Monday 25 April 2016

दीपकुमार उपाध्याय-अब नाकाबन्दीको सम्भावना छैन

-दीपकुमार उपाध्याय-
 भारतका लागि नेपाली राजदूत
============================
 दीपकुमार उपाध्याय नाकाबन्दीको पाँच महिना भारतका शीर्ष नेता, सांसददेखि नेपाल–भारत सम्बन्धका सरोकारवालासँग भेटेर नेपालका पक्षमा माहोल बनाउन निकै सक्रिय रहे । अहिले नाकाबन्दी हटेको छ, तर नेपालमा आपूर्ति व्यवस्था अझै पूर्ववत् सुचारु नभएकोमा उनी चिन्तित छन् । अर्कातिर प्रधानमन्त्री केपी ओलीको भारतको राजकीय भ्रमणपछि पनि भारत र इयूबीच नेपालकै विषयमा वक्तव्यबाजी हुनुलाई उनी ठूलो राजनीतिक असमझदारीपछिको सानोतिनो राजनीतिक पराकम्पन मान्छन् । नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था र नेपालमा अब सरकार परिवर्तनको सम्भावनासमेतका विषयमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले नयाँ दिल्लीमा उपाध्यायसँग गरेको कुराकानीको अंश :
 प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपाल–भारत असमझदारी हट्यो भनियो । तर, त्यो सत्य होइन रहेछ भन्ने कुरा भारत र इयूको संयुक्त वक्तव्यबाट स्पष्ट भएको छ । तपाईं यसमा खास कारण के देख्नुहुन्छ ?

संविधान जारी भएपछि सम्बन्धमा असहज अवस्था आयो । ‘लुजर गेम’ महसुस गर्दैै ढिलै भए पनि भारतबाट ‘कोर्स करेक्सन’ भयो र हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणसमेत सम्पन्न भएको हो । अहिले इयू र भारतको अर्को वक्तव्य आएको छ । मैले ठूलो भूकम्पपछि आएको पराकम्पनजस्तै यसलाई लिएको छु । ठूलो असमझदारी थियो, त्यसपछिको यो सानो राजनीतिक पराकम्पन हो । यसलाई अन्यथा नलिऔँ । भारतले नेपालबारे अर्को देशलाई गुहार्नुनपर्ने हो । भारत र नेपालको सम्बन्ध त्यस्तो हो र ? अनि हामीले त्यो संयुक्त वक्तव्यबारे दिएको प्रतिक्रिया पनि आवश्यक हो कि होइन ? यसलाई पराकम्पनका रूपमा लिइनुपर्छ र ‘इन्गेजमेन्ट’मा जानुपर्छ । यसको विकल्प छैन ।

अन्तर्राष्ट्रिय फोरमहरूमा आवाज उठ्नैपर्ने खालको समस्या हो नेपालको ?
इयू र भारतको वक्तव्यमा बाँकी चीजहरू समाधान गर्ने विषय उल्लेख छ । सरकारले नै पटक–पटक यसमा वचन दिँदै आएको छ । तर, हाम्रो देशभित्र पनि समस्या छ र त्यसको प्रतिविम्ब हामीले देखिरहेका छौँ । हामीले प्रतिबद्धता जनाएको हुनाले यसको कार्यान्वयन किन भएन भनेर अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन होस् भनेर आवाज उठाउनुलाई पनि अन्यथा लिनु आवश्यक छैन । हाम्रो वचन नआईकन उनीहरूले टिप्पणी गरेका होइनन् । हामी आफ्नो काम आफैँ गरौँ । मधेस नेपालको अभिन्न अंग हो, त्यहाँको समस्या समाधान हामीले नै गर्ने हो । अनि, सम्बन्ध सहजीकरणका लागि पनि हामीले नै पहल गर्नुपर्छ ।

