Wednesday, 12 February 2014

चिनियाँ प्रधानमन्त्रीले पठाए यस्तो सन्देश


'China will continue as always to support Nepal to safeguard its national independence, sovereignty and territorial integrity, and will continue to provide sincere assistance to Nepal's social and economic development.'

Li Keqiang

............................................................... 


नेपालडोर अनलाइन

काठमाडौं । दक्षिण छिमेकी भारतका प्रधानमन्त्री मनमोहन सिंहले बधाई सन्देश पठाएको भोलिपल्ट उत्तरको छिमेकी चीनले पनि प्रधानमन्त्री सुशील कोइरालालाई बधाई सन्देश पठाएको छ । चिनियाँ प्रधानमन्त्री ली कछियाङले सदाझैँ चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताका पक्षमा समर्थन गरिरहने तथा आर्थिक विकासका लागि भविश्यमा सहयोग गर्ने बचन दिएका छन् । चीनले कोइरालाको शपथग्रहणपछि मात्रै औपचारिक बधाई दिएको छ, भारतले निर्वाचनलगत्तै प्रधानमन्त्री कोइरालालाई बधाई दिइसकेको छ ।

Press Release From Chinese Embassy in Nepal

2014/02/11 

The Chinese government attaches great importance to China-Nepal relations. On February 11, 2014, when Rt. Hon. Mr. Sushil Koirala assumed the office of the Prime Minister of Nepal, H.E. Mr. Li Keqiang, Premier of the State Council of the People's Republic of China, expresses his warm congratulations and best wishes to Rt. Hon. Mr. Sushil Koirala.
 Premier Li says that China and Nepal are traditional friendly neighbors linked by mountains and rivers, and sharing similar cultures. In recent years, with the joint efforts of both sides, our bilateral exchanges and cooperation in various fields have made satisfactory progress. China appreciates that Nepal firmly adheres to One China Policy, and firmly supports China's position on the Tibet and Taiwan-related issues involving China's core interests. China will continue as always to support Nepal to safeguard its national independence, sovereignty and territorial integrity, and will continue to provide sincere assistance to Nepal's social and economic development.

I look forward to working together and cooperate with you to promote China-Nepal Comprehensive Partnership of Cooperation featuring Ever-lasting Friendship ever growing to a new height.

Tuesday, 11 February 2014

रे कोइराला निवासमा , मनमोहन सिंहको बधाई

 'India attaches the highest importance to its relations with Nepal. As close neighbours with a unique relationship and deep links across all walks of life, our fortunes are closely intertwined. We in India, therefore, not only share the aspirations of the people of Nepal for stability, democracy and prosperity, but also remain steadfast in our support to the Government and people of Nepal in their endeavours to pursue that goal. '

.........................................................
-नेपाल डोर अनलाइन -
काठमाडौं, । प्रधानमन्त्री पदमा निर्वाचित भएकै दिन सोमवार (माघ २७) गते साँझ नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सुशील कोइरालासँग लामो कुराकानी गरेका छन् । कांग्रेस पार्टी पदाधिकारी वैठक सकिएलगत्तै महाराजगञ्जस्थित कोइराला निवासमा पुगेका रेले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहका तर्फबाट बधाई दिएका छन्, सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

    Prime Minister congratulates  

Prime Minister Sushil Koirala of Nepal


    February 10, 2014

    Prime Minister Dr. Manmohan Singh has congratulated Prime Minister Sushil Koirala of Nepal on his election. Dr. Mamohan Singh in his message said Mr. Koirala's election as Prime Minister represented an important milestone in consolidating the democratic gains in political transition in Nepal.
    The excerpts of the Prime Minister's congratulatory message is are follows :
    "On behalf of the Government and people of India, please accept my warm felicitations on your election to the high office of Prime Minister of Nepal. Your election represents one more important milestone in consolidating and institutionalising recent democratic gains in the course of the political transition in Nepal.
    I am confident that your wise leadership and guidance will further strengthen stability and economic development in Nepal, and foster a climate for promulgation of a new Constitution on the basis of the widest possible consensus and reflecting the will of all sections of the people of your nation.
    India attaches the highest importance to its relations with Nepal. As close neighbours with a unique relationship and deep links across all walks of life, our fortunes are closely intertwined. We in India, therefore, not only share the aspirations of the people of Nepal for stability, democracy and prosperity, but also remain steadfast in our support to the Government and people of Nepal in their endeavours to pursue that goal. We will therefore continue to seek further deepening of this partnership between our two countries for the benefit of our people and our region.
    As you enter the high office at a critical juncture in your nation's history, I convey my best wishes for your success, your personal health and well being and peace and prosperity for the people of Nepal.
    I also take this opportunity to extend a warm and cordial invitation to you to visit India at your convenience."
    New Delhi
    February 10, 2014

भारतले सहज नठानेको भनिएका कोइरालालाई भारतीय राजदूतले शपथ खानुअघि नै भेटेर सद्भाव प्रकट गरेका छन् । भारतले  हरेक नवनिर्वाचित नेपाली प्रधानमन्त्रीहरुलाई तुरुत्नै फोनमा वा अरु माध्यमबाट शुभकामना र सद्भाव दिँदै आएको छ । भारत विरोधी छवि जबर्जस्ती बनाइएका कोइरालालाई भारतीय राजदूतले नै भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
सद्भाव व्यक्त गर्ने चलन भारतले पहिलेदेखि नै चलाएको हो । पूर्व, पश्चिम र दक्षिणतिरबाट घेरिएको भारतले नेपालमा हरेक राजनीतिक परिवर्तनमा सहयोग सदभाव दिँदै आएको छ । कोइरालालाई त्यति सहज नमानेका भारतीयहरुले प्रधानमन्त्रीमा निर्वाचित भएपछि महत्व दिनु स्वभाविकै हो ।
व्यवस्थापिका संसदमा सुशील कोइरालाले नेपालको विकास र आर्थिक सम्बृद्धिका लागि छिमेकी भारत र चीनसँग सम्बन्ध थप सुमधुर पार्नुपर्ने धारणा राखे । लिखित सम्बोधनमा छिमेक सम्बन्ध दुईस्थानमा उल्लेख गरेर कोइरालाले ती वाहेकका मुलुकको सदासयतालाई पनि स्थान दिए । कोइरालाले कुटनीतिक सन्तुलन मिलाएर अघि बढ्ने शोच राखेका छन् ।
नेपालको राजनीति फेरि पनि असफल हुने मुद्दा भनेको संघीयता हो । यसको निरुपण नेपालका दलहरुको आन्तरिक प्रयासबाट सम्भव छैन । छिमेकी भारत र चीनले नेपालको स्थायित्व र उनीहरुको शब्दमा वैधानिक सुरक्षा चासोसँग जोडेर संघीयतालाई हेरेका छन् ।

इन्डियन एक्सप्रेसको सम्पादकीय


 भारतको चर्चित पत्रिका द इन्डियन एक्सप्रेसले प्रधानमन्त्री निर्वाचनका बिषयलाई लिएर नेपालमाथि सम्पादकीय लेखेको छ । पत्रिकाको सम्पादकीयको पूर्णविवरण यस्तो छ :

