Wednesday 26 November 2014

सार्कको आगामी बाटो

अहिलेसम्म घोषणा गरिएका ७सय २९ बुँदा कार्यान्वयन आवश्यक छ ।

 
-पर्शुराम काफ्ले-       

 
सन् १९८५ मा जन्मेको दक्षीण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले यसबर्ष तीन दशक उमेर पार गर्दैछ । यसबीचमा १७ वटा शीखर सम्मेलन सम्पन्न भएका छन् भने शीर्ष नेताले मालदिभ्सको अड्डु शहरमा तीनबर्ष अघि सम्पन्न १७ औं शिखर सम्मेलनसम्म जम्मा ७२९ बुँदे घोषणापत्र÷प्रतिवद्धतापत्र जारी गरेका छन् । काठमाडौंमा विहीवार जारी हुने घोषणापत्रका बुँदासमेत थपिँदा घोषणापत्रको संख्या झण्डै सातसय ५० पुग्नेछ । अहिलेसम्म जारी भएका घोषणापत्रका बुँदामा यो क्षेत्रका जनताका साझा समस्या र समाधानका धेरै पुलिन्दा उल्लेख छन् ।
गरीवी, वेरोजगारी, भोकमरी, ऊर्जा, सडक, रेल्वे विकास, औद्योगिकरण, व्यापार सहजीकरण, जलवायु परिवर्तनले पारेका असरजस्ता बिषय पहिलो सम्मेलनदेखि अहिलेसम्म छलफलका बिषय बन्दै आएका छन् । निरन्तर छलफलको एजेन्डामा आतंकवाद पनि छ जसबारे मुलुकपिच्छे आ आफ्नै धारणा छ ।सार्क सम्मेलनका अहिलेसम्मका घोषणापत्रले यहाँका जनताका सबै समस्या र समाधान पहिल्याएका छन् । अब थप्नुपर्ने सायदै नयाँ बिषय होलान् ।
सन् १९८५ डिसेम्वर ७ र ८ मा बंगलादेशमा भएको पहिलो शिखर सम्मेलनले सार्कका घोषणापत्र कार्यान्वयनमा जे चुनौति देखेको थियो, तीन दशकमा चुनौति फेरिएको छैन । पहिलो शीखर सम्मेलनको घोषणापत्रको बुँदा ४ मा भनिएको छ, ‘शान्ति र सुरक्षा सार्कका उद्देश्य परिपूर्तिका लागि आवश्यक पूर्वशर्त हुनेछन् ।’
सत्रौं शिखर सम्मेलनले क्षेत्रीयस्तरमा पूँजी परिचालन, दीर्घकालिन लगानीजस्ता बिषयलाई जोड दिँदै क्षेत्रीय रेल सम्झौता, यातायात पहुँच, उर्जा विकासमा सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइसकेको छ । १८ औं शिखर सम्मेलनमा पनि यी बिषयले प्राथमिकता पाएका छन् । अघिल्लो सम्मेलनले आधार तयार पारेका वंगलादेश,भारत र नेपालबीच कन्टेनर ट्रन सञ्चालन, जलवायु परिवर्तनसम्बन्धी थिम्पू शिखर सम्मेलनको प्रतिवद्धता कार्यान्वयन, ऊर्जा सहकार्यका लागि अन्तर सरकारी ढाँचाको सम्झौता तथा क्षेत्रीयरुपमा ऊर्जा विनिमय अवधारणामा पनि यसपालि छलफल हुँदै छ । त्यसवाहेक  सार्क फूड बैंक सञ्चालनसम्बन्धी निर्णयलाई अन्तिम रुप दिइने, महिला तथा वालवालिकाको बेचविखन, यौन तथा घरेलु हिंसाको अन्त्यका लागि काम गर्ने, सार्कको संरचनासमेत स्तरोन्नति गर्नेजस्ता बिषय पछिल्ला केही सम्मेलनदेखि निरन्तर छलफलमा आइरहेका छन् ।
दक्षीण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन यसपटकको पनि एजेन्डा हुनेछ ।  यसको आंशिक कार्यान्वयनसँगै यो क्षेत्रभित्र निर्यात बढेको छ । पछिल्लो तथ्यांकअनुसार सन् २०१३ मा क्षेत्रभित्र निर्यात २२ अर्ब अमेरिकी डलर पुगेको छ, जबकि २००६ मा यो १० अर्ब डलर मात्र थियो । यसको कार्यान्वयनपछि दक्षिण एशियाली आर्थिक संघ (साउथ एशियन इकोनोमिक युनियन) बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
करिब डेढ अर्ब जनसंख्या रहेको दक्षिण एशियाका नेपाल, भारत, श्रीलंका, भूटान, मालदिभ्स, वंगलादेश, पाकिस्तान र अफगानिस्तान सार्कमा संगठित छन् । अमेरिका, चीन, अस्ट्रेलिया, जापान, इरान, दक्षिण कोरिया, मोरिसस, म्यानमार र युरोपियन युनियन सार्कका पर्यवेक्षक छन् । भारत र पाकिस्तान दक्षीण एशियाका दुई ठूला अर्थतन्त्र हुन् । भारत र पाकिस्तानीच राजनीतिकरुपमा अविश्वासको सम्बन्ध कायम रहे पनि सार्कका सबै सदस्य मुलुकका जनता सांस्कृतिकरुपमा एकअर्कासँग नजिक छन् । 
भारत र पाकिस्तानबीच निरन्तरको अविश्वासपूर्ण सम्बन्धले सार्कका घोषणापत्र कार्यान्वयनमा जटिलता थपेको मात्र छैन, सार्कका अन्य सदस्य राष्ट्रको व्यक्तित्व नै छायामा पर्दै आएको छ । तर काश्मिर विबादका कारण कूटनीतिक चिसोपन कायम रहेका भारत र  पाकिस्तानका नेतामाझ अनौपचारिकरुपमा भए पनि भेटवार्ता गर्ने र आपसी सरोकार बाँड्ने फोरमका रुपमा सार्क उपयोगी हुँदै आएको छ । बरिष्ठ पत्रकार धु्रवहरि अधिकारी भन्छन्, ‘यदि सार्क नामको फोरम स्थापना भएको हुन्थेन भने यो क्षेत्रको द्वन्द्वको तह धेरै माथि पुगिसक्नेथियो । सार्ककै कारण द्धन्द्धको तह घटेको छ । ’यसपालिको काठमाडौं सम्मेलनमा दक्षिण एशियाका शीर्ष नेताबीच फेरि छलफल र अन्तरक्रिया गर्ने मौका मिलेको छ । शीर्ष नेतालाई गत मे २६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रमको निम्ताले आपसी अन्तरक्रियाको मौका मिलेको थियो । यो मौकाको सदुपयोग सम्भवतः भारत र पाकिस्तानले पनि यसपटक गर्नेछन् ।
यावत् परिस्थितिमाझ नेपालले मंशिर १० र ११ गते सार्क शिखर सममेलन आयोजना गर्दैछ । नेपालको यो तेस्रो आयोजना हो । नेपालले यसअघि १९८७ नोभेम्वर दुईदेखि ४ सम्म तेस्रो शिखर सम्मेलन तथा २००२ जनवरी ४देखि ६सम्म ११ औं शिखर सम्मेलन आयोजना गरिसकेको छ । सार्क सम्मेलन भारतले तीनपटक, वंगलादेशले दुईपटक, पाकिस्तानले दुईपटक, मालदिभ्सले तीनपटक, श्रीलंकाले तीनपटक र भूटानले एकपटक आयोजना गरिसकेको छ । वर्णानुक्रमअनुसार १९ औं शिखर सम्मेलन पाकिस्तानले, २० औं सम्मेलन श्रीलंकाले आयोजना गरिसकेपछि २१ औं शिखरसम्मेलन आयोजना गर्ने पालो अफगानिस्तानको आउनेछ ।
सार्कका सबैजसो सदस्यमुलुक लोकतन्त्र, आर्थिक संबृद्धि तथा स्थायित्वतर्फ लम्किएका छन् । भारत आर्थिकरुपमा विश्वकै उदाउँदो शक्तिका रुपमा स्थापित हुँदैछ । विश्वको महाशक्ति अमेरिका, दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनदेखि एशियाका उदाउँदा शक्तिहरु जापान, दक्षिण कोरिया सार्कका पर्यवेक्षक हुनु यो क्षेत्रकै लागि ठूलो अबसर हो । त्यसका लागि सार्क मुलुकबीच शान्ति, स्थायित्व र सम्बृद्धिका लागि अर्थपूर्ण सहकार्य अपरिहार्य छ । सदस्य मुलुकभित्र राजनीतिक स्थायित्व र मुलुकहरुबीच आपसी विश्वासको सम्बन्धले मात्रै यो क्षेत्रको सम्बृद्धिको ढोका खुल्नेछ । विशेष गरी सार्कका अहिलेसम्मका घोषणापत्र कार्यान्वयनका लागि सबै सदस्य मुलुकका शीर्ष नेताको सामूहिक प्रतिवद्धता आवश्यक छ । सार्क सचिवालयको संयन्त्रको स्तरोन्नति यसको अनिवार्य पाटो हो । सार्कका पूर्व महासचिव शीलकान्त शर्माको निस्कर्ष यहाँ उपयुक्त छ । उनी भन्छन्, ‘सार्कमा प्रतिवद्धता धेरै गरियो, अब अरु केही पनि होइन, ती प्रतिवद्धताको कार्यान्वयन मात्रै आवश्यक छ ।’
For comment- npdoor@gmail.com

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

top sidebar ads

समाचार

समाचार

recent posts comments tab