त्यसका लागि के–कस्तो पहल गरिरहनुभएको छ त ?
राजदूतका रूपमा मैले त संयोजनकारी भूमिका निर्वाह गर्ने हो । मैले भारतमा रहँदा सम्बन्धित पक्षसँग आग्रह गर्ने हो । आखिरी निर्णय गर्ने त दुईवटै (नेपाल र भारत) सरकारले हो । नेपालकै कुरा गर्दा भारतप्रति हामीले सद्भाव देखाएकै हौँ । नेपाली जनताले के बिराएका थिए र ? त्यस्तो लामो अभाव र दु:ख व्यहोर्नुपर्‍यो । देश ठप्प भयो । सहज अवस्थाका नाकाबाट जान सक्नेजति मालसामान पनि नपठाएर सिर्जना भएको अभाव पूरा गर्न अब मागेजति इन्धन पठाइदिनुपर्‍यो भनेर म पहल गरिरहेको छु । मैले भनेको छु– हिजो कति परिमाण जान्थ्यो भन्ने बिर्सेर अहिले मागेजति पठाउनुपर्छ, नेपाल आयल निगमले त्यहीअनुसार समयमै माग गर्नुपर्छ । त्यसअनुसार भइरहेको पनि छ । भारतले मागेजति दिइरहेको छ । मेरो अहिले जोड नै यसमा छ । तेल मात्र होइन, ट्यांकर र ग्यास बुलेट पनि एकपटकका लागि पठाइदिनुस् भनेका छौँ । आयल निगमलाई पनि सबैतिर स्टोरेज गर्न पुग्ने गरी पहिलाभन्दा चारगुना बढी माग्न भनेका छौँ । अहिले पनि नेपालमा तेलको लाइन देखिरहेको छु, यो दु:खद छ । अहिले भारतबाट गइरहेकै छ, तर नेपालमा ग्यास र इन्धनको अभाव उत्तिकै छ । ग्यासको झन् समस्या भइरहेको छ । गएको ग्यास कहाँ हराउँछ ? त्यसको खोजी सरकारले गर्नुपर्छ ।

अहिले मागअनुसार ग्यास र तेल भारतबाट गइरहेको छ त ?
हो, अहिले हाम्रो मागअनुसारको तेल र ग्यास गइरहेको छ । तर, बढी आवश्यक छ भने त्यो परिमाण माग गर्न सक्नुपर्छ भन्ने मेरो अभिप्राय हो । पाँच महिनामा जे–जति कारणले जहाँबाट तेल र ग्यास रोकिए, त्यसको परिपूर्तिका लागि तीनगुणा मागौँ, आफूसँग नभए केही महिनालाई ट्यांक र ग्यास बुलेट पनि मागौँ भनेको छु । तर, आयल निगमले माग्नुपर्‍यो नि । तेल ग्यास भनेको प्राविधिक व्यापार हो । हामीले गरेको मागका आधारमा भारतले आपूर्ति बढाउने हो । जनताले दु:ख नपाउने हिसाबले, मुलुकले अब घाटा नहुने गरी कदम चाल्नुपर्छ । क्रान्तिकारी भाषणले मात्रै हुँदैन । कि त दुई–चार वर्षलाई हामीले पटुका कस्नुपर्‍यो, केही चाहिँदैन भनेर हिँड्नुपर्‍यो । माओले चीनमा गरेजसरी जानुपर्‍यो, होइन भने जे व्यावहारिक विकल्प हो, त्यसलाई निर्विवाद अँगाल्नुको विकल्प छैन ।

नेपाल र भारतबीच पछिल्लो असमझदारीको पछाडि कहीँकतै चीन पनि कारण बनेको त छैन ?
चीन र भारतबीच अत्यन्त ठूलो व्यापार, विश्वास र सौहार्दता छ । चीनले हामीलाई भन्दै आएको छ कि भारतसँगको सम्बन्ध प्रगाढ नभए नेपालको आर्थिक विकास सम्भव छैन । विकासका लागि सरप्लस फन्ड चीनसँगै छ र संसार चीनतिर आकर्षित भएको वेला हामी किन नहुने ? हाम्रो त ऊसित अत्यन्त न्यानो सम्बन्ध छ । तर, आपूर्तिको मामिलामा चीन व्यावहारिक हुन्छ कि हुँदैन भन्नेमा पनि हेर्नुपर्छ । भारतमा पनि नेपाल चीनतिर फर्कियो भन्नेजस्ता सतही टिप्पणी आउन थालेका छन् । मिडियामा तल्लो तहका नेताहरूको टिप्पणीको खास अर्थ छैन ।