Editorial, The Indian express

A PM for Nepal

February 11, 2014 3:57 am

Koirala’s election ends weeks of confusion. He must focus on restoring stability, delivering the constitution.
The election of Sushil Koirala as the prime minister of Nepal on Monday ended nearly three months of political confusion and tension in the Himalayan republic.
The inability of the major political parties to form a government, after the successful polls on November 19, 2013, to elect a new Constituent Assembly (CA), was preceded by the long wait for the House to convene. The six-point agreement between the Nepali Congress (NC) and the Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) to end the deadlock has prevented Nepal’s slide into fresh political turmoil.
With the support of the UML, Koirala will enjoy a simple majority and it is now his responsibility to promulgate the new constitution within a year.
Between the election to the last CA in April 2008 and now, Nepal has had six prime ministers — from three parties and the chief justice. The November 19 polls were held in a constitutional vacuum. The NC and UML deserve credit for steering the political process over the immediate hurdles following the election, chief among which were the Unified Communist Party of Nepal-Maoist’s (UCPN-M) initial rejection of the results that handed it a major defeat and then its refusal to join the new CA.
Thanks to the NC and UML leaderships taking ownership of the situation, that crisis was resolved and a deal struck to make the Maoists climb down from their maximalist position.
With a new prime minister in office, efforts must be renewed to arrest Nepal’s political slide. But the task before Koirala is enormous. His party would do well to talk to the UCPN-M and smaller parties to bring them into government. Nepal’s scars — of the decade-long insurgency and misgovernance since 2008 — will take a long time to heal. Building consensus on important matters, such as constitution-writing, as the coalition has agreed to do, might be the safest path.
In fact, Koirala could extend the invite to the breakaway Communist Party of Nepal (CPN-M), which had boycotted the polls and threatened violence. Having earlier helped bring Maoists into the mainstream, India should encourage the new government to restore stability.


यस्तो रह्यो मेरो सरकारको कार्यकाल

समष्टिगत परिवेश र अवस्थालाई विचार गरी आफ्नो अन्तरआत्माको आवाजलाई सुन्दै मैले आजैका मितिबाट लागू हुनेगरी सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०५ को उपधारा (१) को खण्ड (क) बमोजिम सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतमा मेरो पदाधिकार रहेको प्रधान न्यायाधीशको पदबाट राजीनामा दिएको छु ।  

-खिलराज रेग्मी-

नेपाली जनताले आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणका लागि गरेका विभिन्न पटकका संघर्षहरुमार्फत् अभिव्यक्त भएको उत्कट चाहनालाई साकार पार्ने लक्ष्यका साथ नेपालको इतिहासमा विभिन्न प्रकारका राजनीतिक प्रणाली स्थापना र सञ्चालन भए । लोकतन्त्र, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन प्रणाली, संसदीय शासन व्यवस्था जस्ता विशेषताहरुलाई अवलम्बन गरी अगाडि बढिरहेको नेपाली राजनीतिक व्यवस्थाको इतिहासमा विभिन्न पटक संवैधानिक तथा राजनीतिक घटनाहरु विकसित हुँदै आएका छन् । यसरी विकसित राजनीतिक क्रमसँगै संवैधानिक दस्तावेजहरु निर्माण हुँदै आएको भएतापनि नेपाली जनभावनालाई प्रतिनिधित्व गर्ने संविधान निर्माण हुन नसकेको भन्ने राजनीतिक मागका आधारमा विभिन्न संघर्षहरु पनि नेपालमा हुँदै आएका थिए । जनप्रतिनिधि मार्फत् संविधान निर्माण गरी नेपाली जनताको अधिकार स्थापना गर्ने र देशको शासन व्यवस्था सञ्चालन गरी आर्थिक–सामाजिक रुपान्तरणमा उन्मुख हुने उद्देश्यका साथ संविधानसभाबाट संविधान निर्माण हुनुपर्ने मागका साथ निर्देशित त्यस्ता संघर्षहरुले नेपालमा विशेष अर्थ र महत्व राखेका छन् ।
देश र जनताको सुख, शान्ति र समृद्धिको आकांक्षा अनुरुपको राजनीतिक प्रणाली स्थापनार्थ नेपालको इतिहासमा भएका यस्ता थुप्रै संघर्ष र आन्दोलनहरुमध्ये विगतमा करिब एक दशक लामो सशस्त्र द्वन्द्वले नेपाली समाजको अग्रगमन र रुपान्तरणका मुद्दाहरु उठान गरी थुप्रै नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले आफ्नो अमूल्य जीवनको आहूति दिएको हामी सबैलाई जानकारी नै छ । देशमा जारी तत्कालिन सशस्त्र द्वन्द्वको अन्त्य गरी नेपाली समाजलाई शान्ति र समृद्धिको मार्गमा अग्रसर गराउन नेपाली राजनीतिको समग्र पृष्ठभूमिमा वि.सं. २०६२÷६३ सालको जनआन्दोलनमार्फत् जनप्रतिनिधिहरुको संलग्नतामा संविधान निर्माण गर्ने लक्ष्यका साथ संविधानसभाको निर्वाचन गर्ने अभिलाषा व्यक्त भएको थियो । यही उद्देश्यका साथ वि.सं. २०६४ साल चैत्र २८ गते नेपालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट गठन भएको संविधानसभाबाट नेपाली जनताले अपेक्षा गरेको सुख, शान्ति र समृद्धिको चाहनालाई साकार पार्न कस्तो शासनप्रणाली अपनाउने भन्ने कुराको निर्धारण गरी देशलाई आवश्यक पर्ने संविधान निर्माण गर्ने अवसर प्राप्त भएको थियो । साथै, संविधानसभाबाट संविधान जारी नभएसम्मका लागि राजनीतिक सहमतिमा निर्माण भई तत्कालिन प्रतिनिधिसभाबाट जारी भएको र अन्तरिम व्यवस्थापिका–संसदद्वारा अनुमोदन भएको नेपालको अन्तरिम संविधान, २०६३ बाट हालसम्म निर्देशित हुँदै मुलुकको व्यवस्था सञ्चालन भइआएको छ ।
संविधानसभाको निर्वाचन सम्पन्न भई प्रारम्भ भएको तत्कालिन संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गर्दै संविधान निर्माणको कार्य प्रारम्भ गरेको थियो । तथापि, सो संविधानसभाबाट निर्धारित समयमा संविधान निर्माण हुन नपाउँदै संविधानसभा विघटन भई संविधान निर्माणको उद्देश्यलाई पूर्णता प्रदान गर्न संविधानसभाको निर्वाचन पुनः गराउनुपर्ने दायित्व हामी सबैका सामु उत्पन्न हुनपुग्यो । तत्कालिन संविधानसभाको विघटनसँगै व्यवस्थापिका–संसदको समेत रिक्तता रहेको र नेपालको अन्तरिम संविधान, २०६३ ले व्यवस्थापिका–संसदको रिक्ततामा के गर्ने भन्ने कुनै परिकल्पना नगरेको अवस्थामा संवैधानिक र कानूनी प्रबन्धबिना कसरी अर्को संविधानसभाको निर्वाचन गर्ने र उक्त निर्वाचन सम्पन्न गर्न कस्तो सरकार निर्माण गर्ने भन्ने विषयमा समेत संवैधानिक जटिलता उत्पन्न हुनपुगेको थियो । यसैबीच संवैधानिक प्रावधानका आधारमा संविधानसभाको निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ राजनीतिक सहमतिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम तत्कालिन मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०६९ साल चैत्र १ गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशमार्फत् विशिष्ट परिस्थितिमा वर्तमान सरकार निर्माण भएको स्मरण गर्न चाहन्छु ।
मेरो नेतृत्वको सरकार गठनसँगै सरकारलाई समर्थन गरी नैतिक बल, हौसला र सहयोग प्रदान गर्नुहुने नेपाली दिदिबहिनी, दाजुभाइ, राजनीतिक दल, विभिन्न वर्ग, समुदाय, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, व्यावसायिक संघ सङ्गठन, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय समुदायलगायत सम्पूर्ण आम जनसमुदायप्रति आजको यस अवसरमा पुनः एकपटक आभार प्रकट गर्दछु । साथै, वर्तमान सरकार गठन प्रक्रियाप्रति पृथक धारणा राख्नुहुने विभिन्न महानुभाव तथा व्यक्तिहरुका हकमा मलाई के भन्न मन लाग्दछ भने – त्यसप्रकारका धारणाहरु लोकतान्त्रिक अभ्यासका रुपमा व्यक्त भएका उहाँहरुका रचनात्मक अभिव्यक्तिहरु हुन्, जसले सरकारलाई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति थप सजग भई कार्य गर्न पनि सहयोग ग¥यो । सैद्धान्तिक रुपमा कुनैपनि विषयमा धारणाहरु निर्माण हुनु एउटा कुरा हो, तर, त्यसप्रकारका सैद्धान्तिक मान्यताहरुको अभ्यास गर्दै जाँदा व्यावहारिक कठिनाई उत्पन्न भई त्यस्ता सैद्धान्तिक मान्यतालाई व्यावहारिक रुप दिनका लागि जीवनका कतिपय अवस्थामा अपवादका रुपमा भएपनि केही खास व्यवस्था अपनाउनुपर्ने हुन्छ भन्ने हामीले बुझ्नु आवश्यक छ । वस्तुतः यस सरकारको गठन मुलुकमा विकसित असहज राजनीतिक प्रक्रियाबाट उत्पन्न भएको बाध्यात्मक परिस्थितिको उपज हो ।  सामान्य अवस्थाका लागि प्रतिपादित र अपनाइएका सैद्धान्तिक मान्यताहरु असामान्य परिस्थितिमा स्वाभाविक ढङ्गबाट क्रियान्वित हुन नसक्ने भएकाले हरेक सैद्धान्तिक मान्यताहरुका अपवाद हुने गर्दछन् ।
तर, त्यस्ता अपवादको अभ्यासको उद्देश्य सैद्धान्तिक मान्यताहरुलाई निष्क्रिय बनाउने हुनुहुँदैन, सकारात्मक नतिजा एवं राष्ट्र र जनताको बृहत्तर हितका लागि निर्देशित हुनुपर्दछ । नेपालको विशिष्ट परिस्थितिमा निर्मित यस सरकारको निर्माण पनि यही मान्यताका आधारमा भएको थियो । यो सरकार जुन उद्देश्य र प्रयोजनका लागि निर्माण भएको थियो, सोही अनुसार कार्य थालनी गरी विधिवत्रुपमा संविधानसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई कार्यकारी अधिकार हस्तान्तरण गर्ने अवस्थासम्म आइपुगेको छ । जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न व्यग्र रुपमा प्रतिक्षारत मेरो नेतृत्वको सरकारले मुलुकको शासन व्यवस्था जननिर्वाचित मन्त्रिपरिषद्लाई सुम्पिई जिम्मेवारीबाट विश्राम लिन पाउँदा म लगायत सरकारका सबै मन्त्रीहरु तथा अन्य सदस्यहरुलाई गौरव र सन्तोषको अनुभूति भएको छ ।


