Tuesday, 10 September 2013

चीनले थप डिजिटल ट्रङकिङ प्रणाली दिने

सुरेन्द्र सुवेदी– चीन सरकारले नेपाल प्रहरीलाई थप प्रहरी डिजिटल ट्रङकिङ प्रणाली (पिडिटिएस) उपलब्ध गराउने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यका, कास्की र सिन्धुपाल्चोकमा यो प्रणाली जडान भइसकेको छ ।
चीन सरकारको उपकरण र प्राविधिक सहयोगमा जडान भइसकेको यो प्रणालीको प्रभावकारिताका आधारमा थप सिस्टम उपलब्ध गराउने चीन सरकारले प्रतिबद्धता जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चीन सरकारले नेपाल प्रहरीलाई थप पिडिटिएस उपलब्ध गराउन आगामी वर्षको कार्यक्रममा योजना नै समावेश गराएको चीनका उच्च प्रहरी अधिकारीलाई उद्धृत गर्दै नेपाल प्रहरीका एक अधिकारीले बताए । 
यो प्रणाली चार महिनादेखि कास्कीमा परीक्षणमा छ । परीक्षणमा समस्या नआएपछि गत सोमबार महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा उपत्यकाका लागि जडान गरिएको छ । चीनको अन्तर्राष्ट्रिय कोअपरेसन विभागका निर्देशक लिओ जिनरोङ नेतृत्व टोली पिडिटिएस उद्घाटन गर्न नेपाल आएको थियो । उक्त टोलीले नेपाल प्रहरीका उच्च अधिकारीको आग्रहअनुसार थप प्रणाली उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नवराज ढकालले बताए ।
काठमाडौं, सिन्धुपाल्चोक र कास्कीमा जडान गरिएका प्रणालीको मूल्य ४४ करोड रुपैयाँ रहेको छ । ठूलो लागतकै कारण नेपाल सरकारले प्रहरीलाई यस्तो प्रणाली जडान गर्न नसक्ने भएकाले चीन सरकारसँग थप जिल्लाका लागि माग गरको स्रोतले जनायो ।
प्रहरी प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल हाल जडान भएको प्रणालीको प्रभावकारिता अध्ययनपछि चीन सरकारले थप प्रणाली उपलब्ध गराउने आश्वासन पाएको बताउँछन् । उनले भने, ‘अहिले जडान गरेको प्रणालीको प्रभावकारिताकै आधारमा थप जडान उपलब्ध हुने कुरामा भर पर्छ ।’
यो प्रविधिमा सहर सुरक्षा, ट्राफिक जामको निरीक्षण गर्न सिसिटिभीहरू एकीकृत गरिएका हुन्छन् भने सञ्चार सेटबाटै फोन सम्पर्क गर्न र एसएमएस पठाउन सकिन्छ । शंकास्पद व्यक्तिको फोटो, हस्ताक्षर र औंठाछाप लिएर केन्द्रीय तथ्यांकसँग समन्वय गरी पहिचान गर्न सकिने यो प्रविधि विश्वमै आधुनिक मानिन्छ ।
सर्वसाधारणले प्रयोग गर्ने मोबाइल फोनजस्तै यो पिडिटिएसले सेट बोकेका प्रहरी र सवारीसाधन रहेको स्थानको जानकारी दिन्छ । टावरको सहयोगले सिस्टममा रहेको रेडियोले उपलब्ध भएका च्यानल स्वतः सम्पर्कमा राख्नाले यस प्रविधिलाई अन्यले अनुगमन र ट्र्याप गर्न सक्दैनन् । प्रविधिमा रहेका सेटहरू अफ र अन गरेको, कल गर्न खोजेको, कल गरेकोजस्ता कुरा नेटवर्कबाटै हेर्न मिल्छ । सेटहरू हराएमा, डिस्टर्ब भएमा वा शंकास्पद गतिविधि भएमा उक्त सेटलाई नेटवर्कबाट तत्काल हटाउन सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
सेट बोकेका प्रहरी कर्मचारीले कहाँबाट र कोसँग सम्पर्क गरेको भन्ने तथ्य नक्सामा हेर्न सकिन्छ । जसका कारण फिल्डमा खटिएका प्रहरीले गलत सूचना दिन सक्दैनन् । यसबाहेक घटना भएको स्थाननजिक रहेको प्रहरी युनिटलाई तत्काल परिचालन गर्न सकिने प्रहरीले जनायो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...