कम्युनिस्टको बलियो उपस्थिति रहेको सरकार भएकोले भारतले शंकाको नजरले पो हेरेको हो कि ?
नेपालमा जसको सरकार आए पनि ‘भारतको विरोध गर्नु नै तिमीहरूको राष्ट्रवाद हो’ भनेर भारतीय मित्रहरूले वेला–वेलामा प्रश्न गरिरहन्छन् । हामीलाई भारतविरोधी ज्याकेट जबर्जस्ती भिडाइरहन्छन् । जब कि यो यथार्थ होइन । कुनै वेला हामीकहाँ भारतको विरोध नै राष्ट्रवाद हो भन्ने अवधारणा पनि थियो । तर, अहिले यो काल्पनिक कुरा हो भन्ने सबैले बुझेका छन् । अर्कातिर भारतमा पनि नेपालले भारतबाहेक अन्त हेर्नै हुँदैन भन्ने अर्को अतिवादी सोच छ । यसले पनि फाइदा गर्दैन । हामीले हाम्रो बाटो तय गर्नुपर्ने छ । भुटानले भारतसँग मिलेर स्टाटस परिवर्तन गरिसक्यो । भारतसँगको सन्धि परिवर्तन गरिसकेको छ । नेपालको हैसियत भुटानको भन्दा धेरै माथि हुँदाहुँदै पनि हामी कहाँ छौँ अहिले ? भुटानजस्तो देश आर्थिक रूपमा कहाँ पुग्यो ? आर्थिक समृद्धिसँगै भुटानले आफ्नो स्वतन्त्र हैसियत पनि माथि उठाएको हामीले बिर्सनुहुँदैन ।

विगतमा भन्दै आउनुभएको छ कि मोदीजीले नेपालसँग अब असमझदारी छैन भनेर घोषणा गर्नुपर्छ । त्यसपछि सम्बन्ध सुमधुर हुन्छ । यसको सान्दर्भिकता अहिले पनि छ ?
यसमा म अडिग छु अझै पनि । अहिलेको कोर्स करेक्सनको बाटो नै यही हो । यसको सान्दर्भिकता अझै छ । हामीले पनि संसद्मा जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने वेला आएको छ । यो हाम्रो कुरा हो । हामीले वचन दिएका कुरा कार्यान्वयन गरौँ, त्यसपछि बाहिरी दुनियाँले बोल्नेछैन । मेरो व्यक्तिगत विचारमा बाहिरकालाई बोल्ने ठाउँ हामीले पो कतै दिएका छौँ कि भनेर पनि समीक्षा हुनु आवश्यक छ । संविधान बनिसकेको छ, अब जति पनि कमी–कमजोरी छन् वा आउनेछन्, जनताको मतबाट त्यसमा सुधार हुँदै जान्छ । कम्तीमा यो पद्धति बसाल्न त सफल भएका छौँ हामी । भारत यही अभ्यासमा यहाँसम्म आइपुगेको छ । जनस्तरमा हामीबीच कुनै कटुता बाँकी छैन । अब फेरि पनि जनतालाई नै तहसनहस पार्ने छुट हामीलाई छैन ।

मधेसमा फेरि के होला भन्ने अन्योल बढिरहेको छ, भारतबाट फेरि पनि नाकाबन्दी हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
मधेस हाम्रो विषय हो । त्यो अन्त सारेर सर्दैन । दशगजामा अवरोध गलत रहेछ भन्ने कुरा नेपाल, भारत र आन्दोलनकारी मधेसी मोर्चाका नेताले पनि बुझेको अवस्था छ । त्यसकारण म अब फेरि नाकाबन्दीको सम्भावना देख्दिनँ । राष्ट्रको अर्थतन्त्र, जनजीविका अस्तव्यस्त पारेर केही हुँदैन भन्ने सबैले बुझिसकेको मेरो अनुभव छ । जस्तो, अहिले स्थानीयस्तरमा कुरा उठ्न थालेको छ कि अब फेरि नाकाबन्दी भयो भने वीरगन्ज उजाड हुन्छ । तर, हामीले अरूलाई दोष दिएर पानीमाथिको ओभानो बन्न खोज्नुहुँदैन । म काठमाडौं गएर बारम्बार नेताहरूलाई भनिरहेको छु कि राजनीतिक व्यवस्थापनमा ढिलाइ गर्नुहुँदैन ।