मेरो नेतृत्वको सरकारको मुख्य उद्देश्य संविधानसभाको निर्वाचन सम्पन्न गर्ने रहेकाले सरकारको समूल लक्ष्य र प्रयासहरु निर्वाचनको सफलतामा केन्द्रित गरिएको थियो । तथापि, सार्वजनिक हितमा लक्षित हुँदै शान्तिसुरक्षाको प्रत्याभूति, वस्तु र सेवाको सहज आपूर्ति र व्यवस्थापन, विकास निर्माण, सुशासन, मानवअधिकारको रक्षा र प्रबद्र्धन आदि लगायतका कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने अभिभारा सँधै रहेको हुन्छ । यस उद्देश्यमा सरकारले प्रारम्भदेखि नै   अधिकतम् प्रयासहरु गर्दै आयो । सरकार गठन र विस्तारसँगै आर्थिक अनुशासन कायम राख्न र मितव्ययीता अपनाउन दोहोरो सुविधा नलिने र बिना आधार फजुल आर्थिक सहायता वितरण नगर्ने निर्णय गरिएको थियो । तत्कालिन अवस्थामा देशमा सुशासन कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संवैधानिक निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र महालेखापरीक्षकमा रिक्त पदाधिकारीहरुको नियुक्ति गरी संवैधानिक निकायलाई क्रियाशील बनाइएको थियो । सरकारले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिसँगै पूर्ण आकारको बजेट पारित गरी आर्थिक क्षेत्रमा तत्कालिन अवस्थामा रहेको अन्यौलको स्थितिलाई सम्बोधन गरेको थियो । विगतमा विभिन्न पटक उत्पन्न अवरोधका कारण समयमै पूर्ण बजेट आउन नसकिरहेकोमा यस सरकारले समयमै पूर्ण बजेट सार्वजनिक गरेबाट अर्थतन्त्रको सञ्चालन सहज हुन पुगेको छ । नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसहित राष्ट्रिय विकास परिषद्बाट तेह्रौँ त्रि–वर्षीय योजना (२०७०÷७१–२०७२÷७३) को आधारपत्र स्वीकृत भएकोमा सोही अनुरुप मेरो नेतृत्वमा गठित सरकारबाट वार्षिक बजेट मार्फत विभिन्न विकास कार्यक्रमहरु र थप राष्ट्रिय गौरवका आयोजनाहरु पारित भएको अवस्था छ । यसका साथै, उपभोक्ता अधिकारलाई लक्षित गरी उपभोग्य वस्तुको सर्वसुलभ उपलब्धता, उचित मूल्य र गुणस्तर कायम गर्न सरकारले निरन्तर रुपमा विभिन्न प्रयासहरु गर्दै आएको कुरा सर्वविदितै छ । गैरकानूनी र अस्वस्थकर प्रतिष्पर्धालाई निरुत्साहित गरी बजार अनुगमनको कार्यमा सरकारको सक्रियता रह्यो भने मुख्य चाडपर्वहरुमा सुपथ मूल्य पसल सञ्चालन गरिएको पनि स्मरण गर्न चाहन्छु । आर्थिक तथा पूर्वाधार विकासकै सन्दर्भमा स्वदेशमा सम्भावना रहेका जलविद्युत, सुरुङ्गमार्ग, द्रूतमार्ग, विमानस्थल, औद्योगिक क्षेत्र आदिको निर्माणमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन गर्न सरकारका सम्बद्ध निकायहरु र लगानी बोर्डले अधिकतम् प्रयास गरेको छ । साथै, कृषि, घरेलु उद्योग, वन तथा वातावरण सन्तुलन, भू–उपयोग नीतिको कार्यान्वयन, सहकारी, साना तथा मझौला उद्योग व्यवसाय आदि क्षेत्रको प्रबद्र्धनमा यस सरकारको सक्रियता रह्यो । काठमाण्डौमा जारी सडक विस्तार कार्यलाई वर्तमान सरकारले तीव्रता दिया,े जुन कार्य हालसम्म जारी छ । यी सबै पक्षहरु मैले किन व्यक्त गर्न खोजेको हुँ भने – मेरो नेतृत्वको सरकार प्राथमिकताका साथ स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न गर्न जति क्रियाशील थियो, सँगसँगै, विकास निर्माण, आर्थिक समुन्नति, शान्तिसुरक्षा, महिला र वालबालिकाको हित संरक्षण, मानवअधिकारको प्रबद्र्धन कायम गर्दै नेपाली जनतालाई सुशासन र समृद्धिको प्रत्याभूति दिलाउन पनि निरन्तर क्रियाशील रह्यो ।  

