Thursday, 5 December 2013

सेनाद्धारा एमाओवादी आरोपको प्रतिवाद (पूर्ण विवरणसहित)

काठमाडौं (नेपाल डोर) । नेपाली सेनाले निर्वाचनमा धाँधली गरेको भन्ने एमाओवादी आरोपलाई प्रतिवाद गर्दै सेनाको व्यवसायिक चरित्रमाथि टिकाटिप्पणि नगर्न आग्रह गरेको छ । सेनाले मंसिर २० गते प्रकाशित विज्ञप्तिमा सेनाले निस्पक्ष भूमिका निर्वाह गरेको पनि दोहो¥याएको छ । एमाओवादीले १९ मंसिरमा सार्वजनिक गरेको प्रतिवेदनमा सैनिक व्यारेकमा मतपेटिका राखेर धाँधली गरिएको आरोप लगाएको थियो ।

प्रस्तुत छ, सैनिक विज्ञप्तिको पूर्ण विवरण
''''''संविधानसभा निर्वाचन २०७० र नेपाली सेनाले निर्वाह गरेको भूमिका

१.    नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई, ‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ नेपाली सेनालाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक,  उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको तथ्य सबै सामु छर्लङ्ग छ । नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, संचारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।
२.    नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आप्mनो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही संचार माध्यम मार्पmत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...