भारतले अहिले मधेसको विषय मात्रै हल गर्न खोजेको हो कि चाहेको अरू पनि केही हो ?
भारत ठूलो छ । कोही धर्मनिरपेक्षता आएपछि बर्बाद भयो भनिरहेका छन् । हिन्दू राष्ट्र भए हुन्थ्यो भन्ने चाहना राख्नेहरू भारतमा थुप्रै छन् । धर्मनिरपेक्षता नभएको भए हुन्थ्यो भन्ने क्रिस्चियन समुदायको पनि आवाज मैले सुनेको छु । संविधानमा पनि यस्तो लेख्ने, संविधान भनेको संविधान हो भन्छन् उनीहरू । धर्मपरिवर्तन दण्डनीय हुने कुरामा क्रिस्चियनको चासो छ र उनीहरू यसलाई मानवअधिकारविरोधी कुरा हो भन्छन् । हामीले सनातन धर्म–संस्कृतिको जगेर्ना गर्ने भनेका छौँ । यो हाम्रो मौलिकतामा आधारित छ । हामीले चाहेका के हौँ ? कानुन बनाएर त्यो गरौँ न । कसले रोकेको छ हामीलाई ? त्यसकारण धर्मका नाममा द्वन्द्व सिर्जना गर्ने कुरा अब मान्य हुँदैन । जनता तयार छैनन् । धर्मका विषयलाई अब आकस्मिक लाभको विषय बनाउनुहुँदैन । नेपालको सांस्कृतिक शक्ति मजबुत छ । त्यसलाई कमजोर बन्न दिनुहुँदैन ।

भारतसँग सम्बन्ध नसुध्रिँदा हाम्रो जनजीवन नै प्रभावित हुँदो रहेछ । यो हाम्रो बलियो सम्बन्ध हो कि कमजोर ?
यो यथार्थ हो । यो मजबुत सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्छ । दुवैलाई सम्मान हुनेगरी सम्बन्ध विकसित गर्नुपर्छ । राष्ट्रिय स्वार्थका कुरामा कहीँकतै सम्झौता नगरी सुदृढ सम्बन्ध बनाउन सकिन्छ । शान्त नेपाल पनि भारतको हितमा छ । हाम्रो पनि हितमा छ । मलाई व्यक्तिगत रूपमा लागेको कुरा के हो भने प्रधानमन्त्री मोदीजी नेपालको विकासमा चासो राख्नुहुन्छ । थप सहयोग गरौँ भन्ने उहाँको चाहना छ । बीचको वातावरणले यो बिथोलिदियो । अहिले पनि समस्या छन् भने पहिचान गरौँ । कसको कारण भन्नेतिर नलागौँ । अनि, देश विकासको ‘ब्लु प्रिन्ट’ बनाऔँ । त्यसैका आधारमा डिल गरौँ । ऊर्जालगायत क्षेत्रमा सम्झौता भएका छन् । त्यसलाई कार्यान्वयन गरौँ । बजारभाउमा नेपालबाट भविष्यमा सरप्लस बिजुली किन्ने सम्झौता भारतसँग भइसकेको छ । अब ऊर्जा विकासका लागि कानुनी अवरोध कहीँ पनि छैन । पिटिए, पिडिए, सीमापार प्रसारण लाइन, पेट्रोलियम पाइपलाइनसम्बन्धी सम्झौता ठूला उपलब्धि हुन् । भुटानले भारतीय प्रस्ताव मान्दा ऊ आर्थिक रूपमा कहाँ पुग्यो ? हामी पानीमा रगत बगेको भन्छौँ, तर उपयोग गर्दैनौँ । आखिर घाटा कसलाई भइरहेको छ ?

पञ्चेश्वर परियोजनामा के प्रगति हुँदै छ ?
डिपिआर तयार भएको छ । अब हामी बसेर अन्तिम रूप दिँदै छौँ । त्यसको बैठक चाँडै बस्दै छ ।

अन्त्यमा, तपाईंलाई व्यक्तिगत प्रश्न सोध्न चाहन्छु । नेपालमा सरकार परिवर्तनको तत्कालै सम्भावना कति देख्नुहुन्छ ?
यो हाम्रा राजनीतिक दल र संसद्बाट तय हुने कुरा हो । अहिलेको सरकार मजबुत बहुमतमा छ । गठबन्धनमा समस्या आए सरकार परिवर्तन होला, अन्यथा त्यो सम्भावना म देख्दिनँ । अहिलेको सत्ता गठबन्धन मजबुत छ । मेरो आग्रह सरकार परिवर्तन मुख्य कुरा होइन, मुख्य कुरा नेपालको राष्ट्रिय हितका पक्षमा सबै पार्टी एकै ठाउँमा उभिएर एउटा ब्लु प्रिन्ट बनाउनु हो । ता कि सरकार बदलिँदैमा नेपालको एजेन्डा नबदलियोस् ।
NAYAPATRIKA DAILY, APRIL 17, 2016