२०७० साल मंसिर ४ गते स्वच्छ, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण वातावरणमा ऐतिहासिक सफलताका साथ संविधानसभाको निर्वाचन सम्पन्न गरी यस सरकारले संविधानतः आफ्नो जिम्मेवारी पूरा ग¥यो । संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकारले गरेका सबै प्रयासहरुमा आम जनसमुदाय र विभिन्न समूहका व्यक्तिहरुले निर्वाह गर्नुभएको सकारात्मक भूमिका नेपालको इतिहासमा सदैव सराहनीय रहिरहनेछ । निर्वाचनको वातावरण सहज बनाई जनताको अत्यधिक सहभागिता सुनिश्चित गराउन विभिन्न राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुसँग वार्ता गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानूनी सुधार गरेको कुरा यहाँ स्मरण गर्न उपयुक्त ठान्दछु । यस सन्दर्भमा मेरो नेतृत्वमा गठित सरकारले विभिन्न समयमा सर्वदलीय बैठकको आयोजना गरेको, विभिन्न राजनीतिक दल र पक्षहरुसँग छुट्टाछुट्टै छलफल गरी निर्वाचनको माहौल निर्माण गरेको कुरा पनि एकपटक स्मरण गर्न चाहन्छु । उक्त प्रक्रियामा सघाउ पु¥याउने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । साथै, देशको विशिष्ट परिस्थितिमा सम्पन्न गर्नुपरेको संविधानसभा निर्वाचनका क्रममा सरकारले गरेको प्रबन्ध र व्यवस्थापकीय कार्यमा साथ दिने सबै महानुभावहरु राष्ट्रप्रति जिम्मेवार रहेको कुरा मैले अनुभव गरेको छु । निर्वाचनका अवधिमा भएका केही अवाञ्छित गतिविधि र बन्द, हड्ताल, तोडफोड जस्ता क्रियाकलापबाट कत्तिपनि विचलित नभई त्यस्ता क्रियाकलापको स्वःस्फूर्त अवज्ञा गर्दै मतदाताले मतदानमा देखाएको अपार सहभागिताबाट हाम्रो एकता र राष्ट्रप्रतिको जिम्मेवारीबोधको भावना पनि उजागर भएको छ । यसरी ऐतिहासिक रुपमा सम्पन्न निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिको दिशा तय हुनपुगेको छ । यसका साथै, सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा संविधानसभाको गठन र व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको छ, जसबाट देशमा जनप्रतिनिधिमूलक सँस्था स्थापना भई संविधानले परिकल्पना गरेका प्रमुख अङ्गहरु सक्रिय भएका छन् । सँगसँगै, शक्ति पृथकीकरणको व्यावहारिक अभ्यास हुनसक्ने राजनीतिक र संवैधानिक अवस्था श्रृजना भएको छ । नवगठित संविधानसभाले नेपाली जनताको चाहना अनुरुपको संविधान निर्माण गरी जनताले अभिव्यक्त गरेको संविधान निर्माणको चाहनालाई मूर्त रुप दिनेछ भन्ने मेरो दृढ विश्वास छ । साथै, विधायिकी कार्यमा व्यवस्थापिका–संसदको भूमिका प्रभावकारी रुपमा सञ्चालन हुनेछ भन्नेमा म विश्वस्त छु । आफ्ना सबै सकारात्मक उद्देश्यमा नवगठित संविधानसभाका माननीय सदस्यहरुको कुशल नेतृत्व र जिम्मेवारीपूर्ण भूमिकाले पूर्ण सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

२०७० साल माघ २७ गतेको व्यवस्थापिका–संसद बैठकबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन सम्पन्न भई मुलुकले निर्वाचित प्रधानमन्त्री प्राप्त गरेको छ । जनआकांक्षालाई सम्बोधन गर्दै देशको शासन व्यवस्था सञ्चालन गर्ने अभिभारा अब निर्वाचित मन्त्रिपरिषद्को हुनेछ । नेपाली राजनीतिक इतिहासको विशेष परिस्थितिमा निर्मित मेरो नेतृत्वको सरकारले आफूलाई ऐतिहासिक रुपमा प्राप्त जिम्मेवारी सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने यो अवसर मेरा लागि जीवनमा सन्तोष र सुखद अनुभूति दिलाउने अविष्मरणीय क्षण बनेको छ । नवनिर्वाचित सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइरालालाई यसै सम्बोधनमार्फत् हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, संविधान निर्माणको कार्यलाई गति दिँदै देशमा सुशासन, शान्ति,  विकास निर्माण र स्थायित्व र समृद्धि हासिल गर्ने उद्देश्यमा नवगठित सरकारलाई पूर्ण सफलता प्राप्त होस् भन्ने कामना गर्दछु ।

 मेरो अध्यक्षतामा निर्मित सरकारको सफलता सरकारमा आसिन व्यक्तिहरुको मात्र होइन, यो सम्पूर्ण नेपाली जनताको सफलता हो भन्ने मेरो निष्कर्ष छ । लोकतन्त्रमा जनता सर्वश्रेष्ठ र सर्वोपरि हुने भएकाले जनताको निर्णय नै सबैभन्दा वैधानिक र वस्तुपरक मानिन्छ । सरकार गठन भएदेखि आफ्नो कर्तव्य पूरा गर्दै जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने दिनसम्म आइपुग्दा सरकारबाट भएका सबै निर्णयहरु देश र जनताको हितमा केन्द्रित गर्दै आएको कुरा पुनः दोहो¥याउन चाहन्छु । मेरो नेतृत्वको सरकार गठन गर्न तत्कालिन अवस्थामा संवैधानिक प्रबन्धअनुरुप जारी भएको बाधा अड्काउ फुकाउने आदेश सार्वभौम जनताको मतबाट स्थापित व्यवस्थापिका–संसदबाट अनुमोदन भइसकेकाले अहिले नेपालमा सबै संवैधानिक जटिलताहरु पनि एकैसाथ निराकरण भइसकेका छन् । तसर्थ, अबका दिनहरुमा नेपालको संवैधानिक अभ्यास, राजनीतिक व्यवहार र लोकतान्त्रिक प्रणाली सँस्थागत रुपमा अघि बढाउन संविधानसभाबाट नेपाली जनताको चाहनालाई सम्बोधन गर्ने संविधान निर्माण हुनेछ भन्नेमा आशावादी भई अघि बढ्न सबैसँग आग्रह गर्दछु ।
मैले जुन प्रयोजनका लागि देशको अति विशिष्ट र जटिल राजनीतिक परिस्थितिमा मन्त्रिपरिषद्को कार्यभार सम्हालेको थिएँ त्यस अवस्थाबाट संविधानसभाको निर्वाचन भई आज जननिर्वाचित मन्त्रिपरिषद् गठन हुने निश्चित अवस्थामा देश आइपुगेको छ । विभिन्न चुनौतीका बाबजुद यो नै मेरो अध्यक्षतामा निर्मित मन्त्रिपरिषद्को प्रमुख उपलब्धि र राष्ट्रको निकास हो । अब एक वर्षभित्र संविधान निर्माण गर्नु राजनीतिक दलहरुका सामु चुनौती र दायित्व रहेको छ । एक वर्षभित्र संविधान निर्माण भएमा मेरो आत्मालाई शान्ति मिल्नेछ र त्यही नै राष्ट्रले मलाई दिएको ठूलो पुरस्कार पनि हुनेछ । यस्तो विशेष परिस्थिति र राज्यको निकासको असहज यात्राको चरण पार भएको अवस्थालाई सम्झेर मेरा लागि अन्य निजी विषय समेत गौण हुन पुगेका छन् । देश र जनताप्रतिको सेवाको समर्पणभाव र त्यागको भावनाबाट नै मैले सरकार प्रमुखको जिम्मेवारी लिन पुगेको थिएँ, पदीय लालसाले होइन । त्यसैले पनि पुनः न्यायपालिकामा फर्की जाने भन्नेमा लाभ, हानि र दिनगन्तिको अङ्कगणितको आशक्ति भाव मेरा लागि अनाकर्षणको विषय बनेको छ । न्यायपालिका र कार्यपालिकामा रही देश र जनताको सेवा गर्ने अवसर जो नियतिले मलाई दियो, त्यो नै मेरा लागि पर्याप्त ठान्दछु र अत्यन्त सन्तुष्ट पनि छु । यद्यपि, पुनः न्यायपालिकामा गई कार्य गर्न संविधान, कानून र कुनैपनि सिद्धान्त मेरो अहिलेको अवस्थामा बाधक हुँदैन, किनभने, कर्ता स्वतन्त्र र निष्पक्ष भए न्यायपालिका स्वच्छ र स्वतन्त्र हुने हो ।

