Monday, 13 May 2013

कोसी राजमार्ग किमाथांकाबाट पनि खन्ने तयारी

सुरेन्द्र सुवेदी
काठमाडौं । भारत र चीन जोड्ने सबैभन्दा छोटो जोगवनी–किमाथांका तीन सय ४४ किलोमिटर खण्डको सडक किमाथांकाबाट पनि खन्ने तयारी भएको छ । मोरङको जोगवनी, सुनसरीको इटहरी, धरान, धनकुटाको हिले, लेगुवा हुँदै संखुवासभा सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्ने यो सडकमा अब १ सय ७ किलोमिटर डोब खन्न बाँकी छ । खाँदबारीबाट ५५ किलोमिटर डोब खनिसकिएको छ ।
पाथीभरादेखि हटिया, चेपुवा हुँदै किमाथांका जोड्ने सडक निर्माणमा चीन सरकारले सिन्धुपाल्चोकको तातोपानीबाट किमाथांकासँग जोडिएको चीनको डेन्दाङ बजारसम्म पाँच सय ९० किलोमिटर सडक प्रयोग गर्न सहमति दिएको उत्तर–दक्षिण कोसी राजमार्ग राष्ट्रिय गौरव योजनाका राजेन्द्र ओझाले जानकारी दिए । किमाथांका सबैभन्दा होचो नाका हो । यसको उचाइ करिब दुई हजार दुई सय मिटरमात्र छ ।
ओझाका अनुसार आगामी साउनदेखि किमाथांकाबाट सडक खन्न थालिने छ । त्यसका लागि आवश्यक निर्माण उपकरण, इन्धन र जनशक्ति तातोपानी खासा हुँदै डेन्दाङबाट किमाथांका पु¥याइने छ । डोब निर्माण गर्न ४५ करोड रुपैयाँ अर्थमन्त्रालयले उपलब्ध गराउने सहमति भइसकेको छ भने केही दिनमा निर्णय नै हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । सडक निर्माणका लागि रकम माग गर्न आएको टोलीका अनुसार सात दिनभित्र अर्थले निर्णय गर्ने भएको छ ।
यो सडकको निर्माण ३२ महिनामा पूरा गर्ने लक्ष्य छ । सडक बनेपछि भारतको जोगवनीबाट एकै दिनमा किमाथांका नाका पुग्न सकिन्छ । नेपालको किमाथांका र चीनको डेन्दाङ बजारबीच अरुण र कामु नदी छन् । यी नदी किनारमा सुख्खा बन्दरगाह निर्माण गर्न सकिने सम्भावना प्रवल रहेको कुरा सडक योजनाको अगुवाइ गरिरहेका एमाले संखुवासभाका नेता भविश्वर गुरुङले बताए । सिन्धुपाल्चोकको तातोपानीमा सुख्खा बन्दरगाहका लागि स्थान अभाव भइरहेको छ । एमाले नेता गुरुङका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईले चीनको बाटो प्रयोग गरेर उपकरण र जनशक्ति किमाथांका पु¥याउने काममा समन्वय गरिरहेका छन् ।
उत्तर–दक्षिण कोसी राजमार्गलाई सरकारले राष्ट्रिय गौरवको योजना घोषणा गरेको छ । चीन र भारतबीच हुने व्यापारमा किमाथांका नाकाबाट अधिक लाभ लिन सकिने भएकाले सडक निर्माण छिटो पूरा गर्न जिल्लाका सबै राजनीतिक दल सक्रिय छन् । नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको ड्याम साइट नुमको फ्याक्सिन्दामा अरुण नदीमा फेरी जडान भइसकेको छ । यही फेरीको सहायताले पाथीभरामा सडक खन्ने उपकरण पु¥याएको गुरुङले जानकारी दिए । त्यहाँ पक्की पुलको निर्माण कार्य पनि सुरु भइसकेको छ । दुई वर्षमा पुल निर्माण पूरा गर्ने लक्ष्य रहेको जनाइएको छ ।
अरुण–३ विद्युत् आयोजनाको विस्तृत सर्वे भारतीय सतलज कम्पनीले गरिरहेको छ ।   
संखुवासभाका किमाथांका, हटिया, चेपुवा र पावाखोला गाविसका बासिन्दाले किमाथांकासँग जोडिएको डेन्दाङ बजारबाट उपभोगका सामान खरिद गर्छन् । चीनले किमाथांका नाका बन्द गरेको अवस्थामा उनीहरू सात दिनसम्म हिँडेर सदरमुकाम खाँदबारीमा किनमेलका लागि आउँछन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

Book Discussion “Seventy Years of Nepal-China Relations: A Model for Civilizational Friendship”

Kathmandu: The Nepal Institute for International Cooperation and Engagement (NIICE) organized a high-level seminar on the book discussion ti...