2 comments:

  1. म मेरो अभिलाषा AMOUNT मिल्यो कसरी [SAMMYLOANCOMPANY@YAHOO.COM]

    मेरो नाम श्रीमती JULIEN गार्सिया छ। म TEXAS यू, एस, एक बस्न र म आज खुसी महिला हुँ? र म हाम्रो गरिब अवस्था मेरो परिवार उद्धार कुनै पनि ऋणदाता, म उहाँलाई ऋण खोज्दैछ कुनै पनि व्यक्ति उल्लेख हुनेछ भन्ने मेरो आत्म भन्नुभयो, उहाँले मलाई म र मेरो परिवारलाई आनन्द दिनुभयो, म एक ऋण को आवश्यकता थियो एस $ 250,000.00 मेरो जीवन सबै सुरु गर्न म 3 बच्चाहरु संग एकल आमा हुँ रूपमा म यो इमानदार र परमेश्वरको भय राख्ने मानिस ऋण ऋणदाता एस को $ 250,000.00 एक ऋण मलाई मदत भेटे। डलर, उहाँले तपाईं ऋण को आवश्यकता हो र तपाईं ऋण तिर्न फिर्ता हुनेछ कृपया उहाँलाई श्रीमती JULIEN गार्सिया, उहाँलाई तपाईं उल्लेख छ उसलाई भन सम्पर्क भने, देवता डर मान्ने मानिस हुनुहुन्छ। सम्पर्क श्री sammy इमेल: (sammyloancompany@yahoo.com) धन्यवाद।

    ReplyDelete
  2. TRUSTED ऋणदाता (LEXIELOANCOMPANY@YAHOO.COM)
    मेरो नाम माइकल ली इलिनोइस, संयुक्त राज्य अमेरिका को एक नागरिक हो। म, 7 फरक इन्टरनेट अन्तर्राष्ट्रिय ऋणदाता द्वारा scammed छन् तिनीहरू सबै मलाई मलाई केही उपज र कुनै सकारात्मक परिणाम राशि जो धेरै शुल्क तिर्न बनाउन पछि ऋण दिन प्रतिज्ञा। म हराएको मेरो हार्ड कमाउन पैसा र यो 23930USD को कुल थियो। म मेरो आँखा मा आँसु संग इन्टरनेट मार्फत ब्राउजिङ थियो एक दिन म पनि scammed र अन्ततः थियो एक सही ऋण कम्पनी लिङ्क भयो उहाँले तिनको ऋण पायो जहाँ मार्टिनेज LEXIE LOAN कम्पनी भनिन्छ मानिसको एक गवाही मार्फत आए, त्यसैले म निर्णय तिनीहरूलाई म 7 फरक उधारदाताहरु पाठ्यक्रम मलाई थप पीडा तर केही गरे जो द्वारा scammed गरिएको छ कसरी मेरो कथा भन्नुभयो नै ऋण कम्पनी संपर्क र त्यसपछि। म मेल द्वारा कम्पनी बताउन र सबै तिनीहरूले मलाई किनकी म आफ्नो कम्पनी मा मेरो ऋण प्राप्त हुनेछ र पनि म तिनीहरूलाई सम्पर्क को सही विकल्प छ कुनै रुन थियो भन्नुभयो। म ऋण आवेदन फारम भरिएको र मेरो अनुरोध गरिएको थियो कि सबै दीं र मेरो सबैभन्दा ठूलो आश्चर्य मेरो ऋण थप ढिलाइ बिना मलाई प्रदान र यहाँ म आज खुशी छु किनभने मार्टिनेज Lexie ऋण कम्पनी मलाई बाँच्न एउटा कारण दिनुभएको छ, त्यसैले म कि म मेरो ऋण पायो कसरी इन्टरनेटमा testifying राख्न हुनेछ मेरो आत्म गर्न भाकल गरे। Lexieloancompany@yahoo.com या पाठ +18168926958: तपाईं इमेल मार्फत यो GODSENT ऋणदाता सम्पर्क गर्न हुन्


    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab