राथमिकता देऊ । राष्ट्रिय सुरक्षा र राष्ट्रको परिचयका लागि आप्mनो संस्कृतिको रक्षा गर ।’  कहाँनिर मिल्छ पृथ्वीनारायण शाहसँग दाहालको विचार ? जनताको साथ लिएर उपनिवेशवादीलाई देशभित्र बस्न दिनु हुँदैन भन्ने पृथ्वीनारायण शाह र बिदेशीको आड्मा जनताको ढाड भाच्ने दाहाल कसरी एकै नासका नेता हुन् भनेर मान्न सकिन्छ । पृथ्वीनारायण शाह त्यो यूगका महान राजनीतिक व्यक्ति थिए पुष्पकमल दाहाल यो यूगका खराव पात्र हुन् । तिनले आफै पनि बिचार गर्न पर्ने हो मेरो कर्म र योग्यता उनीसँग दाज्नु हुँदैन भनेर । तिनलाई चेतना भया ।
Email- yogianil20@yahoo.com
cell- 9851015082




Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...