सिद्धान्तको सफल कार्यान्वयन पनि व्यक्तिको आफ्नो इमान्दारिता र व्यावसायिकताबाट सिद्ध हुनेहुँदा यो व्यक्तिको इच्छाशक्ति, व्यवहार र चरित्रमा निर्भर गर्दछ । तसर्थ, यी विषयहरुको समग्रताका बीचमा आफ्नो अन्तस्करणको स्पन्दनलाई सुन्दै उपयुक्त निर्णय गर्नु श्रेयष्कर हुने मेरो विश्वास हो । उल्लिखित समष्टिगत परिवेश र अवस्थालाई विचार गरी आफ्नो अन्तरआत्माको आवाजलाई सुन्दै मैले आजैका मितिबाट लागू हुनेगरी सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०५ को उपधारा (१) को खण्ड (क) बमोजिम सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतमा मेरो पदाधिकार रहेको प्रधान न्यायाधीशको पदबाट राजीनामा दिएको छु । 

अन्त्यमा, नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा संविधानसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनार्थ निर्मित मेरो नेतृत्वको सरकारको विगत करिब एघार महिनाको अवधिमा सरकारको सहज कार्य सञ्चालनमा प्राप्त सहयोग र सद्भावका लागि सम्माननीय राष्ट्रपति महोदयप्रति आभार प्रकट गर्दछु । साथै, समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइहरु, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, निर्वाचन आयोग, राजनीतिक दल, निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, बुद्धिजीवि, मानव अधिकारकर्मी, कानून व्यवसायी, सञ्चारकर्मी, व्यावसायिक संघ सङ्गठन, अन्तर्राष्ट्रिय समुदाय लगायत सम्बद्ध सबैलाई सहयोग र सद्भावका लागि हार्दिकतापूर्वक धन्यवाद ज्ञापन गर्दछु । संविधानसभा सदस्य निर्वाचन–२०७० बाट गठित संविधानसभाबाट एक वर्षभित्रै नेपाली जनतामा सद्भाव, सुख, शान्ति र समृद्धिको आधार दिने संविधान जारी हुनेछ भन्ने अटल विश्वासका साथ संविधान निर्माणको कार्यमा नवगठित संविधानसभालाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु । धन्यवाद ।।

अध्यक्ष रेग्मीले सरकार प्रमुखका हैसियतबाट २०७० माघ २८ गते, मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनको सम्पादित अंश । 

कार्यान्वयन भएनन् मन्त्रालय घटाउने प्रतिबेदन (१३ मन्त्रालयको प्रस्ताबसहित)


-प्रेमप्रसाद ‘कृयापुत्री’ संजेल -

...........................................

२०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित आयोगले किटेरै तत्कालका २२ वटा मन्त्रालयलाई १८ वटामा झार्नै पर्छ भनी दिएको सुझाव पनि रद्दीको टोकरिमा हालियो । जब कि उहाँ खुदै लामो समय सम्म आफ्नै सुझाव कार्यान्वयन नगरी प्रधानमन्त्रीको पदबाट हट्नुभयो ।  

.........................................................................................


राणा शासनको पतन पछि पहिलो पल्ट बिक्रम सम्बत २००९ सालमा राजा त्रिभुवनको कार्यकालमा नेपालको प्रशासकीय ब्यबस्थामा सुधारको कदम शुरु गरिएको हो भनी इतिहासले बोल्दछ । भारतबाट ल्याईएका प्रशासनिक क्षेत्रका बिशेषज्ञ टोलीका नेता एम.एन बुचले नेपालमा मन्त्रालयको संख्या घटाउनु पर्छ भन्ने सुझाव दिएको देखिन्छ । तर उति वेलामा कति वटा मन्त्रालय थिए ? कतिवटा कटौति गर्ने ? भन्ने बिषयमा उनको प्रतिवेदन मौन छ । राणा शासन ढले पछि मोहन सम्शेरको नेतृत्वमा गठन भएको पहिलो मन्त्रिपरिषद,सामान्य नेपाली जनताको छोरो पहिलो पल्ट नेपालको प्रधानमन्त्री बनेको मातृकाप्रसाद काईरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद समेतमा रहेका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको संख्या केलाउँदा पनि १० वटा पुग्दैनन् । यसबाट थाहा हुन्छ कि उसै बेला मन्त्रालयको त्यो संख्या पनि घटाउनु पर्ने रिपोर्टमा उल्लेख थियो । हामी भने अनवरतरुपमा मन्त्रालयको संख्या बढाउनुमा नेपालीको बहादुरी ठानिरहेका छौं ।
   
बिकासका आआफ्नै क्षेत्र र सीमाहरु छन् । कुनै कुराको बिकास हुदै जाँदा कामको हिसाबले कुनै प्रशासनिक संरचनाको सँख्या बढाउनु पर्ने कुरामा बिबाद छैन । तथापि आजको खुला एवं उदार अर्थतन्त्र जसलाई ओपन मार्केट पोलिसी,बजारमा सरकारको नियन्त्रण नहुने परिपाटी,पेशा ब्यबसायमा डिलाईसेन्सिङ्ग पद्धति,सरकार शासक होईन कि जनताको पथप्रदर्शक मात्र हो भन्ने नीतिले बिश्वलाई चलाईरहेको बेलामा प्रशासनिक संरचना घटाउनुको बिकल्प छैन । सरकारले राम्रा नीतिको प्रादुर्भाव गरीे बाटो मात्र बनाई दिने । निजी क्षेत्रले बिकासको मूल फुटाउने । यस्तो आधुनिक जमानामा जम्बो मन्त्रालयको सँख्या राख्नु आफैमा लाजमर्दाे बिषय हो । एउटा सानु मन्त्रालय राखेर कर्मचारीलाई तलब दिन र सामान्य बिकासका योजना संचालन गरेको जस्तो देखाउँदा पनि सो मन्त्रालयको खर्च बार्षिक रु. ५० करोडमा घट्दैन । यो हालका मन्त्रालयको खर्चको अनुभवबाट खारिएको बिषय हो । कसैलाई अपमान गर्न खोजिएको होईन । तर रु. ५० करोडमा दाहोरो गाडी चल्ने २५ वटा पक्की पुल आजको मूल्यमा पनि बनाउन सकिन्छ । यसर्थमा मन्त्रालयको सँख्या बढाउँदै जानु कदापि ठिक होईन ।
    बुच कमिशन पछि श्री वेदानन्द झाको अध्यक्षतामा २०२५ सालमा गठित प्रशासन सुधार आयोगले पनि मन्त्रालयको सँख्या कटौति गर्न सुझाएको थियो । यी दुबै सुझाव पश्चात मन्त्रालयको सँख्या घटाउनु त कता हो कता ? झन बढाउदै लगियो । फेरि २०३२ सालमा डा.भेषबहादुर थापाको नेतृत्वमा गठित प्रशासन सुधार आयोगले बिकासको लागि आबश्यक पर्ने नयाँ मन्त्रालय स्थापना गर्ने । तर अनाबश्यक मन्त्रालयलाई गाभेर साईजलाई नियन्त्रणमा राख्ने सुझाव दिएको थियो । त्यो सुझावलाई पनि लत्याईयो । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित आयोगले किटेरै तत्कालका २२ वटा मन्त्रालयलाई १८ वटामा झार्नै पर्छ भनी दिएको सुझाव पनि रद्दीको टोकरिमा हालियो । जब कि उहाँ खुदै लामो समय सम्म आफ्नै सुझाव कार्यान्वयन नगरी प्रधानमन्त्रीको पदबाट हट्नु भयो । यसमा आश्चर्य मान्नुपर्ने खण्ड नै छैन ।
   
    प्रतिवेदनको कार्यान्वयन गर्न राजनीति र ब्यूरोक्रेसीको समान धारणा हुनुपर्छ । नेपालमा कर्मचारीले आफ्नो बढुवा हुने पद कटौति हुन्छ भनी मन्त्रालय कटौति गर्न मान्दैनन् । देश बिगारेर आफू बनिदैन भन्ने भावना हामी कर्मचारीमा कहिल्यै जागेन । झन भागबण्डाको राजनीतिमा फँसेको नेपाली राजनीतिलाई त यो फलामको च्यूरा चपाउनु सरह नै हुन्छ । यसको कार्यान्वयन पक्षतिरको बिश्लेषण गर्दा श्री गिरिजाप्रसाद कोईरालालाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री बनेका उसै पार्टीका तत्कालका लागि अतिदूर्गम जिल्ला डडेलधुराका नेता शेरबहादुर देउबाले उतिवेला सम्मको ठूलो मानिने ४८ सदस्यीय मन्त्रीमण्डल मात्र बनाएनन कि भागबण्डाको लागि मन्त्रालय फुटाएर तत्कालै २६ वटा पुर्याए । इतिहासमा उनैलाई बढी मन्त्रालय र बढी मन्त्री बनाउने प्रधानमन्त्री मानिरहेको थियोे नेपालले । तर अर्का नवजंगबहादुरका रुपमा उदाए प्रधानमन्त्रि डा.बाबुराम भट्टराई ।
   
    भट्टराईकै शव्दमाभन्दा जनयुद्धको लक्ष्य हासिल गर्न र गरिब नेपाली जनताको गाँस,बास र कपासको समस्या हल गर्न प्रधानमन्त्री बनेका भट्टराईले शेरबहादुरलाई पनि उछिनेर छोडे । उनले नेपाली गिनिज बुक अफ रेकर्डस्मा नाम राख्दै मन्त्रालयको सँख्या २७ मात्र पुर्याएनन्, ५१ सदस्यीय मन्त्रिपरिषको प्रादुर्भाव पनि गरे । हाल उनैलाई नेपालमा बढी मन्त्रालय र बढी मन्त्री राख्ने प्रथम प्रधानमन्त्रीको रुपमा हेरिन्छ । यो काम कति अप्रिय छ भनी वरपरका छिमेकि देशसँग तुलना गरेर हेरौं ।
   
    भारत नेपालभन्दा जमिनको हिसाबले करिब २२ गुणा ठूलो होला । जनसंख्याको हिसाबले करिब ४० गुणा ठूलो होला । तर भारतको मन्त्रिमण्डल धेरै पटक गठन हँुदा न त ४८ सदस्यीय थियो । न त ५१ सदस्यीय नै थियो । यी दुबैका बाबजूद उनीहरुको मन्त्रिमण्डल कैंयौं पटक सानो बनेको थियो । यस खाले साना मन्त्रिमण्डल धेरै पटक भारतमा गठन भएका थिए । आखिरमा देश चलाउन मन्त्रालय फुटाएर भागबण्डा गर्ने सीप होईन कि ईमानदारी र जनताको सर्मथन चाहिन्छ भन्ने ठहर छिमेकिको अनुभवले देखाउँछ । अझ बिहारका बर्तमान मुख्यमन्त्री श्री नीतिशकुमार भारद्धजले करिब ६ बर्षमा बिहारको आर्थिक बृद्धि दर दोहोरो अंकमा पुर्याएको कामबाट हामीले सिक्न सकेनौं । यो झन लाजमर्दाे कुरो हो ।
   
    नेपालमा निम्नानुसारका  १४ वटा मन्त्रालय पनि धेरै हुने देखिन्छ । १. गृह तथा शान्ति मन्त्रालय २. बन तथा भूमिसुधार मन्त्राल ३. कृषि विकास तथा सिंचाइ मन्त्रालय ४. शिक्षा,खेलकूद तथा पर्यटन मन्त्रालय ५. उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय ६. महिला, युवा तथा श्रम मन्त्रालय ७. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय ८. न्याय,संघिय मामिला र स्थानीय विकास मन्त्रालय ९.स्वास्थ्य, वातावरण तथा गरिबी निवारण मन्त्रालय १०. मन्त्रिपरिषद् सचिवालय तथा सामान्य प्रशासन मन्त्रालय ११.अर्थ मन्त्रालय १२ उर्जा मन्त्रालय १३. परराष्ट्र मन्त्रालय तथा रक्षा मन्त्रालय १४. सूचना, बिज्ञान प्रबिधि तथा यातायात मन्त्रालय । यी १४ वटा मन्त्रालय राखेर बाँकि १३ वटा मन्त्रालयको खारेजी मात्र गर्ने हो भने पनि देशको कति रकम बच्ला ? त्यो रकमले बिकासको काम गर्ने हो भने कति मानिसले रोजगारी पाउलान् ? कति युवा बिदेश जानबाट रोकिएलान् ? खानै मात्र नपाएर अपराध गर्नेले कति अपराध गर्न छोड्लान् ? यसको सामाजिक मूल्य कति होला ? कसैले अनुमान पनि गरेको छैन । तर जलश्रोत र सिंचाई मन्त्रालय फुटाउन पाएमा म कदाचित सचिव पो हुन्छु कि भनी लाग्ने हामी गरिबका पनि गरिब मनस्थिति भएका नेपाली निजामति कर्मचारी र आफ्नै पार्टीका नेतालाई भाग पुर्याएर आफू प्रधानमन्त्रीको पदमा टिक्ने दाउ भएका नेता रहेसम्म यो संभव पनि देखिदैन । तर कालो बादलको किनारीमा चाँदीको घेरा हुन्छ भने झैं यो आशा हामी नेपालीलाई नेपालका  सादगीको उपनाम पाएका नवनियुक्त प्रधानमन्त्री श्री सुशील कोईरालासँग छ । अपेक्षा गरौं कि उहाँले ३ करोड नेपाली जनतालाई निराश पार्नु हने छैन । अस्तु ।

रे कोइराला निवासमा , मनमोहन सिंहको बधाई

-नेपाल डोर अनलाइन -
काठमाडौं, । प्रधानमन्त्री पदमा निर्वाचित भएकै दिन सोमवार (माघ २७) गते साँझ नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सुशील कोइरालासँग लामो कुराकानी गरेका छन् । कांग्रेस पार्टी पदाधिकारी वैठक सकिएलगत्तै महाराजगञ्जस्थित कोइराला निवासमा पुगेका रेले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहका तर्फबाट बधाई दिएका छन्, सफल कार्यकालका लागि शुभकामना दिएका छन् । 


Prime Minister congratulates Prime Minister Sushil Koirala of Nepal

February 10, 2014
Prime Minister Dr. Manmohan Singh has congratulated Prime Minister Sushil Koirala of Nepal on his election. Dr. Mamohan Singh in his message said Mr. Koirala's election as Prime Minister represented an important milestone in consolidating the democratic gains in political transition in Nepal.
The excerpts of the Prime Minister's congratulatory message is are follows :

"On behalf of the Government and people of India, please accept my warm felicitations on your election to the high office of Prime Minister of Nepal. Your election represents one more important milestone in consolidating and institutionalising recent democratic gains in the course of the political transition in Nepal.

I am confident that your wise leadership and guidance will further strengthen stability and economic development in Nepal, and foster a climate for promulgation of a new Constitution on the basis of the widest possible consensus and reflecting the will of all sections of the people of your nation.

India attaches the highest importance to its relations with Nepal. As close neighbours with a unique relationship and deep links across all walks of life, our fortunes are closely intertwined. We in India, therefore, not only share the aspirations of the people of Nepal for stability, democracy and prosperity, but also remain steadfast in our support to the Government and people of Nepal in their endeavours to pursue that goal. We will therefore continue to seek further deepening of this partnership between our two countries for the benefit of our people and our region.

As you enter the high office at a critical juncture in your nation's history, I convey my best wishes for your success, your personal health and well being and peace and prosperity for the people of Nepal.

I also take this opportunity to extend a warm and cordial invitation to you to visit India at your convenience."

New Delhi
February 10, 2014
भारतले सहज नठानेको भनिएका कोइरालालाई भारतीय राजदूतले शपथ खानुअघि नै भेटेर सद्भाव प्रकट गरेका छन् । भारतले  हरेक नवनिर्वाचित नेपाली प्रधानमन्त्रीहरुलाई तुरुत्नै फोनमा वा अरु माध्यमबाट शुभकामना र सद्भाव दिँदै आएको छ । भारत विरोधी छवि जबर्जस्ती बनाइएका कोइरालालाई भारतीय राजदूतले नै भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
सद्भाव व्यक्त गर्ने चलन भारतले पहिलेदेखि नै चलाएको हो । पूर्व, पश्चिम र दक्षिणतिरबाट घेरिएको भारतले नेपालमा हरेक राजनीतिक परिवर्तनमा सहयोग सदभाव दिँदै आएको छ । कोइरालालाई त्यति सहज नमानेका भारतीयहरुले प्रधानमन्त्रीमा निर्वाचित भएपछि महत्व दिनु स्वभाविकै हो ।
व्यवस्थापिका संसदमा सुशील कोइरालाले नेपालको विकास र आर्थिक सम्बृद्धिका लागि छिमेकी भारत र चीनसँग सम्बन्ध थप सुमधुर पार्नुपर्ने धारणा राखे । लिखित सम्बोधनमा छिमेक सम्बन्ध दुईस्थानमा उल्लेख गरेर कोइरालाले ती वाहेकका मुलुकको सदासयतालाई पनि स्थान दिए । कोइरालाले कुटनीतिक सन्तुलन मिलाएर अघि बढ्ने शोच राखेका छन् ।
नेपालको राजनीति फेरि पनि असफल हुने मुद्दा भनेको संघीयता हो । यसको निरुपण नेपालका दलहरुको आन्तरिक प्रयासबाट सम्भव छैन । छिमेकी भारत र चीनले नेपालको स्थायित्व र उनीहरुको शब्दमा वैधानिक सुरक्षा चासोसँग जोडेर संघीयतालाई हेरेका छन् ।

Monday, 10 February 2014

कोइरालाको मुख्य चुनौति : सात बुँदे सहमति


कोइरालाका लागि सबैभन्दा ठूलो चुनौति एक बर्षपछि प्रधानमन्त्री र 
सभामुखको निर्वाचन गर्ने भनेर एमालेसँग गरेको सहमति हो । एमाले र कांग्रेसले गरेको लिखित सहमतिलाई अन्तरिम संविधान  र व्यवस्थापिका संसदले चिन्दैन । 

-पर्शुराम काफ्ले-
...........................................................................................................

File photo : Gandhian leader Sushil Koirala at New Delhi..

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अन्ततः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । केही कुटनीतिक नियोगले उनीप्रति दर्साएको अरुची र सहयात्री कुन दल भन्नेमा देखिएको अन्यौल पार गर्दै कोइराला गणतन्त्र नेपालको छैठौं सरकारप्रमुख बन्न सफल भएका छन् । सादगी, सरल, सन्त र अहिलेसम्म लाभको पदमा नरहेको उनको पृष्ठभूमिले उनीप्रति आम सद्भाव र आदर रहेपनि दोस्रो दल नेकपा एमालेको समर्थनका कारणले मात्र दुई तिहाई मतले कोइराला बिजयी भएका हुन् । एकीकृत माओवादी, मधेशका दलहरुले कोइरालाको पक्षमा मतदान नगरे पनि उनको बिपक्षमा उम्मेदवार खडा गरेनन् । जसका कारण सोमवार प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज टुंगिएको थियो ।
कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनको कार्यकालबारे व्यवस्थापिका संसदमै बहस शुरु भएको छ । नेकपा एमालेसँग कांग्रेसले आइतवार गरेको ७ बुँदे सहमति अनुसार अर्को बर्ष प्रधानमन्त्रीको पुनःनिर्वाचन हुनुपर्नेछ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा सोमवार कोइरालाको दिनगन्ती शुरु भएको बताएर कांग्रेस–एमाले गठबन्धनको सहमतिको औचित्यमाथि स्वभाविक प्रश्न उठाएका छन् । कांग्रेस र एमालेले गरेको सहमतिलाई संसद र अन्तरिम संविधानले औपचारिकरुपमा सरोकार राख्नुनपर्ने हुनाले त्यसको कार्यान्वयन निश्चित हुँदैन । 
तर राजनीतिकरुपमा कोइरालाको सरकार एक बर्षभन्दा बढी टिकाउन कांग्रेसले एमालेसँग केही महत्वपूर्ण पद दिनका लागि सम्झौता गर्नुपर्नेछ । विशेष गरी एमालेले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेसको सहयोग जबर्जस्त गराउनका लागि पुनःनिर्वाचनको सहमतिमा हस्ताक्षर गराएको देखिन्छ । सभामुखको पनि एक बर्षपछि पुनःनिर्वाचन गर्ने उनीहरुको सहमति राजनीतिकरुपमा औचित्यपूर्ण नदेखिनु र त्यसको कार्यान्वयन नहुने सम्भावनालाई पनि अन्यथा लिन सकिँदैन । अर्थात्, कांग्रेस नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमालेले गरेका अधिकांश सहमति कार्यान्वयन गर्ने संवैधानिक आधार छैन । 
प्रधानमन्त्री कोइरालाका लागि तत्काल मन्त्रालय बाँडफाँडमा पार्टीभित्र सन्तुलन मिलाउन अप्ठेरो देखिएको छ । तर यसले उनको रणनीतिक लक्ष्यमा अबरोध खडा गर्दैन । मुख्य बिषय, एमालेसँग कोइरालाको समझदारी कहिलेसम्म रहन्छ भन्नेले मात्रै अर्थ राख्नेछ । 
कोइराला सरकारका लागि एमाओवादी, मधेश केन्द्रित दलदेखि गणतन्त्रमाथि नै प्रश्न उठाएको राप्रपा नेपाल एकमुष्ठ प्रतिपक्षी देखिएका छन् । कांग्रेसका कोणबाट हेर्दा उग्रवापन्थी एमाओवादी र दक्षीणपन्थी राप्रपा नेपाल बिपक्षमा छन् । अर्कातिर कांग्रेसको पृष्ठभूमि बोकेकाहरुको निर्णायक बर्चस्व रहेको मधेश केन्द्रित दल पनि कोइरालाका सहयात्री हुन सकेका छैनन् । तीनै प्रबृत्ति बोकेका राजनीतिक समूहबाट सहयोग नपाएको अवस्थामा पनि कोइरालाले दुईतिहाई मत भन्दा बढीबाट समर्थन हासिल गरेका छन् । तर विजय गच्छदारबाट समेत कोइरालाले समर्थन नपाउनुलाई  आश्चर्यजनकरुपमा हेरिएको छ । फरक हैसियतका बिपक्षी समूहहरु कोइरालाका लागि चुनौति बन्ने सम्भावना छ । संसद बाहिर रहेको नेकपा–माओवादी त समग्रमा चुनौति छँदै नै छ । कोइरालाका लागि सबैभन्दा ठूलो चुनौति एक बर्षपछि प्रधानमन्त्री र सभामुखको निर्वाचन गर्ने भनेर एमालेसँग गरेको सहमति हो । एमाले र कांग्रेसले गरेको लिखित सहमतिलाई अन्तरिम संविधान  र व्यवस्थापिका संसदले चिन्दैन । 

Thursday, 6 February 2014

सम्बन्ध विस्तारमा नेपाली सेना


नेपाली सेनाले हालसम्म भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सेनासँग सम्बन्ध विस्तार गरेको  छ, भुटान र अफगानिस्तानसँग बाँकी छ । 

पर्शुराम काफ्ले
काठमाडौं, माघ २२ । दक्षिण एसियाका चार मुलुकका सेनासँग नेपाली सेनाले दुईपक्षीय सम्बन्ध विस्तार गरेको छ । भारत, पाकिस्तान र बंगलादेशको सेनासँग मात्र पुरानो सम्बन्ध रहेकोमा सेनाले यसपटक श्रीलंका र माल्दिभ्ससँग सम्बन्ध सुमधुर बनाएको छ । श्रीलंका र माल्दिभ्ससँग तालिम र सेमिनारका तहमा सीमित सम्बन्ध प्रधानसेनापति गौरव शमशेर राणाको भ्रमणपछि दुईपक्षीय सम्बन्धमा बदलिएको छ । भुटान र अफगानिस्तानको सेनासँग नेपाली सेनाको दुईपक्षीय सम्बन्ध विकसित हुन बाँकी छ । 
नेपाली सेना र भारतीय सेनाबीच भारत स्वतन्त्र भएदेखि आपसी सम्बन्ध रहेको छ । दुवै सेना प्रमुखहरू एक अर्काको सेनाका मानार्थ प्रमुख रहँदै आएका छन् । नेपालको पाकिस्तान र बंगलादेशका सेनासँग दुईपक्षीय सम्बन्ध छ । भारत, पाकिस्तान र बंगलादेशमा नेपाली सेनाका सैन्य सहचारी रहँदै आएका छन्, दुईपक्षीय तालिम पनि बाक्लै हुने गरेको छ । प्रधानसेनापति राणाको भ्रमणले माल्दिभ्स र श्रीलंकाका सेनासँगको दुईपक्षीय सम्बन्ध सुमधुर भएको सैनिक मुख्यालयको विश्लेषण छ । 
मुख्यालयका अनुसार सन् २०१० देखि नेपालमा कमाण्ड तथा स्टाफ तालिमका लागि श्रीलंकाली सेना सहभागी हुँदै आएका छन् । बर्सेनि एक श्रीलंकाली सैनिक प्रशिक्षार्थी सहभागी हुँदै आएका छन् । यसबाहेक नेपालमा हुने प्यारा बेसिक फोर्स, भिआइजेडब्ल्यु, माउन्टेन वारफेयरकोर्समा पनि श्रीलंकाली सैनिकको सहभागिता हुँदै आएको छ । श्रीलंकामा सञ्चालित डिफेन्स सर्भिस कमाण्ड एण्ड स्टाप कोर्स, प्रतिविद्रोह, जंगल वारफेयर कोर्स तथा अन्य रणनीतिक मामिलाका सेमनारमा नेपाली सैनिक सहभागी हुँदै आएका छन् । हालसम्म तालिम र सेमिनार गरी जम्मा १९ जना नेपाली सैनिक सहभागी भएका छन् । माल्दिभ्सको सेनाले २०६८ सालदेखि नेपालमा सञ्चालित आर्मी अफिसर क्याडेड कोर्समा सहभागिता जनाउँदै आएका छन् । नेपाली सैनिक पनि माल्दिभ्समा तालिमका लागि सहभागी हुन थालेका छन् । 
नेपालमा भारतीय सेनापति विक्रम सिंहको भ्रमण भएबाहेक अन्य मुलुकका सेनापतिको भ्रमण भएको छैन । अब श्रीलंका र माल्दिभ्सबाट सेनापतिले नेपाल भ्रमण गर्ने सम्भावना रहेको सैनिक प्रवक्ता सहायक रथी जगदीश चन्द्र पोखरेलले बताए । ‘प्रायः यस्ता भ्रमण बराबरीमा आधारित हुन्छ, उताबाट पनि भिजिट होला,’ पोखरेलले भने ।  
चार दिने औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति गौरब शमशेर जबरा शनिबारदेखि श्रीलंकामा छन् । उनी माल्दिभ्सको भ्रमण सकेलगत्तै कोलोम्बो पुगेका हुन् । यो भ्रमणमा दुई सेनाबीचका आपसी सम्बन्धसँगै दक्षिण एसियाको समग्र सुरक्षाका विविध आयामले छलफलमा प्रवेश पाएको छ । दक्षिण एसियाको सबैभन्दा पुरानो सेनासँग दुई पक्षीय सम्बन्ध मजबुत पार्न माल्दिभ्स र श्रीलंकाले देखाएको तत्परता नेपाली सैनिक नेतृत्वले आत्मसात गरेपछि पहिलोपटक प्रधानसेनापतिको यो भ्रमण भएको हो ।
प्रधानसेनापति राणाले श्रीलंकाली समकक्षी लेफ्टिनेन्ट जनरल आरएमडी रत्नायके, जलसेनाका उपप्रमुख जयनाथ कोलम्बागालगातसँग दुईपक्षीय छलफल गरेका छन् । श्रीलंकाको स्वतन्त्रता दिवसमा विशिष्ठ पाहुनाका रूपमा निम्त्याइएका प्रधानसेनापतिले विगतमा पृथकतावादी आन्दोलनको केन्द्र जाफ्ना प्रायद्वीपको सुरक्षा र श्रीलंकाली सेनाको सफल प्रतिविद्रोहका बारेमा जानकारी हासिल गरेका छन् । नेपाली सेनाले विश्वका कठिन अवस्थाका संकटग्रस्त मुलुकमा शान्ति स्थापक मिसनमा सफलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव यो क्षेत्रमा अन्य सेनाका लागि काम लाग्ने जानकारहरू बताउँछन् । दक्षिण एसियाली मुलुकका सेनाबीच संयुक्त सैन्य अभ्यास पनि अपरिहार्य रहेको सैनिक प्रवक्ता पोखरेलको भनाइ छ । ‘अन्य मुलुकसँग सेनाको तहमा विकसित हुने दुईपक्षीय सम्बन्धले मुलुकको विदेश नीति सञ्चालनमा पनि सहयोग पुग्नेछ र हाम्रो कूटनीतिक क्षमता अभिवृद्धि हुनेछ,’ प्रवक्ता पोखरेलले भने । 
दक्षिण एसियामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपाली सेना सबैभन्दा मजबुत मानिन्छन् । ‘स्थापना र सामथ्र्यको इतिहासका आधारमा नेपाली सेनालाई पहिलो भन्नुपर्छ किनभने भारतीय उपमहाद्वीपमा अंग्रेज उपनिवेश कायम रहेका बेला उसको सेनासँग आमनेसामने भिडेर इतिहास रच्ने नेपाली सेना मात्रै हो,’ बहालवाला एक सहायक रथीले भने । प्रधानसेनापति जबरा शुक्रबार श्रीलंकाबाट स्वदेश फर्किंदैछन् । 

India's 'Laxman Rekha' against terrorism : Narendra Modi

  T he world has just witnessed the power of this slogan. Bharat Mata Ki Jai is not just a slogan, it is the oath of every soldier of the co...